• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २६, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

३ दिन अघि
२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

३ दिन अघि
३

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

५ दिन अघि
४

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

६ दिन अघि
५

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

१ हफ्ता अघि
६

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
७

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
८

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि
९

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

२ हफ्ता अघि
१०

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि
११

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

२ हफ्ता अघि
१२

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ अषाढ २१, शुक्रबार (१ साल अघि)

जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्तालाइ सम्मान गर्यो

तस्विर: जलजला अनलाइन

  • ३६६ पटक पढिएको
  • जलजला, असार-२१,  पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा सम्मका एकसय ३९ वटा टोलविकास संस्थाहरु मध्य उत्कृष्ट कामगर्ने प्रत्येक वडाबाट एकवटा छनौंट गरी ९ वटा टोलविकास संस्था र दश जना वडा विकास सहजकर्ताहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

    कार्यक्रममा  वडा नम्बर ३ को आदर्श नगर टोल विकास संस्थालाई उत्कृष्ट कार्यक्षमताका आधारमा सर्वोत्कृष्ट संस्था छनौंट गरी संस्थाका अध्यक्ष सरिता उपाध्यायलाई नगद दश हजार रुपियाँ र सम्मानपत्र प्रदान गरिएको छ । साथै वडा नम्बर ४ का वडा विकास सहजकर्ता भगवती शर्मा पनि सर्वोत्कृष्ट वडा विकास सहजकर्ताका रुपमा सम्मानित हुनुभएको छ । गाउँपालिका भित्र गठन भएका टोल विकास संस्थाहरुले वडाको विकासका लागि पु¥याएको योगदान,क्रियाशिलता,सामाजिक एवम् मानविय विकासमा खेलेको भूमिका लगायतका २७ वटा सुचकहरुका आधारमा मुल्याङ्कन गरी उत्कृष्ट छनौंट गरी सम्मान गरिएको सामाजिक विकास अधिकृत भेषनाथ आचार्यले बताउनुभयो ।
    त्यसैगरी  वडा नम्बर १ को प्रगतिशिल टोलविकास संस्था, वडा नं २ को विमिराबोट टोलविकास संस्था, वडा नं ३ को आदर्श नगर टोल विकास संस्था, वाद्दनम ४ को भुमेथान टोल विकास संस्था, ५ को कुवापानी टोल विकास संस्था, ६ को जलजला तारे टोलविकास संस्था, ७ को बास्कोट देउराली टोलविकास संस्था, ८ को मझुवा शुक्लेश्वर टोल विकास संस्था र ९ को गाम टोल विकास संस्था सम्मानित भएका हुन ।

    सम्मानित हुने  वडा विकास सहजकर्ताहरुसाहमा  वडा नम्बर १ रेनु दर्जी, २ सन्तु पौडेल शर्मा, ३ सरिता खत्री, ४ भगवती शर्मा, ५ पवित्रा खत्री, ६ गिता दर्जी, ७ टिकाबल्लभ आचार्य र योगेन्द्र उपाध्याय पौडेल, ८ सुजता रेग्मी र ९ का मिना फकामी पुन रहेका छन् । सम्मानित हुने टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

    सम्मानले टोल विकास संस्था र वडा विकास सहजकर्ताहरुको कार्यक्षमता वृद्धि,हौसला प्रदान र कामप्रति उत्प्रेरित गर्ने विश्वास गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । टोल विकास संस्थाहरुको क्रियाशिलता र लगनशिलताका कारण वडाको विकासमा टेवा पुगेको अध्यक्ष आचार्यको भनाई थियो ।

    कार्यक्रममा सम्पूर्ण वडाध्यक्षहरुका तर्फबाट मन्तब्य राख्दै वडा नम्बर ४ का वडाध्यक्ष भरत क्षेत्रीले टोल विकास संस्था र वडा विकास सहजकर्ताहरुले वडाका हरेक गतिविधिहरुमा सहयोगी भूमिका खेलेको बताउनुभएको थियो । उहाँले आगामी दिनमा अझै प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सम्मान कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारी,वडा विकास सहजकर्ता, टोल विकास संस्थाका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रम गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षता,  प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यको स्वागत र सामाजिक विकास अधिकृत भेषनाथ आचार्यको संचालनमा  सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

    ३ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

    ५ दिन अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने


  • ६ दिन अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

  • २ हफ्ता अघि

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

  • २ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • समाचार
  • १

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ३ दिन अघि

  • २

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ३ दिन अघि

  • ३

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    ५ दिन अघि

  • ४

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    ६ दिन अघि

  • ५

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    १ हफ्ता अघि

  • ६

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • ७

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • ८

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    २ हफ्ता अघि

  • ९

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित
    २ हफ्ता अघि

  • १०

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution