• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

४ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

५ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ चैत्र ३०, शनिबार (१ साल अघि)

गैह्रसरकारी संस्था महासंघ नेपालद्वारा बेनीमा परामर्श कार्यक्रम सम्पन्न

तस्विर : देवी जिसी

  • ६०१ पटक पढिएको
  • बेनी, म्याग्दी चैत-३०,  गैह्रसरकारी संस्था महासंघ नेपालले आफ्नो नितिमार्गनिर्देशन तथा रणनीति निर्माणका लागि शुक्रबार बेनीमा एक परामर्श कार्यक्रम सम्पन्न गरेको छ। म्याग्दीमा संचालित विभिन्न गैह्रसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा लोकतन्त्रको सबलीकरण, मानव अधिकार, क्षमता विकास र सुशासन लगायतका विषयमा विस्तृत छलफल भएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि गैह्रसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले स्थानीय तहहरूले आफ्ना नीति तथा कार्यक्रम बनाउँदा र कार्यान्वयन गर्दा गैह्रसरकारी संस्थाहरूलाई पनि साथसाथै लैजानुपर्नेमा जोड दिनुभयो। सामाजिक रूपान्तरणमा सरकारी र गैह्रसरकारी निकायको संयुक्त प्रयास भएमा मात्र सफलता मिल्ने उहाँको भनाई थियो।

    केन्द्रीय अध्यक्ष भट्टराईले हाल गैह्रसरकारी संस्थाको कार्यक्रम सञ्चालनका लागि छुट्टै ऐन नभएको कारणले काम गर्न कठिनाई भइरहेको बताउनुभयो। उहाँले गैह्रसरकारी संस्थाका कार्यक्रमलाई प्रभावकारी बनाउन छिटो ऐन निर्माण गरी सहज वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो।

    परामर्श कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो राय व्यक्त गरेका थिए। गैह्रसरकारी संस्था महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष हरि पौडेलले जिल्लामा सञ्चालन हुने हरेक कार्यक्रममा गैह्रसरकारी संस्थाहरूले सहयोग, सहकार्य र परामर्श प्रदान गर्दै आएको जानकारी दिनुभयो।

    गैह्रसरकारी संस्थाले सञ्चालन गर्ने सम्पूर्ण कार्यक्रम कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सहभागीहरूबीच महत्त्वपूर्ण छलफल भएको थियो। गैह्रसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दीपक पौडेलले अहिले अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालित केही परियोजनाहरू अन्योलमा परेको अवस्थामा राज्यले उक्त कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरी अपनत्व लिनुपर्ने र सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    नेपाल रेडक्रस सोसाइटीका उपसभापति विष्णु रोकाले अहिलेको परिस्थितिमा मनोसामाजिक समस्या समाधान गर्न विशेष कार्यक्रम ल्याउन पहल गर्नुपर्ने बताउनुभयो। त्यसैगरी, सञ्चारिका समूह नेपाल म्याग्दी शाखाका अध्यक्ष देवी जिसीले पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो।

    महिला अधिकार रक्षक सञ्जालका अध्यक्ष विष्णु गौतम र मिलन म्याग्दीका सचिव ज्ञानु बानियाँ लगायतले पनि छलफलमा आफ्नो राय व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा गैह्रसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव राजेन्द्र पौडेल, गण्डकी इन्चार्ज गोपाल खड्का र केन्द्रीय सदस्य शिव प्रसाद शर्मा, म्याग्दी स्थित संगम म्याग्दी, मिलन म्याग्दी, कालिपुल आमासमूह, नेपाल रेडक्रस सोसाइटी, सञ्चारिका समूहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    परामर्श कार्यक्रम गैह्रसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दीपक पौडेलको अध्यक्षता, गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईको प्रमुख आतिथ्यता र गैह्रसरकारी संस्था महासंघ म्याग्दीका सचिव खुम बहादुर किसानको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव कमला बानियाँले गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ४ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ५ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ४ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ५ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution