• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन ३, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
२

स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

५ दिन अघि
३

शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

५ दिन अघि
४

जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम

६ दिन अघि
५

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

१ हफ्ता अघि
६

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ हफ्ता अघि
७

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ हफ्ता अघि
८

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

१ हफ्ता अघि
९

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

१ हफ्ता अघि
१०

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
११

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

२ हफ्ता अघि
१२

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र १२, सोमबार (१ साल अघि)

म्याग्दीको रत्नेचौरमा बेनी नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई

फोटो : अमित विश्वकर्मा

  • ५०८ पटक पढिएको
  • बेनी, चैत-१२, म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन ।

    कार्यक्रममा गणेश महत, टिका बहादुर महत, नर बहादुर थापा, सुरत वोगटी, जुद्धविर किसान, ओम रोका, दिपक पौडेल, रत्न खत्री, मुन्ना रावल लगायतका सहभागीहरुले नगरका १० वटा वडालाई सम्भावनाका आधारमा कृषि पकेटक्षेत्र घोषणा गरेर कृषि उत्पादनलाई वृद्धि गर्न अनुरोध गर्नुभयो । त्यस्तै ऐतिहासिक धार्मिक पर्यटकीय स्थलहरुको प्रवर्धन, रोजगारीको सृजना, सरकारी विद्यालयको शैक्षिक स्तर वृद्धि, मदिराजन्य वस्तु विक्री वितरणमा आवश्यक निगरानी, नगरको फोहोर व्यवस्थापन, उद्यमको विकास, पशुवधशाला व्यवस्थापन, अतिक्रमित सरकारी जग्गा व्यवस्थापन, रत्नेचौरमा खानेपानीको व्यवस्थापन, योजनाको काममा दुरी अनुसारको ढुवानी शुल्क निर्धारण,आवश्यकताको आधारमा सर्वपक्षीय छलफलबाट योजना छनौट गनुपर्ने लगायतका गुनासा तथा सुझावहरु सहभागीताहरुले राखेका थिए ।

    सहभागीहरुले उठाएका जिज्ञासाहरु मेटाउदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अनुगमन, निरीक्षण, तालिम तथा छलफल कार्यक्रमहरुलाई निरन्तरता दिईएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई हामी सक्छौँ, हामी गछौँ कार्यक्रम मार्फत श्रम र सिप सिकाउँदै स्वरोजगार बन्न प्रेरित गर्ने कार्यक्रम संचालनमा ल्याईएको बताउनुभयो । जिल्लामा ठुला लगानीकर्ता र ठुला उद्योगधन्दाहरु संचालन नहुँदा रोजगारी सृजना हुन नसकेको भन्दै यसका लागि लगानी सम्मेलनको आयोजना गर्न उद्योग वाणिज्य संघ तथा लगानीकर्ताहरुसंग छलफल अगाडी बढेको नगर प्रमुख केसीले बताउनुभयो ।

    खानेपानी मुहानको श्रोत अभाव हुँदा एकघर एकधारा योजना पूर्ण रुपमा कार्यान्वयमा आउन नसकेको भन्दै मेयर केसीले धारा बनेका ठाउँहरुका पानीको श्रोत व्यवस्थापनको पहल भैरहेको बताउनुभयो । सहभागीहरुको जवाफमा नगर प्रमुख केसीले नगर क्षेत्रमा दुरी अनुसार ढुवानी शुल्क निर्धारण गरिएको, रत्नेचौरको मुख्य सडकमार्गको मापदण्ड ४.५ मिटर घटाईएको, विपन्न नागरिकका लागि वडातहबाट स्वास्थ्य विमा गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको, बेनीमा पशुवधशालालाई आधुनिक बनाउनका लागि पहल थालिएको, सार्वजनिक जग्गा व्यवस्थापनको काम बेनी बजार क्षेत्रमा भईरहेको र वडास्तरमा पनि विवरण माग गरिएको बताउनुभएको थियो । साथै मेयर केसीले नगरको आन्तरिक आम्दानी राजस्व संकलन भएकाले सवैक्षेत्रबाट तोकिएको कर समयमै तिर्न पनि नगरवासीलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा नगर उपप्रमुख ज्योति लामिछानेले नगरपालिका मातहतका सवै सहकारीको अनुगमन गरेको बताउदै रत्नेचौर कृषि सहकारीलाई थप नयाँ व्यवस्थापनका साथ संचालनका लागि संचालक सदस्यहरु संग छलफल गरि आवश्यक प्रक्रिया अगाडी वढाईएको बताउनुभयो । वडाका सम्भाव्यतालाई अध्ययन गरि विकासका गतिविधि संचालन गर्ने र पर्यटनको विकासलाई जोड दिने उहाँले बताउनुभयो । वस्तीस्तरमा योजनाहरु छनौट हुँदा निष्पक्ष र आवश्यकताको आधारमा छनौट गरिदै आएको पनि उपप्रमुख लामिछानेले बताउनुभयो । उत्पादनसंग जोडिने खालका तालिम तथा सिप सिकाई र क्षमता विकासका कार्यक्रमहरुलाई पनि नगरपालिकाले प्राथमिकताका साथ संचालन गरेको उहाँले बताउनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले चालु आर्थिक वर्षको फागुन मसान्त सम्म विभिन्न विषयगत कार्यालयहरुबाट भएको कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो । उहाँले कुल बजेटको ४२.९ प्रतिशत खर्च भएको र उक्त समयअवधि सम्ममा अनुमानित आन्तरिक आयको ५९.९ प्रतिशत प्रगति हासिल गरिएको बताउनुभयो । यस आवमा नगरको २७८ योजना मध्य २८ वटा योजना सम्झौता हुन वाँकी रहेका र १३९ वटा योजनाहरु सम्पन्न भईसकेका छन । ठुला आयोजना अन्तर्गत सडकतर्फ बेनी अर्थुङे तोरीपानी पात्लेखेत सडकको २५ प्रतिशत, बेनी अर्थुङे पुलाचौर भुतपानी सडकको ४५ प्रतिशत, महारानीथान छाप ठुलोखोला सडकको ५० प्रतिशत भौतिक प्रगति भएको र तातोपानी बजार कालोपत्रे योजना निर्माण कार्य सम्पन्न भईसकेको बताउनुभयो । उहाँले गुणस्तरीय सेवा प्रवाह र सुशासन कायम गर्न नगर प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

    वडा नं १ का अध्यक्ष टेक बहादुर थापाले वडा भित्रका पुराना कुवा मर्मत, वुढि पोखरी संरक्षण, खेलमैदान निर्माण तथा अर्जमका विभिन्न वस्ती संरक्षणका योजनालाई आगामी आर्थिक वर्षमा प्राथमिकतामा राखिने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य नेत्र महत, नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष बेल बहादुर कटुवाल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शेर बहादुर केसी र राप्रपा म्याग्दीका अध्यक्ष विर बहादुर थापाले सुझाव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रशासकीय अधिकृत युवराज थापाले संचालन गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल र संचारकर्मी अमित विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    २ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    २ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी


  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • ३ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ४ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ४ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • २

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र
    ५ दिन अघि

  • ३

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न
    ५ दिन अघि

  • ४

    जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम
    ६ दिन अघि

  • ५

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    १ हफ्ता अघि

  • ६

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ हफ्ता अघि

  • ७

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ हफ्ता अघि

  • ८

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    १ हफ्ता अघि

  • १०

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution