• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २१, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

१0 घण्टा अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

२२ घण्टा अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

१ दिन अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

४ दिन अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

५ दिन अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

५ दिन अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

५ दिन अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

६ दिन अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ माघ ३, सोमबार (३ साल अघि)

म्याग्दीमा आइतबारदेखि किशोरीलाई आइरन चक्की खुवाउन सुरु

तस्विर : प्रताप बानिया

  • ५७३ पटक पढिएको
  • ३ माघ २०७८, सोमबार
    देवी जिसी, म्याग्दी ।
    म्याग्दीमा आइतबारदेखि किशोरीहरुलाई आइरन चक्की खुवाउन सुरु भएको छ । किशोरीहरुमा हुने रक्तअल्पता न्युनीकरण गर्नका लागि विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन थालिएको हो । नेपाल सरकारको स्वास्थ्य सेवाअन्तर्गत वार्षिक तथा नियमित कार्यक्रम भएकाले आइतबारदेखि जिल्लामा किशोरीहरुलाई आइरन चक्की खुवाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले बताउनुभयो ।

    विद्यालय जाने किशोरीहरुलाई विद्यालयमा, विद्यालयभन्दा बाहिर रहेका किशोरीहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकीमार्फत आइरन चक्की खुवाउने कार्यक्रम रहेको छ । किशोरीहरुलाई १३ हप्तासम्म आइरन चक्की खुवाउने र १३ हप्ता रोक्ने तथा पुनः १३ हप्ता खुवाउने र फेरी १३ हप्ता रोक्ने गरी कार्यक्रम सञ्चालन भैरहेको छ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा यसअघि समीक्षा कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

    बेनी नगरपालिकाभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा विद्यालय पोषण कार्यक्रमअनुसार किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा सहजीकरण गर्नुका साथै जानकारी गराइएको थियो । बेनी नगरपालिकासहित जिल्लाको छ वटै स्थानीय तहका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत तथा विद्यालयभन्दा बाहिर रहेका १० देखि १९ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई आइरन चक्की खुवाउन कार्यक्रम सञ्चालन भएको जनाइएको छ । एक आर्थिक वर्षको पहिलो चरणअन्तर्गत गएको साउन–भदौ र असोज तथा दोस्रो चरणको माघ–फागुन र चैत गरी दुई चरणमा २६ हप्तासम्म आइरन चक्की खुवाउने कार्यक्रम रहेको छ । सो कार्यक्रमअन्तर्गत जिल्लामा माघ महिनादेखि दोस्रो चरणको आइरन चक्की खुवाउन लागिएको हो । विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आजदेखि दोस्रो चरणको आइरन चक्की खुवाउन सुरु गरिएको जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका प्रधानाध्यापक कमलप्रसाद पौडेलले बताउनुभयो ।

    विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेरलाई किशोर अवस्था मानेको हुँदा यो समयमा शारिरीक वृद्धि विकासको दर उच्च हुने भएकाले पोषणलाई महत्व दिनुपर्छ । मानव शरिरमा हुने राता रक्तकोशिका (आरबिसी)को विभिन्न तन्तुहरुसम्म अक्सिजन पु¥याउने क्षमतामा कमी आउनुलाई रक्तअल्पता भनिन्छ । आइरन तथा पोसिलो खानाको कमी, जुकाको संक्रमण तथा अन्य रोगहरु र किशोरावस्थामै गर्भवती हुँदा रक्तअल्पता हुन्छ । रक्तअल्पता हुनबाट बच्नका लागि हरियो सागपातका साथै भिटामिन–सीयुक्त खानेकुरा, फलफुल तथा पशुजन्य उत्पादनको उपभोगमा जोड दिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । हामीले दैनिक खाने खानामा पनि सन्तुलित भोजन तथा विविधिकरण गर्नुपर्ने आवश्यकता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १0 घण्टा अघि

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

    २२ घण्टा अघि

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

    ४ दिन अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न


  • ५ दिन अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

  • ५ दिन अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • ६ दिन अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • १ हफ्ता अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    १0 घण्टा अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    २२ घण्टा अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    १ दिन अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ४ दिन अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    ५ दिन अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    ५ दिन अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    ५ दिन अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    ६ दिन अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution