• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन १, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

१२ घण्टा अघि
२

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

१२ घण्टा अघि
३

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

२0 घण्टा अघि
४

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

२0 घण्टा अघि
५

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

१ दिन अघि
६

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

३ दिन अघि
७

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

४ दिन अघि
८

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

४ दिन अघि
९

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

५ दिन अघि
१०

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

६ दिन अघि
११

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
१२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ अषाढ १५, बुधबार (३ साल अघि)

बेनीको सिंगामा एकदिने पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर संचालन

तस्विर : देवी जिसी

  • ६९३ पटक पढिएको
  • देवी जिसी/असार-१५, म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा बुधवार बेनपा–४, सिङ्गामा नि:शुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
    सिङ्गाको सहरी स्वास्थ्य केन्द्रको भवनमा आयोजित शिविरमा ६० जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भिआइए जाँच गरिएको थियो । भिआइए परीक्षणका क्रममा कुनै पनि महिलामा जटिल खालको समस्या नरहेको पाइएको जनाइएको छ । सोही अवसरमा नसर्ने रोग सुगर, प्रेसरको महिला ३९ र पुरुष २८ गरी ६७ जनाले परीक्षण गराएका थिए ।

    नसर्ने रोगको परीक्षण गराएकामध्ये उच्च रक्तचाप (प्रेसर)तर्फ महिला ४ जना र पुरुष ६ जना तथा सुगरका एकएक जना महिला/पुरुष गरी कुल ८ जनालाई रिफर गरिएको सिङ्गा स्वास्थ्यचौकीले जनाएको छ । यसअघि शिविरलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगर प्रमुखमा निर्वाचित भएर पदबहाली गर्ने क्रममा तीनवटा स्वास्थ्यसम्बन्धी निर्णय गरिएको हुँदा सोहीअनुसार शिविरको आयोजना गरिएको बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले नि:शुल्क स्वास्थ्य शिविरबाट रोगको परीक्षण गरी स्वास्थ्यलाभ लिन सर्वसाधारणलाई आग्रह गर्नुभएको थियो ।

    शिविरको बेनी अस्पताल म्याग्दीका स्त्रीरोग विशेषज्ञ डाक्टर साजना श्रेष्ठ, सिनियर अनमी रुविना थापा, घतान स्वास्थ्यचौकीका सिनियर अनमी डेकमाया केसी र ज्यामरुककोट स्वास्थ्यचौकीका सिनियर अनमी करुणा थापाले भिआइए जाँच, उपचार तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो । सोही अवसरमा सिङ्गा स्वास्थ्यचौकीका इन्चार्ज हरिलाल अधिकारी, सिनियर अनमी दिलकुमारी थापा, सिनियर अहेव शर्मिला पौडेल र सहरी स्वास्थ्य केन्द्र प्रमुख अनमी संगम खत्रीले नसर्ने रोगको परीक्षण एवं उपचार गर्नुभएको थियो ।
    महिलाहरुको पाठेघरमा मुखको क्यान्सर परीक्षण गरी रोग पत्ता लगाउन, उपचार गर्न, रोकथाम तथा नियन्त्रण गरी समुदायस्तरमा सचेतना जगाउने उद्देश्यले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लिला गौतमले बताउनुभयो । गएको जेठ १५ गते बेनी नगरपालिकाले नगरका सबै वडामा ४५ वर्षदेखि माथिका सर्वसाधारणलाई लक्षित गरेर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनको सुरुवात गरेको थियो । सोहीअन्तर्गत सिङ्गामा भिआइए जाँच शिविर आयोजना गरिएको जनाइएको छ भने अब नगरपालिकामार्फत ७० वर्षदेखि माथिका ज्येष्ठनागरिकको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गरिनेछ ।

    आगामी दिनमा आवश्यकताअनुसार अन्य वडाहरुमा पनि महिलाको पाठेघर खस्ने रोगको भिआइए जाँचसम्बन्धी शिविर सञ्चालन गर्ने बताइएको छ । पाठेघरसम्बन्धी समस्या धेरै महिलाहरुले खुलेर नबताउने हुँदा पाठेघरमा मुखको क्यान्सर हुने गरेको पाइन्छ । जसका कारण महिलाको ज्यानै जान सक्ने खतरा हुन सक्ने भएकाले समय समयमा पाठेघरको मुखको परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान र सरसफाइमा ध्यान नदिने तथा असुरक्षित यौन सम्पर्क गर्नाले पाठेघरमा क्यान्सरको जोखिम बढ्छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १२ घण्टा अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    १२ घण्टा अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    २0 घण्टा अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • १ दिन अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

  • ३ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

  • ४ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

  • ५ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • समाचार
  • १

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    १२ घण्टा अघि

  • २

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    १२ घण्टा अघि

  • ३

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    २0 घण्टा अघि

  • ४

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    २0 घण्टा अघि

  • ५

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    १ दिन अघि

  • ६

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ३ दिन अघि

  • ७

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ४ दिन अघि

  • ८

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ४ दिन अघि

  • ९

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ५ दिन अघि

  • १०

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution