• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

८ घण्टा अघि
२

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

१ दिन अघि
३

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

१ दिन अघि
४

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

३ दिन अघि
५

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

४ दिन अघि
६

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

५ दिन अघि
७

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

६ दिन अघि
८

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
९

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
१०

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
११

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि
१२

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण १, बिहिबार (३ महिना अघि)

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाइ : पूँजीगत खर्च ८३.९९ प्रतिशत

तस्विर: कृष्ण जिसी

  • १४५ पटक पढिएको
  • देवी जिसी/बेनी, साउन-१,  बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सेवा र विकास निर्माणको प्रगति विवरण सार्वजनिक गरेको छ। नगरपालिकाको आयोजनामा बुधबार सदरमुकाम बेनीमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पूँजीगत बजेटतर्फ ८३ दशमलव ९९ प्रतिशत बजेट खर्च भएको जानकारी गराइएको हो।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले आर्थिक, सामाजिक, पूर्वाधार विकास लगायतका क्षेत्रमा खर्च विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार आर्थिक विकास क्षेत्रमा ७९.५२, सामाजिक विकासमा ९२.२, पूर्वाधार विकासमा ८६.२३, सुशासनमा ८२.६९ र कार्यालय सञ्चालनमा ८६.७५ प्रतिशत बजेट खर्च गरिएको छ। चालुतर्फ ८७.८२ प्रतिशत बजेट खर्च भएको छ भने ८१.५५ प्रतिशत राजस्व संकलन गरिएको उल्लेख गरिएको छ। नगरपालिकाले चारवटा नदीवाट बालुवा, गिट्टी लगायतका पदार्थ उत्खनन् गरी ठेक्काबाट राजस्व संकलन गरेको भए पनि पाँच वटा बगरको ठेक्का नपरेको जानकारी गराइएको छ।

    कार्यक्रममा सहभागी स्थानीयवासीले कृषि तथा पशुपालनमा बजेट कम भएको, सिङ्गाको कोल्ड स्टोर प्रयोगमा नआएको, हस्पिटलचोक–माथिल्लो क्षेत्रको सडक स्तरोन्नति, मङ्गलाघाट क्षेत्रको फोहोरमैला व्यवस्थापन, सामुदायिक कुकुरको नियन्त्रण, टोल विकास संस्थालाई आर्थिक सहयोग, बाबुआमाको ठेगान नभएका बालबालिकालाई नागरिकता दिने व्यवस्था, विपन्न परिवारलाई परिचयपत्र वितरण, टेम्पोको भाडादर समायोजन, राष्ट्रिय परिचयपत्र वितरणमा ढिलाइ, तातोपानी क्षेत्रमा सिसीटिभी जडान, बाँदर आतङ्क नियन्त्रण र रावणपार्कलाई आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने लगायतका सरोकार राखेका थिए।

    सवाल–जवाफ तथा सुझाव कार्यक्रममा तिलक गुरुङ, लक्ष्मीकुमारी जोशी, तेजेन्द्रबहादुर जिसी, रसिला परियार, विनोदकुमार श्रेष्ठ, तप्तबहादुर विश्वकर्मा, प्रकाश रेग्मी, देवी जिसी, धनकुमारी किसानलगायतले आ–आफ्ना जिज्ञासा राख्नुभएको थियो।

    सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्न र सुझावको जवाफ नगर प्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठ, नापी कार्यालय प्रमुख तुलसीप्रसाद सुवेदी, डिभिजन वन कार्यालयका प्रतिनिधि शान्ति शाही लगायत सम्बन्धित निकायका अधिकारीहरूले दिनुभएको थियो।

    कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका नगर तहका नेताहरु तथा म्याग्दी उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले दीगो, रणनीतिक र गौरवका योजनाहरु कार्यान्वयन गर्न सुझाव दिएका थिए।

    सार्वजनिक सुनुवाइ कार्यक्रम बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेको स्वागत मन्तव्य र वरिष्ठ प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र सहसचिव प्रताप बानियाँले गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    १ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ३ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • ४ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ५ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • ६ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • १ हफ्ता अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ८ घण्टा अघि

  • २

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    १ दिन अघि

  • ३

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    १ दिन अघि

  • ४

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ३ दिन अघि

  • ५

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ४ दिन अघि

  • ६

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ५ दिन अघि

  • ७

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    ६ दिन अघि

  • ८

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • ९

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • १०

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution