म्याग्दी, साउन-७, रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । भूमे गाउँपालिका वडा नम्बर ५ सेराबाङका ३ वर्षका योजन विक र ६ वर्षकी भाग्यरेखा विकको ज्यान गएको हो ।
योजनको हिजो दिउँसो र भाग्यरेखाको गएराति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । मृतकका आमा ३५ वर्षकी रामकुमारी सुनार र उहाँकी छोरी ९ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
साउन २ गते जङ्गलबाट ल्याएर च्याउ खाएपछि बिरामी भएकामा उनीहरू साउन ५ गते मात्र उपचारका लागि रुकुम पूर्व अस्पतालमा पुगेका थिए ।
अस्पतालमा उपचार हुन नसकेपछि सबैलाई जिल्ला अस्पतालले ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाएको थियो । दुई जनाको उपचारका क्रममा ज्यान गएको र बाँकी दुई जनालाई नेपालगञ्जमा रहेको भेरी अस्पताल पठाएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )