बेनी, साउन-१२, म्याग्दीको बेनी नगरपालिका–६ डम्बरा स्थित घुम्तीमा जीप र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्।
बेनीबाट पश्चिम तातोपानीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०१ च १५२३ नम्बरको जीप र तातोपानीबाट बेनीतर्फ आउँदै गरेको ग २१ प ६७९२ नम्बरको स्कुटर ठोक्किँदा मंगला गाउँपालिका–२ सिमलचौरका २९ वर्षीय उमेश केसी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाईते केसीको टाउको, अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ भने बोलेरो चालक बिएस धौलागिरी कम्पनीका बागलुङका सागर श्रीषलाई सामान्य चोट लागेको छ । घाईते केसीको बेनी अस्पतालमा उपचार भइरहेकोमा अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी भइहरेको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।
घटनामा संलग्न विएस धौलागिरी कम्पनीको जीप चालक, जैमिनी नगरपालिका–बागलुङका सागर श्रीषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )