• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सीमाना, संवेदना र जिम्मेवारी

५ दिन अघि
२

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

६ दिन अघि
३

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
४

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
५

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

१ हफ्ता अघि
६

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ हफ्ता अघि
७

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ हफ्ता अघि
८

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ हफ्ता अघि
९

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१०

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
११

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि
१२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
प्रकाशित मिति: २०७७ पौष १७, शुक्रबार (५ साल अघि)

पर्यटकको पर्खाइमा पर्वतको भुक देउराली

फाईल तस्विर

  • १६०३ पटक पढिएको
  • उत्तरतर्क फर्किएको, आखा अगाडी हिमाल टल्किने चिटिक्क परेको ढुंगाले छाएर रातोमाटो र कमेरोले लिपेर चिटिक्क परेको गाउँ । गाउँभित्रका प्रत्येक गल्लीमा घरका दैलोसम्म पुग्न ढुङ्गाका छपनी बिछ्याइएको सफा बाटो छ । हिँड्नका लागि कलात्मक सिँढी ठाउठाउमा फोहोर फाल्ने डस्ट बिन राखिएको छ ।

    यहाँ बर्णन गर्न भन्दा पनि एक पटक पुग्नै पर्ने ठाउँ/ गाउँ हो पर्वत जिल्लाको मोदी गाउँपालिका–१ स्थित भुक देउराली । गाउँको सुन्दरताजस्तै यहाँका स्थानीय मन पनि त्यस्तै सङ्लो देखिन्छ । गाउँको सुन्दर वातावरणलाई जोगाउँदै नमूना बस्ती बनाउन स्थानीय त जागरुक छन् नै देश तथा विदेशमा रहेका गाउँवासी पनि उत्तिकै तन, मन र धन दिएर यहाँका पूर्वाधार विकासमा खर्चिएका छन् ।

    पुराना संरचनाको संरक्षण गर्दै गरिएका बाटोघाटो, शौचालय, खेलमैदान आदिले गाउँको मुहार फेरेको छ । देश विदेशमा रहेका स्थानीयले लगभग रु ९० लाख जुटाएर यहाँका पूर्वाधारमा खर्च गरिसकेको भुकदेउराली सामूदायिक घरवासका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । गाउँमा पर्यटकलाई लक्षित गरी घरवास सञ्चालनमा ल्याइएको हो ।

    विकसित शहरका जस्ता सार्वजनिक शौचालय र धुलो नउड्ने ढलानसहितको सडक रातैभरि उज्यालो हुने गरी सडकबत्तीका साथै सरसफाइयुक्त घरआँगन र बाटोघाटो यसका गाउँका विशेषता हुन् ।

    गाउँ छाडेर विदेशिएका स्थानीयको जागरुकताले यस ठाउँ नमूना गाउँका रुपमा स्थापित बनेको छ । विभिन्न सेवा, पेशा र व्यवसायका क्रममा गाउँ छोडेकाले सहयोग जुटाउँदै गाउँको पूर्वाधार विकास गरी नमूना गाउँ बनाउने अभियानलाई साकार पारेका छन् ।

    नमूना गाउँ निर्माणको अभियानअन्तर्गत गाउँमा एक हजार ३३३ मिटर लम्बाइको सिँढी बनाइएको छ भने २२० मिटर धुले सडक ढलान गरिएको छ । गाउँभित्रका बस्तीबस्तीमा ४९ सडक बत्तीका साथै आगन्तुक पर्यटकका लागि ठाउँठाउँमा चारवटा सार्वजनिक शौचालय निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले सम्पन्न भुक देउरालीबाट अन्नपूर्ण हिमश्रृङखला, वरपरका झिलीबराङ, लप्सीबोटलगायतका पर्यटकीय गाउँ देखिन्छ ।

    फागुन चैतको समयमा फूल्ने फूल लालिगुराँससहित विभिन्न प्रजातिका फूल, विभिन्न प्रजातिका चराचुरुङ्गी, चितुवा, मृग, कालीजसमेतले यहाँको पर्यापर्यटनमा पनि उत्तिकै योगदान दिएका छन् । गाउँको शिर भमरकोट हुँदै घोरेपानी जाने पदमार्ग निर्माण भइरहेको छ ।

    गण्डकी प्रदेशकै महत्वपूर्ण पदयात्रा मार्ग पुन हिल क्षेत्रमा जाने मार्गको विरेठाटी नजिकै यो गाउँ रहेको छ । घोडेपानी र पुनः हिल पदमार्ग देउराली गाउँको नजिकै भएर जाँदा पनि गाउँमा पर्यटकको पाइला पुग्न नसक्दा यहाँका स्थानीय चिन्तित बनेका छन् ।

    सुन्दर गाउँको पर्यटकीय विकासका लागि बाटोघाटोलगायतका पूर्वाधार विकास गरिनु आवश्यक हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउनुहुन्छ । पोखराको पर्यटनसँग गण्डकी प्रदेशभित्र रहेका पर्यटकीय गाउँलाई जोड्न सकिने पर्याप्त सम्भावना रहेको उहाँको भनाइ छ ।

    घरवाससँगै गाउँमा आउने पर्यटकका लागि प्राङ्गारिक उत्पादन खुवाउने सोचका साथ स्थानीयवासी उत्पादनमा पनि जोडिएको जनसेवी आमा समूहकी अध्यक्ष हरिमाया गुरुङले बताउनुभयो । “पछिल्लो समयमा यहाँ उत्पादन हुने खाद्यान्न तथा तरकारीले यही नै बजार पाउन थालेको छ,” उहाँले भन्नुभयो, “स्थानीयरुपमा नै उत्पादित प्राङ्गारिक खाद्यान्नका कारण पनि पर्यटक लोभिने गरेका छन् ।” पछिल्ला समयमा विभिन्न सेवा पेशाका कारण गाउँ छोडेका पनि गाउँ फर्कने क्रम शुरु भएको देखिन्छ ।

    यहाँका १० वटा घरमा घरवास सञ्चालनमा आएको घरवास सञ्चालक रनकुमारी गुरुङले जानकारी दिनुभयो । पछिल्ला दिनमा होमस्टेमा पर्यटक आउने क्रम बढेको जनाउँदै उहाँले बन्दाबन्दीका समयमा भने सञ्चालन नगरिएको बताउनुभयो । भुकदेउरालीमा १६७ घर रहेकोमा ३२/३३ वटा गुरुङका घर छन् ।

    धेरै सम्भावना रहेर पनि प्रचारप्रसारको अभावमा अन्नपूर्ण हिमालको काखमा रहेको देउराली पूर्वाधार निर्माण पछी आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गर्न आतुर रहेको छ  ।

    श्रोत: राष्ट्रिय समाचार समिति

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    सीमाना, संवेदना र जिम्मेवारी
    ५ दिन अघि

  • २

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    ६ दिन अघि

  • ३

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ४

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    १ हफ्ता अघि

  • ६

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ हफ्ता अघि

  • ७

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ हफ्ता अघि

  • ८

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ हफ्ता अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • १०

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution