• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

४ दिन अघि
२

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

६ दिन अघि
३

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
४

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
५

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

२ हफ्ता अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

२ हफ्ता अघि
७

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
८

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

१ महिना अघि
९

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

१ महिना अघि
१०

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

१ महिना अघि
११

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ चैत्र ११, सोमबार (१ साल अघि)

म्याग्दीमा ८ महिनामा ३१ नयाँ क्षयरोगी फेला

फाईल तस्विर

  • ३७० पटक पढिएको
  • बेनी, चैत-११, म्याग्दीमा चालु आर्थिक वर्षको ८ महिनामा ३१ नयाँ क्षयरोगी फेला परेका छन्। जिल्लाका स्वास्थ्य चौकी, शिविर र बेनी अस्पतालमा खकार जाँच गराउनेमध्ये तीन बालकसहित ३१ जनामा क्षयरोग पुष्टि भएको हो। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार आयोजना गरेको कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

    प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका अनुसार सङ्क्रमितको सम्पर्कमा रहेका र लक्षण देखिएर स्वास्थ्य संस्थामा आएकाहरूको जाँचबाट नयाँ क्षयरोगी पहिचान भएका हुन्। फोकल पर्सन गणेश सुवेदीले बेनी नगरपालिकामा १७, अन्नपूर्णमा ६, रघुगंगामा ३, मालिकामा २, धवलागिरिमा २ र मंगलामा १ जना क्षयरोगी भेटिएको बताए। गत आव २०८०/८१ मा ४७, आव २०७९/८० मा ६३ र आव २०७७/७८ मा ४८ क्षयरोगी फेला परेका थिए।

    जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले एकजना क्षयरोगीबाट वर्षमा १० जनासम्म सङ्क्रमित हुन सक्ने जोखिम रहेको बताए। ‘हल्का ज्वरो, पसिना, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, दुई हप्ताभन्दा बढी खोकी लाग्ने, तौल घट्ने, भोक नलाग्ने र खकारमा रगत देखिए खकार जाँच गर्नुपर्छ,’ उनले भने। ‘बीचमा औषधि छोड्दा रोग पुनः बल्झिएर बिरामी उपचारमा फर्किन्छन्। धेरैजसो फोक्सो र घाँटीका रोगी छन्, नयाँ क्षयरोगी थपिने सम्भावना धेरै छ।’

    म्याग्दीमा बेनी अस्पताल, दरबाङ, ताकम, भुरुङ तातोपानी र शिख स्वास्थ्य चौकीमा खकार जाँचको ल्याब छ। क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस किटाणुबाट हावामार्फत सर्छ र फोक्सोमा असर गर्छ। जिल्लाका सबै स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क उपलब्ध छ। तर, परीक्षणको दायरा बढाउन नसक्दा सङ्क्रमितको वास्तविक सङ्ख्या पहिचानमा समस्या छ। सङ्क्रमितको परिवारको खकार जाँच र प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्य कमजोर छ। अनुमानित २३३ क्षयरोगीमध्ये ४७ मात्र परीक्षणको दायरामा छन्।

    बालबालिका र महिलामा सङ्क्रमणको जोखिम बढी छ। नियमित औषधि खानेको निको हुने दर ९३.२ प्रतिशत छ। वडास्तरमा प्रयोगशाला र जनशक्ति व्यवस्थापन गरेर खकार जाँच शिविर सञ्चालन गर्न सके सङ्क्रमित पहिचान सजिलो हुने जनस्वास्थ्यकर्मीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    २ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण


  • २ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • समाचार
  • १

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद
    ४ दिन अघि

  • २

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    ६ दिन अघि

  • ३

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ४

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ५

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    २ हफ्ता अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    २ हफ्ता अघि

  • ७

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ८

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    १ महिना अघि

  • ९

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    १ महिना अघि

  • १०

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution