• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १६, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१३ घण्टा अघि
२

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ दिन अघि
३

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

२ दिन अघि
४

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

३ दिन अघि
५

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

४ दिन अघि
६

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

४ दिन अघि
७

उपल्लो मुस्ताङमा हिमपात

४ दिन अघि
८

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

४ दिन अघि
९

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

५ दिन अघि
१०

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

६ दिन अघि
११

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
१२

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ २५, शुक्रबार (१ साल अघि)

बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण 

तस्विर : प्रताप बानिया

  • ४३८ पटक पढिएको
  • म्याग्दी, जेठ-२५,  बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि विद्यालयका सरोकारवालाहरुलाई आज (बिहीबार) अभिमुखीकरण भएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालयस्तरीय सरोकारवाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर गरिएको हो । अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजनामा बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण गर्नुका साथै प्रतिबद्धता जाहेर गरिएको वडाले जनाएको छ । अन्नपूर्ण–८, राम्चेको देउराली आधारभूत विद्यालयमा आयोजित कार्यक्रमको वडा अध्यक्ष खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो ।
    कार्यक्रमको उद्घाटन तथा प्रतिबद्धता जाहेर गर्दै वडाध्यक्ष गर्बुजाले सबै सरोकारवाला निकायको सहयोगमा वडालाई तोकिएको समय अवधिभित्रै बालमैत्री स्थानीय शासन घोषणा गर्न सकिने बताउनुभयो । उहाँले अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता जनाइसकिएको हुँदा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीय सरोकारवाला सबैले प्रतिबद्धताअनुसार आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
    देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक अबिर गर्बुजाले बालमैत्री स्थानीय शासन घोषणाका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउँदै घोषणाका लागि मात्रै कार्यक्रम गर्न नहुने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गीता पुनको अध्यक्षता र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको कार्यसमिति सदस्य मोहन बानियाँले सञ्चालन गर्नुभएको थियो ।
    कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका सदस्य एवं प्रमुख प्रशिक्षक साहिल अन्सारीले बालअधिकार, बाल अधिकारका सिद्धान्त, संवैधानिक व्यवस्था र बालमैत्री स्थानीय शासनका सूचकहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी सामाजिक विकास कार्यालयका लेखा प्रमुख भविलाल शर्माले बालमैत्री स्थानीय शासन घोषणा गर्दा स्थानीय तह, संघसंस्था, अभिभावक र बालबालिकाले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा सहजीकरण गर्नुभएको थियो । साथै उहाँले सामाजिक विकास कार्यालयबाट प्रवाह हुने नीति, कार्यक्रम र योजनाको बारेमा समेत जानकारी गराउनुभएको थियो ।
    स्थानीय तह तथा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि बाल अधिकारका चार आयामहरुका विभिन्न ५१ वटा सूचकहरुको सर्वेक्षण गरी अन्नपूर्ण गाउँपालिका वडानम्बर ८ राम्चेले बालमैत्री स्थानीय शासन स्थितिपत्र–२०८० प्रकाशन गरेको छ । सो स्थितिपत्रअनुसार अधिकांश सूचकहरु पूरा भएको र पूरा नभएका सूचकहरु पूरा गरी २०८२ सालको चैत मसान्तभित्र वडा र अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने कार्यक्रममा वडाबाट आवश्यक सहयोग गर्ने र गराउने कार्यमा गाउँपालिकाबाट जारी नीति, नियम तथा आचारसंहिताप्रति सामूहिक प्रतिबद्धता जाहेर गरिएको थियो ।
    अन्नपूर्ण गाउँपालिका–२, ७ र ८ नम्बर वडाभित्र सञ्चालित माध्यमिक तथा आधारभूत विद्यालयहरुमा बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालयस्तरीय सरोकारवाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर कार्यक्रम सञ्चालन गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । यस कार्यमा सम्बन्धित वडाका जनप्रतिनिधि, सम्बन्धित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल सञ्जाल, शिक्षकहरु, विद्यार्थीलगायत अन्य सरोकारवालाको सहभागिता रहने व्यवस्था छ ।
    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    १३ घण्टा अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

    १ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

    २ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार


  • ३ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • ४ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

  • ४ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात

  • ४ दिन अघि

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

  • समाचार
  • १

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १३ घण्टा अघि

  • २

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १ दिन अघि

  • ३

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    २ दिन अघि

  • ४

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ३ दिन अघि

  • ५

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ४ दिन अघि

  • ६

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ४ दिन अघि

  • ७

    उपल्लो मुस्ताङमा हिमपात
    ४ दिन अघि

  • ८

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    ४ दिन अघि

  • ९

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ५ दिन अघि

  • १०

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution