• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २५, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

१३ घण्टा अघि
२

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ दिन अघि
३

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ दिन अघि
४

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

३ दिन अघि
५

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

४ दिन अघि
६

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
७

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

१ हफ्ता अघि
८

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

१ हफ्ता अघि
९

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

१ हफ्ता अघि
१०

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

१ हफ्ता अघि
११

कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै

२ हफ्ता अघि
१२

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष ८, आईतबार (२ साल अघि)

फेरी कहिल्यै नदोहोरिने स्कुले जीवन र छुटेका प्रिय साथीहरु !

फाईल तस्विर

  • ९२१ पटक पढिएको

  • शिशिरको चिसोले बगूँु कि नबगूँ झैँ गरिरहेको काली गण्डकी नदीको छेउमा बिशाल क्षेत्रमा फैलिएको एउटा विद्यालय परिसर । सोहि परिसरमा चिटिक्क सिंगारिएको मंच, फराकिलो मैदानमा जम्मा भएका १५४७ जना विद्यार्थीहरु तिनीहरुका अभिभावक र आगन्तुक पाहुनाहरुले भरिभराउ मैदान । त्यहाँ संचालन भैरहेका विभिन्न गतिबिधि (नाच, गान, नाटक, आदि) आफ्नै गतिमा थियो । मन्चमा कार्यक्रम संचालन भैरहेको थियो । कोहि नाच्नको लागि पालो कुरिरहेका कोहि पुरस्कार लिन तयारी अवस्थामा रहेका । पुष महिनाको चिसो सिरेठो चलेको भएपनि घमाइलो दिनमा आफ्ना नानीबाबुहरुको गतिबिधि हेर्न अविचलित अभिभावकहरु मैदानभरि रमाएर बसिरहेका थिए ।

    अभिभावकहरुलाइ बस्न ब्यबस्था मिलाइएको कुर्चीको दोश्रो लहरमा एकजना अग्लो कदका अनुहारमा दाह्री पालेका युवा र उनैको छेउमा ढाका टोपीमा सजिएर बसेका ५५। ६० वर्षका एक अभिभावक । त्यहि लहरमा मध्यम कदकी चस्मा लगाएकी अर्की एक युवती आँखा झिमिक्कै नगरी अत्यन्तै चासो दिएर कार्यक्रम हेरिरहेका थिए ।

    प्रसंग  हो म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माविको ३१ औं वार्षिकोत्सव समारोहको । विद्यालयले अभिभावकहरुको भब्य उपस्थितिमा आफ्नो ३१ औं अभिभावक दिबस मनाइरहेको थियो । मंटेसरीदेखि कलेज सम्मका विद्यार्थीहरुको कार्यक्रम समावेश गर्नुपर्ने भएकोले कार्यक्रम निकै धेरै थिए । कार्यक्रमा संचालकले बडो चलाकी र होशियारी पूर्ण तरिकाले कार्यक्रमको संचालन र चाजोपाजो मिलाएको देख्दा कहिँ कतै अबरोध नभई कार्यक्रम सरसर्ती बगेको देखिन्थ्यो ।

    कार्यक्रम अनुसार पुरस्कार वितरणको दोश्रो चरणसम्म आइपुग्दा झन्डै ४ बजिसकेको थियो तर माथि उल्लेख गरिएका दोश्रो लहरमा बसेका व्यक्तिहरु कत्तिपनि बिचलित भएका थिएनन् । उद्घोषकले वेष्ट पोइन्ट अवार्डको घोषणा गरेपछि मन्चमा उक्लिए, क्रान्ति लक्ष्मी कटुवाल र सज्जन थापा संगै उनका बुवा नरेन्द्र थापा । दुवै विद्यार्थीको नामको अगाडी डाक्टर थपिएको थियो । त्यसैगरि अर्का दुइ व्यक्तिको नामपनि उद्घोष भयो डा.जित पुन र इन्जिनियर आभाष श्रेष्ठ । जित पुन उपस्थित हुन नसकेका कारण उनका दिदि विद्यालयका पुर्व शिक्षिका डमसरा पुन र आभाष श्रेष्ठका बुवा सुबासकुमार श्रेष्ठ । सम्मानित हुनेहरु क्रान्ति लक्ष्मी कटुवाल वेष्ट पोइन्ट विद्यालयबाट २०६४ साल, जित पुन २०६६ साल, आभास श्रेष्ठ २०६४ साल र सज्जन थापा २०७० सालको SLC ब्याच थिए ।


    डा. सज्जन थापा पर्वतको जलजला -३ निवासी हुन् उनि अहिले म्याग्दीको बेनी अस्पतालमा मेडिकल इन्चार्जको रुपमा कार्यरत छन् । उनले काठमाण्डौ विश्वविद्यालयबाट मेडिसिन एण्ड सर्जरीमा MBBS गरेका हुन् । त्यसैगरी क्रान्ती लक्ष्मी देवी कटुवाल म्याग्दीको रघुगंगा गाउँपालिका -२ स्थाई ठेगाना भइ अहिले जलजला -३ पर्बत बेनी बसोबास गर्दै आइरहेकी छिन र उनि बेनी अस्पतालमा फिजियोथेरापिस्ट हुन् । उनले डा. एम.भी. शेट्टी कलेजअफ फिजियोथेरापि कर्नाटक भारतबाट MPT गरेकी हुन्। त्यसैगरी जित पुन म्याग्दीको धौलागिरि  गाउँपालिका -३ मुना  स्थायी ठेगाना भइ भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (AIMS) बाट अर्थोपेडिक्समाMS उपाधि हासिल गरेका हुन् भने आभास श्रेष्ठ बेनी नगरपालिका -८ स्थाई ठेगाना भइ अहिले अष्ट्रेलियामा रहेका छन् । उनले सेन्ट्रल क्वीन्सल्याण्ड युनिभर्सिटी अष्ट्रेलियाबाट इन्जिनियर्समा मास्टर गरेका हुन् ।

    सम्मान ग्रहण पश्चात क्रान्ती लक्ष्मी देवी कटुवाल र सज्जन थापा अत्यन्तै भाबुक हुँदै विद्यालयले गरेको सम्मानप्रति आभार ब्यक्त गरे । बिगतका दिन र आफ्नो समयमा विद्यालयमा हुने गरेका यस्तै कार्यक्रम ति साथीहरुलाइ सम्झदै स्टेजमा नाचेका, मन्तब्य दिएका सबै स-साना भाइ बहिनीहरुमा आफु र आफ्ना साथीहरुको प्रतिबिम्ब देखिएको कारण निकै भाबुक र बिगतलाई सम्झदै कार्यक्रम हेरेको बताए । क्रान्तिले भनिन, “ति मेरा साथीहरु आज भैदिएको भए… ।”

    जीवनको अत्यन्तै महत्वपुर्ण क्षण भनेको स्कुले जीवन हो एउटै बेन्चमा बस्ने, खाजा बाँडेर खाने, संगै खेल्ने, त्यो समय जतिबेला कुनै स्वार्थ हुदैन, रिस-राग, प्रतिस्पर्धा र वैमनस्यता हुदैन त्यस्तो समय भनेको विद्यालय जीवन नै हो । उच्च शिक्षा अध्ययनको लागी कलेज तथा विश्व बिद्यालय पुगेपछि साथीहरु थुप्रै भेटिन्छन् तर ति साथी जो संग बालापन गुजारिएको हुन्छ ति क्षण प्राप्त हुदैनन् । हरेक व्यक्तिले बालापनलाई सुनौलो समय मान्ने गर्छन यी र यस्तै अबस्थामा स्मरण हुने गर्दछन जो उनीहरुले अनुभूति गरे ।

    उनीहरुले आफुले पढ्ने बेलाको भवन खेल्ने ठाउँ खाजाखाने ठाउँ सबै हेर्दै र सम्झदै त्यतिबेलाका सर। मिसहरुलाई धेरै सम्झना गरेका छन् । आफु उपस्थित हुन नसके पनि आफुलाई विद्यालयले सम्मान गरेकोमा डा. जित पुनले फेसबुकमा स्टाटस लेख्दै स्कुल अनि गुरुहरु प्रति आदर प्रकट गरेका छन् । आभाष श्रेष्ठका बुवा सुबास कुमार श्रेष्ठ छोराको सम्मान ग्रहणगर्दै गहभरी आँशु पारेर छोराको प्रगति प्रति विद्यालय र उनका शिक्षकलाई धन्यबाद दिए ।

    विद्यालयले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा वेष्ट पोइन्ट विद्यालयबाट विद्यालय शिक्षा पुरा गरि देश तथा विदेशबाट विभिन्न विषयमा विशिष्टता हासिल गर्ने विद्यार्थीहरुलाई वेष्ट पोइन्ट सम्मानद्वारा सम्मान गर्ने गरेको छ । सोहि क्रममा यस वर्ष ४ जनालाई सम्मान गरेको विद्यालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ४ दिन अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    १ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    १ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी


  • १ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ३ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    १३ घण्टा अघि

  • २

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ दिन अघि

  • ३

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ दिन अघि

  • ४

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    ३ दिन अघि

  • ५

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    ४ दिन अघि

  • ६

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • ७

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    १ हफ्ता अघि

  • ८

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान
    १ हफ्ता अघि

  • ९

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी
    १ हफ्ता अघि

  • १०

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution