• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

४ दिन अघि
२

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

६ दिन अघि
३

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
४

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
५

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

२ हफ्ता अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

२ हफ्ता अघि
७

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
८

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

१ महिना अघि
९

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

१ महिना अघि
१०

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

१ महिना अघि
११

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण १, बिहिबार (११ महिना अघि)

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाइ : पूँजीगत खर्च ८३.९९ प्रतिशत

तस्विर: कृष्ण जिसी

  • २१५ पटक पढिएको
  • देवी जिसी/बेनी, साउन-१,  बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सेवा र विकास निर्माणको प्रगति विवरण सार्वजनिक गरेको छ। नगरपालिकाको आयोजनामा बुधबार सदरमुकाम बेनीमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पूँजीगत बजेटतर्फ ८३ दशमलव ९९ प्रतिशत बजेट खर्च भएको जानकारी गराइएको हो।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले आर्थिक, सामाजिक, पूर्वाधार विकास लगायतका क्षेत्रमा खर्च विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार आर्थिक विकास क्षेत्रमा ७९.५२, सामाजिक विकासमा ९२.२, पूर्वाधार विकासमा ८६.२३, सुशासनमा ८२.६९ र कार्यालय सञ्चालनमा ८६.७५ प्रतिशत बजेट खर्च गरिएको छ। चालुतर्फ ८७.८२ प्रतिशत बजेट खर्च भएको छ भने ८१.५५ प्रतिशत राजस्व संकलन गरिएको उल्लेख गरिएको छ। नगरपालिकाले चारवटा नदीवाट बालुवा, गिट्टी लगायतका पदार्थ उत्खनन् गरी ठेक्काबाट राजस्व संकलन गरेको भए पनि पाँच वटा बगरको ठेक्का नपरेको जानकारी गराइएको छ।

    कार्यक्रममा सहभागी स्थानीयवासीले कृषि तथा पशुपालनमा बजेट कम भएको, सिङ्गाको कोल्ड स्टोर प्रयोगमा नआएको, हस्पिटलचोक–माथिल्लो क्षेत्रको सडक स्तरोन्नति, मङ्गलाघाट क्षेत्रको फोहोरमैला व्यवस्थापन, सामुदायिक कुकुरको नियन्त्रण, टोल विकास संस्थालाई आर्थिक सहयोग, बाबुआमाको ठेगान नभएका बालबालिकालाई नागरिकता दिने व्यवस्था, विपन्न परिवारलाई परिचयपत्र वितरण, टेम्पोको भाडादर समायोजन, राष्ट्रिय परिचयपत्र वितरणमा ढिलाइ, तातोपानी क्षेत्रमा सिसीटिभी जडान, बाँदर आतङ्क नियन्त्रण र रावणपार्कलाई आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने लगायतका सरोकार राखेका थिए।

    सवाल–जवाफ तथा सुझाव कार्यक्रममा तिलक गुरुङ, लक्ष्मीकुमारी जोशी, तेजेन्द्रबहादुर जिसी, रसिला परियार, विनोदकुमार श्रेष्ठ, तप्तबहादुर विश्वकर्मा, प्रकाश रेग्मी, देवी जिसी, धनकुमारी किसानलगायतले आ–आफ्ना जिज्ञासा राख्नुभएको थियो।

    सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्न र सुझावको जवाफ नगर प्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठ, नापी कार्यालय प्रमुख तुलसीप्रसाद सुवेदी, डिभिजन वन कार्यालयका प्रतिनिधि शान्ति शाही लगायत सम्बन्धित निकायका अधिकारीहरूले दिनुभएको थियो।

    कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका नगर तहका नेताहरु तथा म्याग्दी उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले दीगो, रणनीतिक र गौरवका योजनाहरु कार्यान्वयन गर्न सुझाव दिएका थिए।

    सार्वजनिक सुनुवाइ कार्यक्रम बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेको स्वागत मन्तव्य र वरिष्ठ प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र सहसचिव प्रताप बानियाँले गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    २ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण


  • २ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • समाचार
  • १

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद
    ४ दिन अघि

  • २

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    ६ दिन अघि

  • ३

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ४

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ५

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    २ हफ्ता अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    २ हफ्ता अघि

  • ७

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ८

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    १ महिना अघि

  • ९

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    १ महिना अघि

  • १०

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution