देवी जिसी /बेनी, साउन -२,
बेनी नगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका लागि नयाँ भाडादर लागू गरिएको छ। यात्रुहरूबाट तोकिएको भन्दा दोब्बर भाडा असुलिएको गुनासो बढेसँगै शुक्रबार प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले नयाँ दररेट पारित गरेको हो।
नगर प्रमुख सुरत केसीका अनुसार नगरपालिका भित्र चल्ने बस, जीप र टम्पुका लागि चरणबद्ध छलफलपछि नयाँ भाडादर तय गरिएको हो। कालोपत्रे र ढलान सडकमा कच्ची सडकभन्दा बढी भाडा असुल्ने व्यवसायीलाई कारबाहीका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको समेत उनले जानकारी दिनुभयो।
समितिले पारित गरेको नयाँ भाडादर लागू भएसँगै कालोपत्रे सडकमा यात्रा गर्ने सर्वसाधारणलाई राहत मिल्ने अपेक्षा गरिएको छ। नगरपालिकाले तोकिएको भाडादर सार्वजनिक रूपमा सवारीसाधनभित्र टाँस गर्नुपर्ने र पालना नगर्नेहरूलाई कारबाहीमा लैजाने जनाएको छ।
त्यसैगरी, क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, यात्रुलाई भाडाबारे जानकारी दिनुपर्ने, र तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा सवारी साधनको नम्बरसहित तस्वीर खिचेर जानकारी दिनसमेत आग्रह गरिएको छ।
नगरपालिका भित्रको कालोपत्रे सडकमा समेत चर्को भाडा लिइएको भन्दै यात्रुहरूबाट व्यापक असन्तुष्टि जनाइँदै आएको थियो।
कायम गरिएको भाडा दर
फिचर न्युज – 3
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )