• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

१0 घण्टा अघि
२

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

२३ घण्टा अघि
३

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

१ दिन अघि
४

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

१ दिन अघि
५

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

३ दिन अघि
६

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

३ दिन अघि
७

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

४ दिन अघि
८

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

५ दिन अघि
९

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

५ दिन अघि
१०

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
११

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
१२

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ माघ १०, बिहिबार (१२ महिना अघि)

सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

तस्विर :प्रताप बानिया

  • ३४२ पटक पढिएको
  • म्याग्दी, १० माघ,  सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको भिरमुनिस्थित सेताढुङ्गामा हालै नयाँ बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन बुधवार एक समारोहबीच उद्घाटन गरी हस्तान्तरण गरिएको हो । यसअघि सहरी स्वास्थ्य केन्द्रको भवन सानो र साँघुरो तथा बाढीपहिरो एवं भूकम्पको जोखिममा परेपछि नयाँ भवन बनाइएको हो ।

    ग्लोबल केयर जर्मनबाट भवन तथा गेट निर्माण, शौचालय र सहरी स्वास्थ्य केन्द्रलाई आवश्यक औषधी तथा उपकरण सहयोग गरी असल छिमेकी नेपालमार्फत झण्डै २७ लाख रुपैयाँ लगानी भएको छ । स्थानीयको आवश्यकता, चाहना, वडा र बेनी नगरपालिकाको पहलमा भवन
    निर्माण गरी हस्तान्तरण गरिएको छ । नवनिर्मित भवनको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले
    उद्घाटन गर्नुभयो । यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख केसीले सेतोढङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको स्थानीयवासी स्वयंले अपनत्व लिएर संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले बेनी नगरपालिकाले आम नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनमा जोड दिएको बताउँदै नवनिर्मित भवनलाई आवश्यक संरक्षण गरी स्वास्थ्य सेवा लिन समुदायलाई सुझाव दिनुभयो । नगर प्रमुख केसीले विगतमा असल छिमेकी नेपालले बेनी नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई चाहिने
    स्वास्थ्य सामग्री उपलब्ध गराएको तथा विपन्न नागरिकहरुको उत्थानका लागि आयआर्जनको क्षेत्रमा बिऊबिजनलगायत सहयोग गरेको बताउनुभयो । उहाँले असल छिमेकी नेपालसँग बेनी नगरपालिका जोडिएको र आउँदो दिनमा पनि स्वास्थ्य क्षेत्रका लागि चरणबद्ध रुपमा सहयोगको आग्रह गरिएको बताउनुभयो ।

    बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले असल छिमेकी नेपालले सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको भवन बनाइदिएर नगरपालिकाको बोझ घटाइदिएको बताउनुभयो । उहाँले नवनिर्मित भवनमा सकभर बिरामी भएर कोही नागरिक पनि आउन नपरोस् र भवनको दिर्घकालीन रुपमा सदुपयोग गर्नुपनेर् बताउँदै यसबाट निरोगिता बाँड्न र स्वस्थ नागरिक बनाउन जोड दिनुपर्ने बताउनुभयो । नेपाल सरकारले ९८ प्रकारका औषधीहरुको निःशुल्क व्यवस्था गरेपनि सहरी स्वास्थ्य केन्द्रसम्म ४० प्रकारका औषधी आएर पनि त्यो पर्याप्त नभएको र स्वास्थ्य संस्थाहरुमा जनशक्तिको समेत अभाव रहेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा बेनी नगरपालिका वडानम्बर ५ का वडाध्यक्ष गोविन्द बानियाँले नयाँ भवनको संरक्षण गर्ने जिम्मेवारी आम समुदायको रहेकाले असल छिमेकी नेपालसँग आगामी दिनमा पनि सहकार्य गरिने बताउनुभयो । असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र अधिकारीले भवन निर्माण, आर्थिक विवरण र औषधीलगायत विषयमा स्पष्ट पार्नुभएको कार्यक्रममा पोखरा क्रिस्चियन समाजका अध्यक्ष कालु तामांग, भवन निर्माण समितिका अध्यक्ष गिरेन्द्र बानियाँ र स्थानीय मुक्तिबहादुर खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा छोटो समयमा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरिदिने निर्माण व्यवसायी, सहयोग पु¥याउने विभिन्न व्यक्ति र संघसंस्थालाई असल छिमेकी नेपाल तथा बेनी नगरपालिका र वडाबाट प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रम असल छिमेकी नेपालका कार्यकारी अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षता र कार्यक्रम अधिकृत सुरेन्द्र दासको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    ३ दिन अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    ४ दिन अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु


  • ५ दिन अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • ५ दिन अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • १ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • २ हफ्ता अघि

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • समाचार
  • १

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    १0 घण्टा अघि

  • २

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    २३ घण्टा अघि

  • ३

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    १ दिन अघि

  • ४

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    १ दिन अघि

  • ५

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    ३ दिन अघि

  • ६

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    ३ दिन अघि

  • ७

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    ४ दिन अघि

  • ८

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    ५ दिन अघि

  • ९

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    ५ दिन अघि

  • १०

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution