• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ९, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

१ दिन अघि
२

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

४ दिन अघि
३

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

५ दिन अघि
४

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

५ दिन अघि
५

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

५ दिन अघि
६

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

१ हफ्ता अघि
७

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

१ हफ्ता अघि
८

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

१ हफ्ता अघि
९

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

१ हफ्ता अघि
१०

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

१ हफ्ता अघि
११

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
देवि जिसीप्रकाशित मिति: २०७८ माघ १, शनिबार (४ साल अघि)

म्याग्दीमा आइतबारदेखि विद्यालयका किशोरीलाई आइरन चक्की खुवाइने

तस्विर : प्रताप बानिया

  • ६८३ पटक पढिएको
  • ३० पुष २०७८, शुक्रबार
    देवी जिसी, म्याग्दी ।
    विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा सम्पन्न भएको छ । आज (शुक्रबार) म्याग्दीको बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सदरमुकाम बेनीमा समीक्षा गरिएको हो । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा समीक्षा गरिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा किशोरीहरुलाई आइरन चक्की खुवाउने विषयमा गतवर्ष सञ्चालित कार्यक्रमको प्रभावकारिता तथा चालु वर्षमा सञ्चालन गर्न लागिएको कार्यक्रमको बारेमा अन्तत्र्रिmया र छलफल गरिएको थियो ।

    विद्यालय जाने किशोरीहरुलाई विद्यालयमा, विद्यालयभन्दा बाहिर रहेका किशोरीहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकीमार्फत आइरन चक्की खुवाउने कार्यक्रम रहेको बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले जानकारी दिनुभयो । बेनी नगरपालिकाभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा बेनी नगरपालिकाका स्वास्थ्य सहसंयोजक डिल्लीराज आचार्यले विद्यालय तथा पोषण कार्यक्रममाथि सहजीकरण गर्नुभएको थियो ।

    यसैगरी सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । किशोरीहरुमा हुने रक्तअल्पताको रोकथाम गर्ने उद्देश्यसहित उनीहरुलाई आइरन चक्की खुवाउन लागिएको हो । एक आर्थिक वर्षको पहिलो चरणअन्तर्गत साउन–भदौ र असोज तथा माघ–फागुन र चैत गरी दुई चरणको ६ महिनाको अवधिमा २६ हप्तासम्म आइरन चक्की खुवाइने स्वास्थ्य शाखाका सहसंयोजक आचार्यले बताउनुभयो । म्याग्दीमा पर्सि (आइतबार)देखि आइरन चक्की खुवाउने कार्यक्रम सञ्चालन हुने भएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले राज्यको लगानीमा सञ्चालित किशोरीहरुलाई आइरन चक्की खुवाउने कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले बेनी नगरपालिकामार्फत पाँचवटा विद्यालयमा स्टाफनर्स कार्यक्रम लागू गरिएको तथा आधारभूत तहमा अध्ययनरत बालबालिकाहरुलाई विद्यालय खाजा कार्यक्रम सञ्चालन भैरहेको हुँदा सरोकारवाला निकायले पनि आफ्नो तर्फबाट अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा सुआहारा कार्यक्रमका बागलुङ–म्याग्दी संयोजक राजेन्द्र अधिकारी र धवलागिरि माध्यमिक विद्यालय सिङ्गाका प्रधानाध्यापक डण्डपाणि सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो । विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेरलाई किशोरावस्था मानेको हुँदा यो समयमा शारिरीक वृद्धि विकासको दर उच्च हुने भएकाले पोषणलाई महत्व दिनुपर्छ ।

    तस्विर : प्रताप बानिया

    मानव शरिरमा हुने राता रक्तकोशिका (आरबिसी)को विभिन्न तन्तुहरुसम्म अक्सिजन पु¥याउने क्षमतामा कमी आउनुलाई रक्तअल्पता भनिन्छ । आइरन तथा पोसिलो खाना कम खानु, जुकाको संक्रमण तथा अन्य रोगहरु र किशोरावस्थामा गर्भवती हुने कारणले रक्तअल्पता हुन्छ । रक्तअल्पता हुनबाट बच्नका लागि हरियो सागपातका साथै भिटामिन–सीयुक्त खानेकुरा, फलफुल तथा पशुजन्य उत्पादनको उपभोगमा जोड दिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । हामीले दैनिक खाने खानामा पनि सन्तुलित भोजन तथा विविधिकरण गर्नुपर्ने आवश्यकता पर्दछ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ५ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    १ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो


  • १ हफ्ता अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

  • १ हफ्ता अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • १ हफ्ता अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • २ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • समाचार
  • १

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न
    १ दिन अघि

  • २

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    ४ दिन अघि

  • ३

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    ५ दिन अघि

  • ४

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    ५ दिन अघि

  • ५

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    ५ दिन अघि

  • ६

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    १ हफ्ता अघि

  • ७

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    १ हफ्ता अघि

  • ८

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    १ हफ्ता अघि

  • ९

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    १ हफ्ता अघि

  • १०

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution