• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ घण्टा अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ घण्टा अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ घण्टा अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ अषाढ ६, आईतबार (४ साल अघि)

पुलाचौर स्वास्थ्यचौकीलाई अस्ट्रेलियाबाट साढे दुईलाख भन्दाबढीको स्वास्थ्य सामग्रीहरु सहयोग

तस्विर : प्रताप बानिया

  • ९७० पटक पढिएको
  • ५ असार २०७८, शनिबार
    प्रताप बानियाँ, म्याग्दी ।
    म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित पुलाचौर स्वास्थ्यचौकीलाई अस्ट्रेलियाबाट साढे दुईलाख भन्दा बढीको स्वास्थ्य सामग्रीहरु सहयोग भएको छ । रोजगारको सिलसिलामा अस्ट्रेलियामा पुगेका पुलामी दाजुभाइहरुले आर्थिक सङ्कलन गरी स्वास्थ्यचौकीलाई स्वास्थ्यसम्बन्धी विभिन्न सामग्रीहरु सहयोग गरेका हुन् ।

    अस्ट्रेलियामा कार्यरत पुलाचौरका कुशल पौडेल, बाबुराम शर्मा, सन्तोष श्रेष्ठ, सरोज श्रेष्ठ, शिव श्रेष्ठ, अमित पौडेल, दिपक बानियाँ, सागर सुवेदी, किस्मत केसी, सनिप बानियाँ, आशिष सुवेदी, दिनेश खत्री, सुरेश खत्री, सिजन श्रेष्ठ र दिपक कुँबरले स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग गरेका थिए । उनीहरुले कुल दुईलाख ६७ हजार नौसय रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरी स्वास्थ्यचौकीलाई आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका छन् ।

    पुलामी दाजुभाइहरुले दुईदुई थान बेड, म्याट्रेस, पिलो, चार चारसेट पिलोकभर, तन्ना, दुईसेट डिजिटल बिपीसेट, १ सेट गुल्कोमिटर, ५ सेट पिपिई, ५० पिस सर्जिकल हेडक्याप, २ वटा ग्लोब्स बक्स, १० पिस अक्सिजन फेसमास्क, एक प्याकेट बिलिजिङ पाउडर खरिद गरी उपलब्ध गराएको स्वास्थ्यचौकीका सिनियर अनमी अमृता सुनारले बताइन् । उक्त सामग्रीहरु शुक्रबार स्वास्थ्यचौकी परिसरमा एक कार्यक्रमको आयोजना गरी अस्ट्रेलियामा कार्यरत पुलामी दाजुभाइहरुको अभिभावकहरुमध्ये मोहन खत्री, खेमराज पौडेल, वेदानन्द पौडेल र श्यामप्रसाद श्रेष्ठले स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बानियाँ, प्रमुख विष्णुमाया कुँबर तथा आर्थिक सहयोग सङ्कलन समितिका संयोजक रामप्रसाद सुवेदीलाई हस्तान्तरण गरेका थिए ।

    उक्त सामग्रीहरु स्वास्थ्यचौकीमा आइसकेको हुँदा अक्सिजन कन्सन्टे«टर मेसिनलगायत स्वास्थ्य सामग्री भने आउने क्रममा रहेको स्वास्थ्यचौकीले जनाएको छ । स्वास्थ्य सामग्रीहरु काठमाडौंबाट पुलाचौरसम्म पुलाचौर समाज काठमाडौंका कोषाध्यक्ष गोपाल बानियाँले ल्याएका थिए । सोही अवसरमा कुबेतमा रहेका पुलाचौरका तेजिन्द्र श्रेष्ठको संयोजनमा उनीसहित रमेश सुन्दास, जगत शाही, देवेन्द्र बर्देवा र कुमार सुन्दासले पठाएको नगद १५ हजार दुईसय रुपैयाँ स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको छ । त्यस्तै जापानमा कार्यरत पुलाचौरका सुन्दर श्रेष्ठ र सुजन श्रेष्ठले पनि स्वास्थ्यचौकीलाई नगद १० हजार रुपैयाँ आफ्ना बुबा खड्गप्रसाद श्रेष्ठमार्फत सहयोग गरेका छन् ।

    स्वास्थ्यचौकीले स्थापना गर्न लागेको स्वास्थ्य विपद् व्यवस्थापन कोषमा हालसम्म दुईलाख ७३ हजार छ सय ९९ रुपैयाँ आर्थिक सङ्कलन भएको छ भने २४ हजार ५० रुपैयाँ खर्च भएको छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पुलाचौर समाज काठमाडौंका कोषाध्यक्ष गोपाल बानियाँले स्वास्थ्यचौकीको स्तरोन्नति र विकासमा आफूले सक्दो पहल गर्ने बताएका छन् । कार्यक्रमको समापन गर्दै स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले आफ्नो जन्मभूमि छाडेर विदेशमा गएर पनि स्वास्थ्यचौकीलाई सहयोग गर्ने सहयोगीदाताहरुको उच्च प्रशंसा गरेका थिए ।

    कार्यक्रममा आर्थिक सहयोग सङ्कलन समितिका संयोजक रामप्रसाद सुवेदी, पुलाचौर रेडक्रस उपशाखाका सभापति शिव बानियाँ, जनकल्याण मावि पुलाचौरका प्रधानाध्यापक कमलप्रसाद पौडेल र वडा सचिव कृष्णबहादुर बानियाँले मन्तव्य राखेका थिए । स्वास्थ्यचौकीका प्रमुख विष्णुमाया कुँबरले स्वागत र सिनियर अनमी अमृता सुनारले स्वास्थ्यचौकीले थालेको अभियानबारे जानकारी गराएको कार्यक्रमको सञ्चालन व्यवस्थापन उपसमिति संयोजक गजिन्द्र श्रेष्ठले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • २ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ घण्टा अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ घण्टा अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ घण्टा अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution