• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ३०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
३

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

१ हफ्ता अघि
४

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

१ हफ्ता अघि
५

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

१ हफ्ता अघि
६

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
८

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
९

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि
१०

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ महिना अघि
११

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
१२

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष ११, बुधबार (२ साल अघि)

वेष्ट पोइन्टकी सुष्मिता जि.सी.को ब्यवसायिक योजना

फोटो : कृष्ण जि.सी.

  • ७६१ पटक पढिएको
  • हरेक दिन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा खादा माला लगाएर विदेशिने युवाको हुल देख्दा मन चसक्कै हुन्छ, अनि मनमा कुरा खेल्छ “यस्तै हो हो भने देश रित्तिन्छ।” बिदेशिनु रहर हो कि बाध्यता हो ? मनमा जिज्ञासा पलाउछ तर उत्तर छैन म संग । विदेशिनेको मुखबाट एकै कुरा सुनिन्छ, “यो देशमा भविष्य छैन ।” देशमा भबिष्य नभए कै हो त ? यो देश बस्न लायक नै छैन त ? यी र यस्तै कयौं अनुरत्तित प्रश्नको कुम्लो छ मसंग ।

    मुलुकमा आएको राजनीतिक परिवर्तनपछि देशले शिक्षा, स्वास्थ्य,संचार,पूर्वाधारका क्षेत्रमा प्रगति भएकोमा कुनै दुइमत छैन । गाउँगाउँमा बाटो पुगेको छ, विद्यालय भवनहरु निर्माण भएका छन् । स्वास्थ्य सेवा पनि गाउँ पुगेकै छ । तर  पनि गाउँहरु युवाविहीन हुँदै गएका छन् । दैनिक २ हजारको हाराहारीमा युबाहरुको विदेश पलायनलाई त्यो विकासले रोक्न सकेको छैन । रोकिने छाँट पनि छैन । अव त के देखिएको छ भने  यो देश बस्नलायककै छैन कि भन्ने भाष्य युवा बर्गमा निर्माण भइदिएको छ ।

    विद्यालयमा अध्ययन गर्ने स्कुले केटाकेटीलाई भविस्यको बारेमा के योजना छ भनेर सोध्यो भने बिदेश जाने बताउछन । अहिले त स्थिति यस्तो देखियो कि  घरको सदस्य विदेश गएको छैन भने  लज्जाको विषय बन्छ । यस्तो किन भइरहेको छ ? कारण र समाधान खोज्नेतिर राज्यले खासै चासो देखाएको छैन झन् श्रम सम्झौता गरेर युवा लखेट्न उद्दत भएको अनुभूति भएको  छ ।

    के गाउँमा बसेर भनेजस्तो शिक्षा, स्वास्थ्य अनि रोजगारी सम्भव छ त ? माध्यमिक तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सो तहत पुरा गरेपछि आफु कहाँ स्थापित हुन सक्छु भन्ने ग्यारेन्टी छ ?  अहिलेका युवाले त्यस्तो नदेखेको बताउदै सम्पूर्ण दोष राजनीतिलाई देखाउछन् त्यो एक हदसम्म सहि हो ।

    अहिले परिस्थिति बदलिएको छ महँगीले आकास छोएको छ । गाउँमा बसेर जीविकोपार्जन गर्न कठीन छ । अवसरहरु खुम्चिएका छन् र विदेश बाध्यता बनेको छ । त्यो बाध्यतालाई राज्यले नै मलजल गर्दै आइरहेको छ । रेमिट्यान्समा भर परेको सरकार युवाहरुलाई विदेश जान उत्प्रेरित गरिरहेको छ ।

    आखिर देशको युवा जनशक्ती किन बाहिर जान खोजेको छ ? के नेपालमा सम्भावाना नै भएको हो त?  यी र यस्तै प्रश्नहरुको बिचमा म्याग्दीको एक विद्यालयमा कक्षा ११ /१२ मा पढ्ने विद्यार्थीहरुले एक कार्यक्रममा स्वदेशमै बसेर पनि ब्यबसायिक बन्दै सम्भावनाको ढोका उघार्न सकिन्छ भन्ने कुरा दर्शाएका छन् ।

    म्याग्दी जिल्लाको न्यु वेष्ट पोइन्ट विद्यालयले कक्षा ११/१२ मा पढ्ने विद्यार्थीहरुलाई ब्यबसायिक योजना सम्बन्धि प्रतियोगिता गर्यो, ब्यबस्थापन समुहका विषय अध्यापन गरिरहेको विद्यालयले यो कार्यक्रम गर्दा नेपाल मै पनि  धेरै सम्भावना छन् भन्ने आशा पलाएको कार्यक्रममा सहभागी विद्यार्थीहरुले बताएका छन् ।

    प्रतियोगितामा विद्यार्थीहरुले विदेश बाध्यता वा रहर जे भए पनि “इनोभेटिभ” तरिकाबाट कुनै कार्य गर्ने हो भने ब्यबसायिक सफलता र स्थापित हुन सकिन्छ भन्ने देखेका छन् । कार्यक्रममा उत्पादन, बजारीकरण देखि उपभोक्ता शिक्षा सम्मका योजना प्रस्तुत गरिएका थिए ।  उनीहरुले पर्यटन, कृषि, उद्योग आदिका लागी आफ्नो योजना प्रस्तुत गरेका थिए ।

    सो प्रतियोगितात्मक कार्यक्रममा कक्षा १२ मा पढ्ने सुष्मिता जिसीको ब्यबसायिक योजना उत्कृष्ट ठहरिएको थियो  । उत्कृष्ट ठहरिएको ब्यबसायिक योजना (Business Plan) लाइ एक कार्यक्रमको आयोजना गरि  विद्यालयले नगद रु ३,००० सहित सम्मान गरेको छ । उनले महिलाहरुले प्रयोग गर्ने सेनिटरी प्याड निर्माण, त्यसको बजारीकरण र प्रयोग सम्बन्धि योजना प्रस्तुत गरेकी थिइन् । उनले हाल बजारमा रहेका सेनिटरी प्याड भन्दा स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ प्रयोग गरेर सस्तो मै उत्पादन गर्न सकिने र जैविक बस्तु कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिने हुँदा ब्यबस्थापनमा कुनै कठिनाइ नहुने कुरा आफ्नो प्रस्तुतीकरणमा   समेत बताइन । उनले त्यसको लागि आवश्यक पर्ने लगानी, निर्माण कार्य, बजारीकरण र जनशक्तिको समेत उत्कृष्ट खाका प्रस्तुत गरेकी थिइन् ।

    विद्यालयका प्रिन्सिपल डीबी दाहालले विद्यार्थीहरुले प्रस्तुत गरेका यी योजनाले साँच्चै ब्यबस्थान समुहका बिषय पढाइरहेको स्कुलमा प्रयोगात्मक रुपमा सिकाइ भएको अनुभूती गरेको बताए ।

    शिक्षक जगदीश पन्थीको अबधारणा अनुसार सो कार्यकम संचालन गरिएको र शिक्षक पन्थीले आगामी दिनमा ब्यबसायिक प्रदर्शनी (Business Expo) समेत गर्न सकिने बताए ।

    कहीं र कतैबाट प्रभावित भएर यो ब्यबसायिक योजना आएको जस्तो देखिएपनि  जिसीको ब्यबसायिक योजना स्थानीय स्तरमा उपलब्धहुने जैविक कच्चा पदार्थको प्रयोग गरि उत्पादन गरेर ब्यबसाय संचालन गर्ने हो भने महिलाको स्वास्थ्य र सरससफाई संगै ब्यबसायिक बन्न सकिने भाइस प्रिन्सिपल कृष्ण जिसीले बताए ।

    प्रतियोगितामा अन्य सहभागिहरुले पुष्प खेति, फोहोर ब्यबस्थापन संगै आय-आर्जन, पर्या-पर्यटन लगायतका विषयमा आफ्ना योजना प्रस्तुत गरेका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    १ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    १ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा


  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ महिना अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • २

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ३

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    १ हफ्ता अघि

  • ४

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    १ हफ्ता अघि

  • ५

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    १ हफ्ता अघि

  • ६

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • ८

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ महिना अघि

  • ९

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    १ महिना अघि

  • १०

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution