• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०७९ चैत्र १२, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी

३ दिन अघि
२

म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो

४ दिन अघि
३

म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो

६ दिन अघि
४

टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु

६ दिन अघि
५

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

१ हफ्ता अघि
६

धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

१ हफ्ता अघि
७

४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)

१ हफ्ता अघि
८

बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने

१ हफ्ता अघि
९

म्याग्दीको बेनीमा “म्याग्दी कप-२०७९ ” शुरु: मंत्री रेशम जुग्जालीद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

म्याग्दी क्याम्पसको स्ववियु निर्बाचन स्थगित

१ हफ्ता अघि
११

बैंक र फाइनान्सले ब्याजदर घटाए

१ हफ्ता अघि
१२

म्याग्दीको राम्चेमा नि:शुल्क आँखा जाँच शिबिर सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

४ महिना अघि
३

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

१ साल अघि
४

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
८

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

१ साल अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

१ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

१ साल अघि
११

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ महिना अघि
१२

रवि लामिछानेले न्युज २४ टिभी छाडे

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७८ चैत्र १०, बिहिबार (१ साल अघि)

लेखफाँट-५, गैरागाउँ स्थित धार्मिक तथा ऐतिहासिक देवी-भगवती मन्दिर

फाईल तस्विर

  • ४८३ पटक पढिएको
  •  

    परिचय

    गण्डकी प्रदेश पर्वत जिल्ला जलजला गाउँपालिका अन्तर्गत वडा नं ५ लेखफाँट, अवस्थित देबी भगतिको मन्दिर  पूर्वमा पबित्र भुमि  कालञ्जर पर्वत , उत्तरमा धवलागिरी हिमशृङ्खलाहरु, पश्चिममा जडभरत तथा पौलस्त्य ऋषिको तपोभूमि र दक्षिणमा पवित्र  कृष्णागण्डकीको मध्यभागमा अवस्थित देवी मन्दिर प्राचीन एवम् ऐतिहासिक महत्व रहेको पावन पुण्यभूमि हो । समुद्री सतह देखि १९०० मिटर उचाइमा रहेको यस स्थल उत्तरी पर्वतको जलजला गाउँपालिकाको गैरागाउमा अवस्थित धार्मिक, एतिहासिक र प्राकृतिक स्थल जिल्ला सदरमुकाम कुश्माबाट १ घन्टाको सडक यात्राहुदै  म्याग्दी सदरमुकाम बेनी र बेनी बजार बजारदेखि २ घन्टाको पैदल यात्राबाट पुग्न सकिन्छ ।  पहाडको थुम्कोमा अवस्थित सुन्दर ठाउँबाट पर्वतका ठुलीपोखरी फलेबास बाग्लुंग, गुल्मी र म्याग्दीका अधिकांश भूभाग देख्न सकिन्छ ।  उत्तरमा लहरै रहेका धौलागिरि, गुर्जा, मानापधि लगायतका हिमाल आँखै अगाडी देख्न सकिने यो स्थलबाट पबित्र कालिगण्डकी, म्याग्दी नदी संगै सुन्दर बेनी बजार र बाग्लुंग बजारको सम्पूर्ण भाग देख्न सकिन्छ । पुरानो,  बेनी-घोरेपानी पदमार्गमा पर्ने यो स्थल पर्वतको मल्लाज भगवती कोतसंग समेत सम्बन्धित धार्मिक स्थल हो  ।

    एतिहासिक पृष्ठभुमि :

    वि.स. १४५२ तिर कर्णाली क्षेत्रमा रहेको खस साम्राज्यको पतन पश्चात् हुम्ला जुम्लाबाट घर्ती क्षेत्रीहरुको साथमा अन्य जातिहरु रुकुम हुँदै यस क्षेत्रमा आएर बसोवास गरेका हुन् भन्ने तथ्य छ  । यस क्षेत्रमा बसोबास गर्ने क्रममा आफ्ना आराध्य देवदेवता, देवी-भूमे तथा कोतमौलो स्थापना गरी यस क्षेत्रमा वंश तथा राज्य विस्तार गरेको कुरा लोकगाथामा पाइन्छ । पर्वते राजा डिम्ब मल्लको राज्यमा गाभिनु पूर्व घर्ती क्षेत्री राजा रजौटाको हातबाट कास्कीको भुरे राजा राकसे गुरुङ्गले खोसेका थिए  भन्ने कुरा इतिहासका अध्येता चन्द्रप्रकाश वानियाँले “पर्वत गुञ्जन’मा उल्लेख गरेका छन । त्यस्तै साहित्यकार स्व मोहनबहादुर मल्लका विभिन्न लेखहरुमा पनि यस क्षेत्रमा घर्ती क्षेत्री राजा रजौटाको राज्य थियो भन्ने कुरा उल्लेख भएको पाइन्छ  । यस तथ्यबाट पनि साबिक लेखफाट गैरागाउँमा रहेको देवी मन्दिर प्राचीन एवम् ऐतिहासिक मन्दिर हो भन्ने कुरा प्रष्ट हुन्छ ।

    वि.स. १५६१ तिर राकसे गुरुङ्गले घर्ती क्षेत्री राजा रजौटाको राज्य कब्जा गरेपछि धेरै अनिष्ठ हुन थालेछ । यस क्षेत्रमा बाढी पहिरो, असिना, डढेलो, खडेरी जस्ता, आपत बिपत  संगै  भोकमरी र  रोग व्याधिले आक्रान्त बनेको थियो । यस्तो अनिष्ट हुनुको मुख्य कारण देवदेवता, देवी-भूमे आदिको  पूजा आराधना नभएर हो भन्नेकुरा पौडेल गुरु पुरोहितको भनाइ रहेको र उक्त भनाईमा सत्यता भएको मानिएको थियो । राज्यबिस्तारको क्रममा पर्वते राजा डिम्ब बम मल्लले राकसे गुरुङ्गलाई यस क्षेत्रबाट लखेटेपछि मल्लिका पौडेल नामका राज पुरोहितले लुकाएर बचाएका घर्ती क्षेत्री राजाका छोरा सन्तु र सिंहराज साथै लुकेर बाँच्न सफल भएका अन्य व्यक्तिहरु समेत यसै क्षेत्रमा आएर पुनः बसोबास गरी  देवी भूमेको नित्य पुजा पाठ गर्न थालेपश्चात  सबै किसिमका दुख कष्ट र बिपत्तिहरु टरेर गएको र जीवनयापन सामान्य हुदै  आफ्ना वश विस्तार गरेको भनाइ समेत रहेको छ  ।

    डिम्बबम मल्लले यस क्षेत्रलाई आफ्नो राज्यमा गाभी मल्लाज नामांकरण गर्नुपुर्व यस क्षेत्रको नाम “डाँडाकोट” थियो । “डाँडाकोट” भन्ने नाम पछी अपभ्रम्स भइ अहिले “डडुवाकोट” भएको छ जुन साबिकको लेखफाट गाबिसको वडा नम्बर ६ गैरागाउँमा पर्छ । यहि “डाँडाकोट” आसपासका क्षेत्रमा घर्ति क्षेत्री, पौडेल  कार्किहरु र अन्य जातिहरुको समेत बसोबास रहेको पाइन्छ ।

    हाल देवी मन्दिर रहेको स्थानमा आठवटा ढोका र झ्याल भएको घर थियो भन्ने भनाईलाई मन्दिर पुननिर्माणको क्रममा वि.सं. २०४४ मा जमिन खन्दा ढिकीमा प्रयोग हुने एउटा ठूलो ढुंगाको ओखल, जाँतो  तथा मसला पिस्ने सिलौटो र लोहोरा भेटिनुले पनि पुष्टि गरेको छ  । यहि ठाउँबाट पर्बत बाग्लुंग र म्याग्दी जिल्लाको विभिन्न भागमा बसाइ सरेको प्रसस्त प्रमाण पाइन्छन । २१ औं सताब्दिमा आइपुग्दा समेत यहाँको देवी मन्दिरमा पौडेल थरका पुजारी र घर्ति क्षत्री थरका कर्ता रहने परम्परा विद्यमान रहेको समेतले यो देवी मन्दिर प्राचीन एवम् ऐतिहासिक महत्व रहेको छ भन्ने कुरामा कुनै दुईमत छैन ।

    अन्तमा ;

    विभिन्न समयमा पुनः निर्माणगरी अहिले मन्दिरलाई सुन्दर बनाइएको छ । बाह्य स्वरूप आकर्षक रुपमा निर्माण गरिएको भएपनि मन्दिर भित्रको मुर्ति सामान्य रुपमा ढुङ्गाको रहेको छ । चैत्राष्टमीको अवसर पारेर शुभचिन्तक तथा  स्थानीयहरुको सहयोगमा आकर्षक र कलात्मक मुर्ति स्थापना,  मन्दिरको नाममा पाच लाख रुपैयाँ सम्मको अक्षयकोष स्थापना गरी नियामित पुजापाठ गर्ने उद्देश्य सहित चैत्राष्टमीको सुभ घडीमा  विविध कार्यक्रमको आयोजना गरिएको छ । धार्मिक, एतिहासिक प्राकृतिक सुन्दरताले समेत महत्पूवर्ण यस स्थलको संरक्षण र प्रवर्धन भएमा धार्मिक पर्यटनको समेत प्रचुर सम्भावना रहेको छ ।  त्यसैले  देवी मन्दिर संरक्षण तथा पूजा व्यवस्थापन समिति समितिले यस कार्यमा सहयोग र सहभागीताको लागी आमन्त्रण समेत गरेको छ ।

    हामीलाई गौरवान्वित बनाउने कुरा यस्तै  प्राकृतिक धार्मिक,एतिहासिक र प्राकृतिक सम्पदा नै हुन् । साधारण जनसमुदायले धार्मिक आस्था र श्रद्धाभावले पुज्ने गरेका मठ, मन्दिर, दरबार र मूर्तिलगायतका सम्पदा इतिहास र संस्कृतिका लागि पुरातात्विक आधार हुन् । यस्ता सभ्यताका धरोहर हाम्रोमात्र नभएर समग्र विश्व सभ्यताकै अमूल्य निधि बन्न पुगेका छन् । त्यसैले मनाव सभ्यता संगै जोडिएका यस्ता धरोहरको उचित संरक्षण र प्रवर्धन हुनु जरुरि समेत रहेको छ ।

    आलेख तयारकर्ता : डेग बहादुर  जिसी 

    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
    ३ दिन अघि

    कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी

    ४ दिन अघि

    म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो

    ६ दिन अघि

    म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो


  • ६ दिन अघि

    टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु

  • १ हफ्ता अघि

    म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

  • १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

  • १ हफ्ता अघि

    बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने

  • समाचार
  • १

    कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी
    ३ दिन अघि

  • २

    म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो
    ४ दिन अघि

  • ३

    म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो
    ६ दिन अघि

  • ४

    टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु
    ६ दिन अघि

  • ५

    म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत
    १ हफ्ता अघि

  • ६

    धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न
    १ हफ्ता अघि

  • ७

    ४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)
    १ हफ्ता अघि

  • ८

    बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने
    १ हफ्ता अघि

  • ९

    म्याग्दीको बेनीमा “म्याग्दी कप-२०७९ ” शुरु: मंत्री रेशम जुग्जालीद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • १०

    म्याग्दी क्याम्पसको स्ववियु निर्बाचन स्थगित
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution