• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ३०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
३

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

१ हफ्ता अघि
४

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

१ हफ्ता अघि
५

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

१ हफ्ता अघि
६

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
८

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
९

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि
१०

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ महिना अघि
११

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
१२

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ २४, बिहिबार (२ साल अघि)

सरोकारवालासँग शान्ति वृत्त कार्यक्रम : द्वन्द्वपीडितले सहयोग नपाएको गुनासो

तस्विर : जलजला अनलाइन

  • ५१२ पटक पढिएको
  • बेनी, जेठ-२४, हिमाली जिल्ला म्याग्दीका द्वन्द्वपीडितहरुले राज्य र राज्यका निकायहरुबाट आवश्यक सहयोग तथा राहत नपाएको गुनासो गरेका छन् । नेपालमा २०५२ सालदेखि ०६२ सालसम्म १० वर्ष चलेको द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट विस्थापित द्वन्द्वपीडितहरुले राहत र सहयोग नपाएको तथा पुनसर््थापना नभएको बताएका हुन् ।

    द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीको आयोजना र नागरिक आवाज काठमाडौंको सहकार्यमा हिजो (मङ्गलवार) सदरमुकाम बेनीमा सम्पन्न द्वन्द्वपीडित महिलाहरुको सवालमा स्थानीय सरोकारवालाहरुको शान्ति वृत्त कार्यक्रममा द्वन्द्वपीडितहरुले यस्तो गुनासो गरेका थिए । उनीहरुले देशमा तीन तहका सरकार भएर पनि द्वन्द्वबाट पीडित बनेको लामो समयसम्म आफूहरुले उचित राहत र क्षतिपूर्ति नपाएको बताए ।

    कार्यक्रममा द्वन्द्वपीडित अधिकार समाज म्याग्दीका अध्यक्ष भीमबहादुर रिजालले स्थानीय सरकारले द्वन्द्वपीडितहरुको पक्षमा काम नगरेको बताउँदै राज्यबाट पाउनुपर्ने शिक्षा, स्वास्थ्य, रोजगारलगायत सेवासुविधाबाट बञ्चित हुनुपरेको गुनासो गर्नुभयो । उहाँले वास्तविक द्वन्द्वपीडितहरुले अहिलेसम्म पनि राहत, क्षतिपूर्ति र आर्थिक सहयोग पाउन नसकेको बताउँदै द्वन्द्वपीडितको नाममा आएको सहयोग तथा राहत टाँठाबाठा र पहुँच हुने तथा हुने खाने वर्गको हातमा पुग्ने गरेको बताउनुभयो ।

    द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीका अध्यक्ष देवीकुमारी केसीले आफ्नो छोरा मलाम आएको बेला तत्कालीन शाही नेपाली सेनाले गोली हानेर हत्या गरेकाले आफूहरु द्वन्द्वपीडित बनेको बताउँदै अहिलेसम्म पनि राज्यबाट क्षतिपूर्ति नपाइएको गुनासो गर्नुभयो । उहाँले सेनाले छोरालाई मारेकै कारणले गर्दा श्रीमानले दैनिक चारसय रुपैयाँको औषधी खानुपरेको भन्दै एकदमै समस्यामा परेका द्वन्द्वपीडितहरुलाई राज्यले हेनुपर्ने बताउनुभयो । ‘अचानोको पिर खुकरीले जान्दैन’ भने जस्तै १० वर्षको समयमा राज्य र विद्रोही पक्षबाट पीडित बनेका द्वन्द्वपीडितहरुलाई मात्रै वास्तविक घटनाको जानकारी भएकाले अरुलाई पीडाको विषयमा त्यति जानकारी नभएको उहाँको भनाइ छ ।

    रिजाल र केसी जस्तै कार्यक्रममा सहभागी अन्य द्वन्द्वपीडितहरुले समाजमा आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्ने, द्वन्द्वपीडितहरुलाई राज्यबाट परिचयपत्रको व्यवस्था हुनुपर्ने, उपचारका लागि स्वास्थ्य बीमाको निःशुल्क व्यवस्था गरिनुपर्ने, तीनै तहका सरकारले पीडितलाई राहत दिनुपर्ने, द्वन्द्वपीडितका छोराछोरीलाई अध्ययन तथा अध्यापनमा सघाउनुपर्ने, आर्थिक सहयोग एवं ऋण नपाएको जस्ता थुप्रै गुनासाहरु सुनाएका थिए । द्वन्द्वपीडितहरुले आफ्नो परिचयसहित आफू र परिवारले भोगेका पीडाको बारेमा रुँदै सुनाउने क्रममा कार्यक्रमका अतिथि तथा सहभागी सबैको आँखा रसाएका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले द्वन्द्वपीडितहरु सबैले कानुनसम्मत आफ्नो हक, अधिकार पाउनुपर्ने हुँदा न्यायका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुन र बेनी नगरपालिका–८, बेनीका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले वडा, गाउँपालिका र नगरपालिकाबाट द्वन्द्वपीडितहरुलाई लक्षित गरेर विभिन्न सहयोग तथा कार्यक्रमहरु सञ्चालन भैरहेको बताउनुभएको थियो ।

    कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसकारी कार्यालय र संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले द्वन्द्वपीडितहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले वडा, पालिका र कार्यालयमा द्वन्द्वपीडितहरुले आवश्यक सहयोग तथा राहतको लागि निवेदनसहित माग गर्नुपर्ने बताएका थिए । द्वन्द्वपीडित भीम रिजालले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रम मनोविमर्शकर्ता लक्ष्मी विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    १ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    १ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा


  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ महिना अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • २

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ३

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    १ हफ्ता अघि

  • ४

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    १ हफ्ता अघि

  • ५

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    १ हफ्ता अघि

  • ६

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • ८

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ महिना अघि

  • ९

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    १ महिना अघि

  • १०

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution