• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन ३, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
२

स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

५ दिन अघि
३

शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

५ दिन अघि
४

जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम

६ दिन अघि
५

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

६ दिन अघि
६

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ हफ्ता अघि
७

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ हफ्ता अघि
८

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

१ हफ्ता अघि
९

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

१ हफ्ता अघि
१०

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
११

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

२ हफ्ता अघि
१२

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ भाद्र २८, मंगलबार (३ साल अघि)

सुआहारा कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी

तस्विर : प्रताप बानिया

  • ५३५ पटक पढिएको
  • म्याग्दी, भदौ-२८, बेनी नगरपालिका म्याग्दीको आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सोमबार बेनीमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी आयोजना गरिएको हो । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र सम्बन्धित कार्यक्रमका प्रतिनिधिहरु सहभागी गोष्ठीको अवसरमा नगर क्षेत्रको पोषण अवस्था सुधार गर्नका लागि खाद्य, सुरक्षा, पोषण तथा सरसफाइसम्बन्धी विभिन्न आठबुँदे प्रतिबद्धतासहित निर्णयहरु गरिएको छ । नगरपालिकामा पछिल्लोपटक स्वास्थ्य र पोषणका सूचकहरुमा उल्लेख्य सुधार हुँदै आएको तथ्याङ्कमा देखिए पनि अझै संस्थागत सुत्केरी, प्रोटोकलअनुसार गर्भजाँच र दुई वर्षमुनिका बालबालिकाको वृद्धि अनुगमनका सूचकहरुमा सुधार ल्याउन थप प्रयासको आवश्यकता औंल्याइएको छ ।

    त्यसैले आगामी दिनमा बहुक्षेत्रीय पोषणको क्षेत्रमा कार्य गर्दै आएको यु.एस.ए.आई.डी.को आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमलगायत अन्य संघसंस्थाहरुसँग समन्वय र सहकार्य गर्दै चालु आवदेखि सुरु गरी आगामी पाँच वर्षभित्र सबै वडालाई पूर्ण पोषणमैत्री, बालमैत्री, सरसफाइउन्मुख वडा एवं पालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिने सर्वसम्मत निर्णय गरिएको छ । यसैगरी मिलन म्याग्दी, सुआहारा कार्यक्रमले क्षमता विकास गरेर नगरपालिकामा दर्ता गरी स्थापित गरेका ग्रामीण नमुना कृषक, स्थानीय स्रोतव्यक्ति, जेसी च्याम्पियनलाई पालिकाको जनशक्ति एवं स्वयंसेवकका रुपमा परिचालन गरिने जनाइएको छ ।

    कृषि, पशु सेवाको क्षेत्रमा पालिकालाई आत्मनिर्भर बनाउने अभियानमा ग्रामीण कृषकमार्फत सहयोग लिने साथै लैंिगक हिंसा न्युनीकरण र स्वास्थ्य आमा समूह नियमित सञ्चालन, स्थानीय हजार दिनका महिला तथा बालबालिकाहरुको पोषण, स्वास्थ्य र सरसफाइको क्षेत्रमा जागरण अभियानमा निरन्तरता गराउने निर्णय गरिएको बेनी नगरपालिकाले जनाएको छ । त्यस्तै नगरपालिका र वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक चौमासिक रुपमा बसी प्रगति समीक्षा गर्दै बहुक्षेत्रीय पोषण योजनाले अघि सारेका उद्देश्य एवं दीगो विकास लक्ष्य हासिल गर्न प्रयत्नशील रहने सर्वसम्मत निर्णय पनि गरिएको छ । बेनी नगरपालिकाको बहृक्षेत्रीय पोषण योजनासँग सम्बन्धित शाखागत योजना र कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न यस क्षेत्रमा कार्यरत स्थानीय साझेदार संस्थाहरुलाई समेत परिचालन गर्न आवश्यक नीति र कार्यविधि बनाइने जनाइएको छ ।

    वैठकमा पोषण विशेष र पोषण संवेदनशील क्षेत्रका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर कमजोर सूचक भएमा टोल, वस्ती क्षेत्रमा सुधार गर्न विशेष पहल गर्ने, नगरपालिकामा बहुक्षेत्रीय पोषण योजनाको सही कार्यान्वयनबाट वडा र पालिकाको समग्र विकास हुन्छ भन्ने कुराको सिकाइको लागि नमूनाको रुपमा तयार गर्नेगरी आगामी दिनमा राष्टिय योजना आयोग र विभिन्न दाताहरुसँग पनि आवश्यक बजेट र कार्यक्रमका लागि पहल एवं व्यवस्था गर्दै जाने निर्णय गरिएको छ । बहुक्षेत्रीय पोषण योजनालाई सघाउन सञ्चालित सुआहारा कार्यक्रमलाई नियमितता दिनको लागि स्थानीय तहबाट गर्ने समन्वय र सहयोगका साथै सुआहारा केन्द्रीय कार्यालयमा समेत समन्वय गरी स्थानीय तहमा यो कार्यक्रममा रिक्तता आउन नदिन पहल गरिने भएको छ ।

    सुनौलो हजार दिनको महिला शर्मिला परियारलाई पोषणयुक्त खानेकुरा हस्तान्तरण गरी गोष्ठीको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पोषण तथा स्वास्थ्यको अवस्था सुधार्न आवश्यक पहल गरिने बताउनुुभयो । उहाँले मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमले समुदायस्तरमा महिला तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम बनाउँदा र संशोधन गर्दा पोषण एवं स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले समुदायस्तरमा पोषणको अवस्थामा सुधार ल्याउन सुआहारा कार्यक्रमको अतुलनीय भूमिका रहेको बताउनुभयो । उहाँले अझै पनि समुदायका महिला तथा बालबालिकाहरुको पोषण अवस्था सुधार गर्न आवश्यक रहेको भन्दै सुआहारा तेस्रो चरणको कार्यक्रम ल्याउनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं ७ नम्बरका वडाका अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    सोही कार्यक्रमको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले डेंगुरोगसम्बन्धी विषयमा अभिमुखीकरणसहित आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी, शिक्षा अधिकृत कमलप्रसाद ढकाल, कृषि अधिकृत आकृति ढुङ्गाना, सहायक महिला विकास निरीक्षक प्रतिमादेवी शर्मा, मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापा, सुआहाराको वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारी र फिल्ड संयोजक बालकुमारी पुनले आ–आफ्नो शाखा, संस्थाको गतिविधि र कार्यक्रमको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

    नगर प्रमुख केसीको अध्यक्षता, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालन र सिनियर अनमी लिलाकुमारी गौतमले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका भावना पौडेल र स्थानीय स्रोतव्यक्ति दिपक घिमिरेले अनुभव सुनाउनुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    २ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    २ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी


  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • ३ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ४ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ४ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • २

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र
    ५ दिन अघि

  • ३

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न
    ५ दिन अघि

  • ४

    जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम
    ६ दिन अघि

  • ५

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    ६ दिन अघि

  • ६

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ हफ्ता अघि

  • ७

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ हफ्ता अघि

  • ८

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    १ हफ्ता अघि

  • १०

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution