• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सीमाना, संवेदना र जिम्मेवारी

५ दिन अघि
२

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

६ दिन अघि
३

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
४

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
५

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

१ हफ्ता अघि
६

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ हफ्ता अघि
७

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ हफ्ता अघि
८

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ हफ्ता अघि
९

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१०

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
११

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि
१२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ बैशाख २१, आईतबार (१ साल अघि)

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

तस्विर: सन्तोष गौतम

  • ४२१ पटक पढिएको
  • बेनी, बैशाख-२१,  म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको रु. ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार निर्माण भएको छ ।

    उक्त पूर्वाधारहरुको गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रि एबम् प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । यसैगरी बिमबासीहरुले स्वदेश तथा विदेशमा चन्दा संकलन गरेर रु. २८ लाख लगानीमा निर्माण भएको गोलघरको बिम–काठमाडौ सम्पर्क समाजका विदेश विभाग प्रमुख कृष्णप्रसाद जुग्जालीले उद्घाटन गर्नुभयो ।

    स्थानीय काठ, ढुंगा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर बनाउन प्रवासमा रहेका बिमबासीहरुले सहयोग गरेका जुग्जालीले बताउनुभयो । उद्घाटनका अवसरमा ध्यान केन्द्र सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न उहाँले रु. २५ हजार सहयोग गर्नुभयो ।


    परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारिरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको प्रभुचेला धुरी प्रर्वद्धन समाजका अध्यक्ष टिकाबहादुर जुग्जाली (नविन)ले बताउनुभयो ।

    परापुर्वकालमा ऋषीमुनीहरुले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ । विभिन्न दाताहरुले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाउनु भएको छ ।

    पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुननिर्माण गर्नुभएको छ । छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाउनु भएको छ । रुपलाल पुनको संयोजकत्वमा स्व. मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र टंकी निर्माण भएको छ ।

    गोलघर र आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राती, हिउँ, पानी परेको र घाम चर्किदाँ आश्रय लिन सहज भएको छ । परापुुर्व कालमा ऋषिमुुनीहरुले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरु पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण गरिएको हो ।
    वस्तीदेखि टाढा र जंगलको बिचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि प्रभुुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्न पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट बजेट बिनियोजन गराएको उहाँले बताउनुभयो । रु. २० करोड बजेट बिनियोजन गरेर खारादेखि बिम जोड्ने सडक स्तरोन्नति थालिएको जानकारी दिदै उहाँले प्रभुचेला र मालिका धुरी जोड्ने सडकलाई पनि स्तरोन्नतिका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकहरुलाई सहज भएको प्रभुुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सदस्य समेत रहेका वडा अध्यक्ष टकलाल पुनले बताउनुभयो । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङ देखि प्रभुचेला धुरीलाई सडकले जोडिएको वडा अध्यक्ष पुनले बताउनुभयो ।

    बिम गाविसका पूर्व अध्यक्ष रुपप्रसाद पुनका अनुसार प्रभुुचेलाको धार्मिक महत्व नभुुझेर यहाँ केही वर्षअघिसम्म स्थानीयबासीले गाईभैसी र भेडाबाख्राको गोठ राख्ने खर्क बनाएका थिए ।

    प्रभुचेला धुरीमा एक सय वर्षअघि सम्म ऋषिमुनीहरुका लागि तपस्या स्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरु आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि.स. १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गर्नुभएको थियो ।

    कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङखला अवलोकन गर्न पाउनु अर्को विशेषता भएको प्रभुचेला धुरी प्रर्वद्धन समाजका सचिव सुरमान गर्बुजाले बताउनुभयो ।

    समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाईमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ । मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना रहेको प्रभुचेलाको व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो ।

    उद्घाटन कार्यक्रममा बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, बिम मालिका संघ काठमाडौका रामबहादुर जुग्जाली, नविन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेल, ओमकुमारी थापा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कलाकार दिलु पुनले गित, नौमती बाजा समूहले बाजा, स्थानीय आमा समूह र योग समूहहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    सीमाना, संवेदना र जिम्मेवारी
    ५ दिन अघि

  • २

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    ६ दिन अघि

  • ३

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ४

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    १ हफ्ता अघि

  • ६

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ हफ्ता अघि

  • ७

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ हफ्ता अघि

  • ८

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ हफ्ता अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • १०

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution