• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २५, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

१२ घण्टा अघि
२

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ दिन अघि
३

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ दिन अघि
४

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

३ दिन अघि
५

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

४ दिन अघि
६

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
७

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

१ हफ्ता अघि
८

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

१ हफ्ता अघि
९

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

१ हफ्ता अघि
१०

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

१ हफ्ता अघि
११

कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै

२ हफ्ता अघि
१२

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ २८, आईतबार (१ साल अघि)

म्याग्दीका दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ : सांसद गर्बुजा

फोटो : जलजला अनलाइन

  • ४४४ पटक पढिएको
  • म्याग्दी, माघ-२८,  बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशन सम्पन्न भएको छ । आज आइतबार बेनीमा सम्पन्न  अधिबेशनको  प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि गर्बुजाले  म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको हो  ।

    म्याग्दीका दुई ठुला खानेपानी आयोजना  चिमखोला–भगवती–पिप्ले खानेपानी र घोप्टेखोला खानेपानी आयोजनाको कामलाई तत्काल अगाडी बढाउनको लागि फाइल खानेपानी मन्त्रालयबाट अर्थमन्त्रलायमा पुर्याइएको र  अर्थमन्त्रीले  पनि आयोजनाको बजेटको श्रोत सिनिश्चता गर्नका लागि प्रतिबद्धता जनाएकोले आयोजनाका काम छिट्टै अघि बढ्ने विश्वास लिएको प्रतिनिधि सभा सदस्य गर्बुजाले बताउनुभयो । साथै बेनी खानेपानीलाई दिगो बनाउन आफुले आवश्यक सहयोग गर्ने बताउँदै सांसद गर्बुजाले बजारलाई सरसफाईयुक्त र व्यवस्थित बनाउनमा ध्यान दिन आग्रह गर्नुभयो ।

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीमार्फत् अघि बढाइने चिमखोला–भगवती–पिप्ले खानेपानी आयोजनाको करिब ४८ करोड र बृहत् घोप्टेखोला खानेपानी आयोजनाको लागि करिब ४७ करोड लागत अनुमान गरिएको छ । बेनी नगरपालिका प्रमुख सुरत केसीले संस्थाले बजारमा खानेपानी आपुर्तिको लागि राम्रो काम गरिरहेको बताउँनुभयो ।

     

    कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका प्रमुख सुनम थापाले निर्माणाधिन बेनी गुणस्तर सुधार खानेपानी आयोजनाको करिब ८५ प्रतिशत सम्पन्न भएको र यो आयोजना सम्पन्न भएपछि नेपाल राष्ट्रिय गुणस्तर मापदण्ड अनुसारको पानी वितरण हुने जानकारी दिनुभयो । भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेल,पुर्व अध्यक्ष करिकृष्ण श्रेष्ठ ,नेपाल मंका खलःका कार्यवाहक अध्यक्ष कुबिरकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो।

    बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले आफ्नो कार्यकालमा संघ,प्रदेश मन्त्रालय र सम्बन्धित कार्यालय सँगको समन्वय र सहकार्यमा विभिन्न पुर्वाधार संरचनाहरु निर्माण भएको बताउनुभयो । उहाँले संस्थाबाट लेखा,विलिङ,मिटर रिडिङ ,स्टोर तथा पानीको गुणस्तर परिक्षणका लागि आधुनिक प्रविधिको प्रयोग गर्नुका साथै अनलाइन भुक्तानी प्रणाली मार्फत आर्थिक प्रादर्शिता कायम गरेको बताउनुभयो ।

    कार्यक्रममा  संस्थाले उत्कृष्ट कर्मचारी, उपभोक्ता र योगदान पु¥याउने कम्पनी, संस्था र कार्यालयहरुलाई सम्मान गरेको छ । संस्थाको कार्यालयमा कार्यरत कर्मचारी भीमबहादुर किसानलाई नगद पाँच हजार रुपैयाँ, उत्कृष्ट उपभोक्तातर्फ शिक्षा विकास तथा समन्वय इकाईृ , संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी, जय धनन्वय मंगलादेबी सुवास जेवी, कालिगण्डकी करिडोर आयोजना र बराहपाखो सामुदायिक वन उपभोक्ता समितिलाई दोसल्ला, प्रमाणपत्रले सम्मान गरेको हो ।

    संस्थाको आर्थिक वर्ष २०७९/८० मा दुई करोड ६१ लाख ९८ तीन सय ७४ रुपैयाँ कुल आम्दानी र संचालन आम्दानी रहेकोमा दुई करोड ४६ लाख ७३ लाख दुई सय ८६ रुपैयाँ संचालन र अन्य खर्च रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा संस्थाले नगर विकास कोषलाई १७ लाख ६० हजार ७७१ रुपैयाँ सावाँ किस्ता र पाँच लाख पचास हजार १२३ रुपैयाँ ब्याज भुक्तानी गरेको कोषाध्यक्ष हमालले जानकारी दिनुभयो । उहाँका अनुसार,८७ लाख ८८ हजार ८९१ रुपैयाँ नगर विकास कोषलाई भुक्तानी गर्न बाँकी रहेको छ । साथै संस्थाको बैंक तथा नगद मौज्दाततर्फ दुई करोड ४९ लाख ८७ हजार १५८ रहेको छ । कार्यक्रममा सचिव राजेन्द्रकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष टंकबहादुर हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सचिव श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रमेश गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको  थियो । 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    १ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    १ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी


  • १ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ३ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    १२ घण्टा अघि

  • २

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ दिन अघि

  • ३

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ दिन अघि

  • ४

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    ३ दिन अघि

  • ५

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    ४ दिन अघि

  • ६

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • ७

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    १ हफ्ता अघि

  • ८

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान
    १ हफ्ता अघि

  • ९

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी
    १ हफ्ता अघि

  • १०

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution