• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ भाद्र २१, शुक्रबार (२ साल अघि)

म्याग्दीमा मानव बेचबिखनविरुद्ध सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया

तस्विर : प्रताप बानिया

  • ४४४ पटक पढिएको
  • म्याग्दी, भदौ-२०,  मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १८औं राष्ट्रिय दिवस–२०८१ बिहीबार म्याग्दीमा पनि मनाइएको छ । ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको एक्यबद्धता’ भन्ने मूल नारासहित मानव बेचबिखन विरुद्धको अभियानमा हामी सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया  गरिएको हो ।
    म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमको जिल्ला प्रशासन कार्यालय म्याग्दी, सामाजिक विकास कार्यालय, म्याग्दी बहुमुखी क्याम्पस, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दी, मिलन म्याग्दी, ईन्सेक म्याग्दी र मानवअधिकार तथा शान्ति समाज म्याग्दीले संयुक्त रुपमा आयोजना गरेका थिए । तर कार्यक्रममा जिल्ला प्रशासन, गैरसरकारी संस्था महासंघ र मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधि भने उपस्थित थिएनन् ।
    नेपालमा मानव बेचबिखनको वर्तमान अवस्था र म्याग्दी जिल्लाको अवस्थाबारे सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले सहजीकरण गर्दै काभ्रेलगायत देशका केही जिल्लाबाट मानव बेचबिखन धेरै हुने गरेको बताउनुभयो । उहाँले मानव बेचबिखन धेरै हुने जिल्लाहरुमा मानव अधिकारको प्रत्याभूति दिलाउन तथा मानव बेचबिखन जस्तो जघन्य अपराध गर्नेहरुलाई कानुनी कारवाही गर्ने सवालमा पनि धेरै समस्याहरु झेल्नुपर्ने अवस्था रहेको अनुभव सुनाउनुभयो ।
    ईजरायललगायत केही विदेशी मुलुकहरुमा घरेलु कामदारको रुपमा जाने महिला श्रमिकहरुले त्यहाँ विदेशीहरुको बच्चा जन्माइदिने र सेरोगेसी मोदर बनेर फर्किंदा धेरै पैसा लिएर आउने गरेको जिल्ला न्यायाधिवक्ता उपाध्यायको भनाइ छ । सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले अपराध, मानव बेचबिखनको प्रवृत्ति, समस्या र चुनौती, लागूऔषध, ईमेल तथा इन्टरनेटको प्रयोगमा सामाजिक सञ्जालबाट भैरहेको आर्थिकलगायत विभिन्न प्रकृतिका हिंसा र घटनाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक रायमाझीले सहजीकरण गर्दै पछिल्लो समय किशोर तथा किशोरीहरुमा लागूपदार्थ दुव्र्यसनीको प्रयोग बढ्दै गएको बताउनुभयो । उहाँले लागूऔषध लगायतका कुलतको प्रयोगले समाजमा विभिन्न किसिमका अपराधका घटनाहरु बढ्ने उच्च सम्भावना रहेको बताउँदै इमेल इन्टरनेटको गलत प्रयोगबाट म्याग्दीमा पछिल्लो समय ठगी गर्ने क्रम बढ्दै जान थालेको जानकारी दिनुभयो । यस्ता घटनाहरुलाई न्यूनीकरण गर्न प्रहरी एक्लैको प्रयास असम्भव रहेकाले सरोकारवाला निकाय सबैले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा प्रहरी निरीक्षक रायमाझीले जोड दिनुभयो ।
    कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मानव बेचबिखनलाई निरुत्साहित गर्न शैक्षिक संस्थामार्फत समुदायस्तरमा सचेतना फैलाउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले मानव अधिकारको सन्दर्भमा आफ्नो अधिकार खोजी गर्दैगर्दा अर्काको अधिकारको बारेमा पनि ध्यान पु¥याउन आवश्यक रहेको बताउँदै म्याग्दीमा पनि विभिन्न माध्यमको प्रयोगबाट मानव बेचबिखन तथा तस्करीको कार्य हुन सक्ने भएकाले सबै चनाखो बन्नुपर्नेमा जोड दिनुभयो ।
    विदेश जानेहरुलाई नेपाल सरकारले सजिलै श्रम स्वीकृत नदिने भएकाले ईन्डिया गएर उतैबाट विभिन्न मुलुकमा पुग्ने र पछि समस्या परेपछि हारगुहार गर्ने गरेको बताउँदै नगर प्रमुख केसीले म्याग्दीमा सामी परियोजनामार्फत वैदेशिक रोजगारीलाई सुरक्षित एवं भरपर्दो बनाउने प्रयास भैरहेको बताउनुभयो । कार्यक्रमको समापन गर्दै म्याग्दी बहमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले क्याम्पसमा जिल्लास्थित विभिन्न संघसंस्थासँग समन्वय गरी आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।
    सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटा, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठ, क्याम्पसका प्राध्यापकहरु, विद्यार्थी, आयोजक संघसंस्थाका प्रतिनिधि लगायतले सहभागिता जनाएको कार्यक्रम मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution