• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१ घण्टा अघि
२

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

१ दिन अघि
३

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

५ दिन अघि
४

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

५ दिन अघि
५

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
६

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
७

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
८

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
९

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
१०

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि
११

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

२ हफ्ता अघि
१२

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ श्रावण १३, बुधबार (४ साल अघि)

डायलासिस नपाएरै दिवंगत भएकी श्रीमतीको सम्झनामा अस्पताललाई सहयोग

तस्विर: सामाजिक संजाल

  • ५९८ पटक पढिएको
  • पर्वत, साउन-१३, पर्वतको मोदी गाउँपालिकास्थित बाजुङ घर भई पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकी शान्ता कुमारी थापाको गत वर्ष असार २६ गते उपचारको क्रममा छाउनी अस्पताल काठमाडाैंमा मृत्यु भयो।

    उच्च रक्तचापको पीडा भोग्दै आएकी उनको मिर्गौलासमेत फेल भएपछि करिब एक वर्षसम्म श्रीमान् रामबहादुर थापाले पोखरा र काठमाडाैंका विभिन्न अस्पतालमा डुलाए।

    जति नै प्रयास गरे पनि परिवारले उनलाई बचाउन सकेन। ५१ वर्षको उमेरमा मिर्गौला फेल भएर श्रीमतीको मृत्यु हुँदा श्रीमान् थापा विक्षिप्त थिए। काठमाडाैंमा शान्ताको डायलासिस चलिरहेका बेलामा उनले गृह जिल्ला पर्वतको पर्वत अस्पतालमा मिर्गौलाको डायलासिस सुरु गर्न लागिएको कुरा समाचारबाट थाहा पाए।

    अब जिल्लाकै अस्पतालमा डायलासिस गराउन पाइनेभयो भन्ने रामबहादुरलाई लागेको थियो।

    २०७७ साउन २५ मा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्वत अस्पतालमा निःशुल्क डायलासिस सेवाको उद्घाटन गरे। श्रीमतीलाई जिल्लाकै अस्पतालमा ल्याएर उपचार गराउने रामबहादुरको सपना भने पूरा हुन पाएन। डायलासिसका उपकरण जडान र सेवामा रहने स्वास्थ्यकर्मीलाई तयार पारिसक्दा साउन महिना गुज्रनै लागेको थियो। जबकि शान्ताको मृत्यु असारमा नै भयो।

    रामबहादुरलाई लाग्यो, आफ्नी श्रीमतीको डायलासिस जिल्लामा नै गराउन नपाए पनि जिल्लाका अरू बिरामीले भने जिल्लामा नै सेवा पाउन सकून्। डायलासिसकै लागि पोखरा र काठमाडाैं जान बाध्य भएका पर्वतेहरू सुलभ दरमा गृहजिल्लामै सेवा पाउनेमा उनलाई सहकार्य गर्न मन लाग्यो।

    बुधबार (आज) शान्ताको मृत्यु भएको वार्षिकी तिथि परेको छ। त्यही सन्दर्भमा श्रीमान्, छोराबुहारीहरू सन्तोष र पूर्णिमा तथा छोरीहरू सरिता र जेनिसाको सल्लाहमा शान्ताको दिवंगत आत्मालाई शान्ति दिने उपायको रूपमा पर्वत अस्पतालमा रहेको डायलासिस सेवालाई थोरै भए पनि आर्थिक सहयोग गर्ने निर्णय भयो।

    बुधबार रामबहादुरले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीलाई २१ हजार एक सय ११ रुपैयाँ शान्ताको नाममा हस्तान्तरण गरे। अस्पताललाई सहयोग गर्दा उनी भावुक देखिन्थे।

    उनले आफूलाई नेपाली सेनाको निवृत्तभरणको रूपमा आउने एक महिनाको रकम हस्तान्तरण गरेका हुन्।

    ‘जति उपचार गर्दा पनि शान्तालाई कम भएन, काठमाडाैंमा प्राण गयो। सामान्य आर्थिक अवस्थाको मान्छेलाई डायलासिसका लागि बाहिर लाँदा घरबासै हिँड्ने अवस्था छ। तर जिल्लाको अस्पतालले निःशुल्क डायलासिस गराइरहेको छ। यो हामी सबैका लागि कति खुसीको कुरा हो’, रामबहादुरले भने, ‘श्रीमती मिर्गौलाकै कारण गुमाउनुपरेपछि उनकै सम्झनामा थोरै भए पनि रकम सहयोग गरेको हुँ। यहाँका बिरामीले डायलासिस पाउँदा स्वर्गमा उनको मन हलुंगो होस्।’

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडीका अनुसार जिल्लामा एक वर्षको अवधिमा करिब ३० जना सेवाग्राहीले डायलासिसको सेवा निरन्तर रूपमा लिँदै आएका छन्।

    पछिल्लो समय विभिन्न उत्सव तथा वर्षगाँठमा रमाइलो र भोजका लागि खर्च गर्नुभन्दा अस्पतालमा सहयोग गरे धेरैको ज्यान बाँच्न सक्ने र गरिब तथा असहायले पनि सेवा पाउने भन्दै दान गर्नेहरूको सङ्ख्या बढ्दै छ।थाहाखबरबाट 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ घण्टा अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    १ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

    ५ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम


  • ५ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

  • समाचार
  • १

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    १ घण्टा अघि

  • २

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    १ दिन अघि

  • ३

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ५ दिन अघि

  • ४

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ५ दिन अघि

  • ५

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ६

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • ७

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • ८

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • ९

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • १०

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution