• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक ३, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

३ दिन अघि
२

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

३ दिन अघि
३

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
४

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

१ हफ्ता अघि
५

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

१ हफ्ता अघि
६

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

१ हफ्ता अघि
७

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

१ हफ्ता अघि
८

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

२ हफ्ता अघि
९

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

२ हफ्ता अघि
१०

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

३ हफ्ता अघि
११

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

३ हफ्ता अघि
१२

बेनीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
देवि जिसीप्रकाशित मिति: २०७८ मंसिर ९, बिहिबार (३ साल अघि)

धवलागिरि र मालिकामा युवासँग महालक्ष्मी लाइफ बीमा जागरण अभियान

तस्विर : प्रताप बानिया

  • ७३७ पटक पढिएको
  • देवी जि.सी./म्याग्दी, मङ्सिर-९, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बीमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । अभियानको क्रममा पश्चिम म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको विभिन्न स्थानमा बीमासम्बन्धी कार्यक्रम गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जनाएको छ । धवलागिरि–७, सिबाङको हेम  माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का ८३ जना विद्यार्थीहरुलाई बीमासम्बन्धी विभिन्न विषयहरुमा सहजीकरण गरिएको छ ।

    उक्त कार्यक्रममा बीमा, वित्तीय साक्षरता, आर्थिक मितव्ययीता, युवासँग महालक्ष्मी लाइफ राष्ट्रिय जागरण अभियानको उद्देश्य र जानकारी, बचत तथा सुरक्षालगायत विषयहरुमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम विद्यालयको कक्षा ११÷१२ संयोजक कुलराज आचार्यको अध्यक्षता, शिक्षक शिवप्रसाद शर्माको स्वागत र महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरबाङ क्षेत्रका कर्मचारी सुनिल पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

    कार्यक्रममा विद्यार्थीद्वय रेविका विक र रुपेश सुनारले कार्यक्रमको समीक्षासहित मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैगरी सिबाङको सिर्जना आमा समूह र स्थानीय युवाहरुसँग पनि महालक्ष्मी लाइफको बीमा जागरण राष्ट्रिय अभियानसम्बन्धी कार्यक्रम गरिएको छ । कार्यक्रममा आमा समूहका अध्यक्ष यामु रानाको अध्यक्षता र हेम मावि सिबाङका शिक्षक उमादेवी कँडेलले स्वागत गर्नुभएको थियो ।
    त्यस्तै ताकमको किमचौरस्थित जनयुवा क्लबसँग गरिएको बीमा जागरण अभियानसम्बन्धी कार्यक्रमको क्लब अध्यक्ष अनिश भण्डारीको अध्यक्षता र सचिव निराजन भण्डारीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा धौलागिरि एकेडेमीका प्रिन्सिपल अजय तामाङले कार्यक्रममाथि समीक्षासहित धन्यवादज्ञापन गर्नुभएको थियो ।

    यसैबीच मालिका–५, देवीस्थानको भीम माविमा समेत बीमाको अभियानसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्तीको अध्यक्षता, महालक्ष्मी इन्स्योरेन्सका एजेन्सी म्यानेजर एवं अभियानका जिल्ला सदस्य राजमति पुनले स्वागत र शिक्षक दिनेश ढकालले मन्तव्य राखेको कार्यक्रममा ६० जनाको उपस्थिति रहेको थियो ।  मालिका–६, दरबाङको जनप्रिय माविमा विद्यालयका सहायक प्रअ नगेन्द्रबहादुर खत्रीको अध्यक्षता र शिक्षक जगतकुमार सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा १ सय १२ जनाको उपस्थिति थियो । सबै ठाउँमा सञ्चालित सचेतनामूलक बीमासम्बन्धी अभियानको विषयमा महालक्ष्मी इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण तथा दरबाङ क्षेत्रका कर्मचारी सुनिल पुनले सञ्चालन गर्नुभएको थियो ।

    कार्यक्रममा बीमा र बीमा व्यवसायलाई पार्टटाइम बनाई वैकल्पिक आयआर्जनको माध्यम बनाएर अभिकर्ताको रुपमा काम गर्न सक्नेलगायत विभिन्न बीमासम्बन्धी विषयहरुमा सहजीकरण गरिएको थियो । कार्यक्रममा सहभागीहरुले बीमासम्बन्धी सचेतनामूलक कार्यक्रम स्थानीयस्तरमा नै सञ्चालन गरेकोमा आयोजकलाई धन्यवादज्ञापन गरेका थिए ।
    शिक्षक, विद्यार्थी, महिला तथा युवाहरुलाई जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ । युवासँग महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान गएको असोज २ गते काभ्रेको धुलिखेलबाट आरम्भ भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

    ३ दिन अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

    १ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न


  • १ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • १ हफ्ता अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

  • १ हफ्ता अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • १ हफ्ता अघि

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

  • समाचार
  • १

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    ३ दिन अघि

  • २

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    ३ दिन अघि

  • ३

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ४

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    १ हफ्ता अघि

  • ७

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    १ हफ्ता अघि

  • ८

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    २ हफ्ता अघि

  • ९

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    २ हफ्ता अघि

  • १०

    धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution