• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

४ घण्टा अघि
२

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

७ घण्टा अघि
३

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

१ दिन अघि
४

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

१ दिन अघि
५

म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

५ दिन अघि
६

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

६ दिन अघि
७

प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

६ दिन अघि
८

राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

६ दिन अघि
९

न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न

१ हफ्ता अघि
१०

बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा

१ हफ्ता अघि
११

महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

१ हफ्ता अघि
१२

मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष १२, बिहिबार (१ साल अघि)

म्याग्दीको मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

फोटो : अमित विश्वकर्मा

  • ४१३ पटक पढिएको
  • म्याग्दी, पुष-१२,  म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक बलमान पुनले उद्घाटन गर्नुभएको हो ।शनिवार सम्म संचालन हुने प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयको सहभागिता रहेको छ ।
    प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा छात्रा १५ र छात्रतर्फ १५ गरि ३० वटा स्वर्णका लागि खेल संचालन गरिने गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले बताउनुभयो । प्रतियोगितामा विजेता विद्यालयले ८० हजार, उपविजेताले ६० हजार र तृतिय हुने विद्यालयले ४० हजार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

    उद्घाटन कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष वेग प्रसाद गर्वुजाले विद्यार्थीहरुलाई अनुशासनपूर्वक खेल कौशल प्रस्तुत गर्न आग्रह गर्नुभयो । खेलाडी उत्पादन गर्ने थलो विद्यालय भएकाले विद्यालय स्तरमा रहेका खेलाडीहरुको खेल क्षमता अभिवृद्धिका लागि राष्ट्रपति रनिङ शिल्डले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष गर्वुजाले बताउनुभयो । खेल क्षेत्रको विकासलाई पालिकाले प्राथमिकतामा राखेको अध्यक्ष गर्वुजाको भनाई थियो ।

    जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले उत्कृष्ट खेलाडीले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा समेत आफ्नो प्रतिभा देखाउन सक्ने भएकाले अनुशासनपूर्वक उत्कृष्ट खेल प्रदर्शन गर्न अनुरोध गर्नुभयो । साथै उहाँले निष्पक्ष र मर्यादित तवरले खेल संचालन गराउनका लागि सम्पूर्ण अफिसियलहरुलाई सपथ समेत गराउनुभएको थियो ।

    उद्घाटन खेल स्वरुप आयोजित १५ सय मिटर दौडमा छात्रतर्फ किसानी मावि विमले स्वर्ण, जनप्रीय मावि दरवाङले कास्य र भिम मावि देविस्थानले रजत पदक जितेको छ । त्यस्तै छात्रातर्फ किसानी मावि विमले स्वर्ण, भिम माविले कास्य र जनप्रीय माविले रजत पदक जितेको छ ।


    विजेता विद्यार्थीहरुलाई पालिका अध्यक्ष गर्वुजा, उपाध्यक्ष लक्ष्मीदेवि घर्ति पुन मगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसी, वडा नम्वर ६ का अध्यक्ष पथ बहादुर रोका लगायतले मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा जनप्रीय माविका शिक्षिकाहरु, केवि एकेडेमी, फ्यचर स्टार मन्टेश्वरी लगायतका विद्यार्थीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए ।
    कार्यक्रम शिक्षा शाखा अधिकृत अशोक रिजालको अध्यक्षता, वडा नम्वर ६ का अध्यक्ष पथ बहादुर रोकाको स्वागत र जनप्रीय माविका प्रधानाध्यापक दिवाकर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    ४ घण्टा अघि

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

    ७ घण्टा अघि

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

    १ दिन अघि

    बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु


  • १ दिन अघि

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

  • ५ दिन अघि

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

  • ६ दिन अघि

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

  • ६ दिन अघि

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

  • समाचार
  • १

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित
    ४ घण्टा अघि

  • २

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम
    ७ घण्टा अघि

  • ३

    बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु
    १ दिन अघि

  • ४

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम
    १ दिन अघि

  • ५

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न
    ५ दिन अघि

  • ६

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ
    ६ दिन अघि

  • ७

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो
    ६ दिन अघि

  • ८

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए
    ६ दिन अघि

  • ९

    न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न
    १ हफ्ता अघि

  • १०

    बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution