जलजला, चैत-२०, पर्वतको जलजला गाउँपालिका २ मल्लाजमा दुइ जनाको हत्या भएको छ । गाउँपालिकाको वडा नं २ दह (मजुवा भन्दा माथि) गयराती श्रीमान् श्रीमतीको हत्या भएको हो । सोमबार राति ९ बजे देखि बिहानको समयमा हत्या भएको हुन सक्ने बताइएको छ ।
जलजला गाउँपालिका वडा नं २ का अध्यक्ष प्रकाश जिसीले ६८ का सूर्यबहादुर जिसी र उहाँको श्रीमती वर्ष अन्दाजी ६५ कि गमला जिसी घरमा मात्रै घरमा बस्तै आउनुभएको र आज बिहान उहाँहरुको घर भित्रै हत्या भएको अवस्थामा भेटिएको जानकारी दिनुभयो ।
घटनाको वारेमा जानकारी पाए लगत्तै पर्बत बेनी प्रहरी चौकीबाट प्रहरीको टोलि र स्थानीय जनप्रतिनिधि घटनास्थल पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र थप विवरणा आउन बाँकी छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )