• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ अषाढ ३०, बिहिबार (३ साल अघि)

स्वास्थ्य कार्यालय म्याग्दीको पत्रकारसँग वार्षिक प्रगति समीक्षा, चालु वर्षमा जिल्लाभर ९६ प्रतिशतलाई टाईफाइड विरुद्धको खोप लगाइयो

तस्विर : प्रताप बानिया

  • ५९८ पटक पढिएको
  • म्याग्दी, असार-३०, स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आज (बिहीबार) सदरमुकाम बेनीमा जिल्लामा क्रियाशील पत्रकारहरुसँग छलफलका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा स्वास्थ्य कार्यालयमार्फत जिल्लामा सञ्चालित कार्यक्रमहरुको कार्य विवरण प्रगतिको विषयमा समीक्षा गरिएको हो ।

    चालु आवमा स्वास्थ्य कार्यालय म्याग्दीबाट जिल्लामा सञ्चालित कार्यक्रमको समग्र विषयमा जानकारी तथा वित्तीय एवं भौतिक प्रगतिबारे समीक्षा गर्ने उद्देश्यसहित छलफल र अन्तरक्रिया  गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रममाथि सहजीकरण गर्दै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले चालु वर्षमा सञ्चालित टाईफाइड विरुद्धको खोप अभियान ९६ प्रतिशत सफल भएको बताउनुभयो ।
    निमित्त प्रमुख लम्सालले १५ वर्षमूनिका बालबालिकाहरुलाई लक्षित गरेर सञ्चालन भएको टाईफाइड विरुद्धको खोप अभियान जिल्लाको सबै स्थानीय तहमा सञ्चालन गरिएकोमा केही स्थानीय तहमा लक्षित समूहभन्दा धेरैले खोप पाएको जानकारी दिनुभयो । उक्त खोप अभियानअन्तर्गत बेनी नगरपालिकामा सबैभन्दा धेरै १ सय १३ प्रतिशतले खोप पाएका छन्भने मालिका गाउँपालिकामा १ सय ७, धवलागिरिमा १ सय, मंगलामा ८६, रघुगंगामा ७८ र अन्नपूर्ण गाउँपालिकामा सबैभन्दा कम ६७ प्रतिशतले खोप पाएको तथ्याङ्क छ ।

    देशैभर सञ्चालित टाईफाइड खोप अभियानअन्तर्गत म्याग्दीका केही स्थानीय तहमा अपेक्षाभन्दा धेरैले खोप पाएको स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कमा उल्लेख गरिएको छ । चालु वर्षमा स्वास्थ्य कार्यालयको भौतिक प्रगतितर्फ ९४ प्रतिशत भएकोमा वित्तीय प्रगति भने ७५ प्रतिशत रहेको छ । तर यो वित्तीय प्रगतिमा भने प्रतिशतका हिसाबले केही तलमाथि पर्न सक्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । चालु वर्षमा स्वास्थ्य कार्यालयलाई प्राप्त सशर्ततर्फ कुल बजेटको ६५ प्रतिशत खर्च भएको छ भने मुख्यमन्त्री कोरोना मृत्यु दावी रकम भुक्तानीतर्फ ९३ प्रतिशत खर्च भएको छ ।

    यसैगरी समानीकरणतर्फ ८३ प्रतिशत र पुँजीगततर्फ ९९ प्रतिशत बजेट खर्च भएको जनाइएको छ । चालु वर्षमा सर्शत, राष्ट्रिय खोप कार्यक्रम र समानीकरणअन्तर्गत विभिन्न शीर्षकमा प्राप्त कार्यक्रमहरु सम्पन्न भएका छन् । कार्यालयमार्फत विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को विरुद्धमा स्वाब सङ्कलन, कन्ट्याक्ट ट्रेसिङ, एन्टिजेन र पिसिआर विधिबाट कोरोना परीक्षण, अनुगमन, निरीक्षण तथा प्रचारप्रसारलगायत उच्च सतकर्ताका लागि प्रभावकारी रुपमा कार्यक्रमहरु सञ्चालन भएका छन् ।

    त्यस्तै चालु वर्षमै म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुको नियमित स्वास्थ्य चेकजाँच एवं उपचार तथा स्थानीय तहसँगको समन्वयमा आँखा, नाक, कान, घाँटी, दन्त सेवासहित अन्य स्वास्थ्य सेवाहरु समेत प्रदान गरिएको थियो । कोरोनाबाट मृत्यु भएका मृतकका परिवारले दावी गरेका सबै ५१ जनालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँको दरले राहतस्वरुप आर्थिक सहयोग रकम उपलब्ध गराइएको छ ।

    कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले स्वास्थ्य कार्यालय म्याग्दीमार्फत सञ्चालित कार्यक्रमहरु प्रभावकारी रहेकोमा यसलाई थप प्रभावकारी बनाउनका लागि सञ्चार क्षेत्रबाट आवश्यक प्रचारप्रसारमा सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution