बेनी, असोज-१, जेन जी आन्दोलनका क्रममा म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ परेका छन्।
म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोप लाग्नेहरूमा बेनी २ का २१ वर्षीय अर्जुन जिसी, सोही ठाउँका २६ वर्षीय दिबहादुर सापकोटा, बेनी १ का २६ वर्षीय कृष्णबहादुर मगर, २७ वर्षका सुनिल थापा मगर, ३१ वर्षका सुसन थापा मगर, र २१ वर्षका अभिषेक परियार रहेका छन्।
सामाजिक सञ्जालमा आएको फोटो भिडियो र सीसीटिभी क्यामेराको सहायताले उनीहरूलाई पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।
उनीहरूलाई कारागार ऐन २०१९ विपरीतको कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
न जी आन्दोलनका क्रममा भदौ २५ गते बिहान साढे ७ बजे एक समूहले कारागारको मुलढोका फोडेर ६६ कैदीबन्दीलाई भगाएका थिए । कारागारमा ८८ जना कैदीबन्दी रहेकोमा पुरुष कैदीबन्दीहरु भागेका हुन् ।
सबैलाई म्याग्दी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको सूचना अधिकारी सागर पौडेलले जानकारी दिए । उनका अनुसार अरू फरारको खोजी भइरहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )