• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीका शिक्षाप्रेमी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार’बाट अभिनन्दित

१३ मिनेट अघि
२

म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

४ दिन अघि
३

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

६ दिन अघि
४

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
५

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
६

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

२ हफ्ता अघि
८

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
९

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

१ महिना अघि
१०

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

१ महिना अघि
११

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

१ महिना अघि
१२

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर २८, बिहिबार (२ साल अघि)

गलेश्वरका होटल तथा किराना पसलमा अनुगमन

फोटो : प्रताप बानिया

  • ९५८ पटक पढिएको
  • म्याग्दी, मङ्सिर-२८,  म्याग्दीको गलेश्वर क्षेत्रमा सञ्चालनमा रहेका होटल, रेष्टुरेण्ट तथा किराना पसलहरुको स्थलगत अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाइमा म्याग्दीका सरोकारवाला निकायसहितको एक टोलीद्वारा गलेश्वरमा सञ्चालित होटल तथा किराना पसलहरुको आज बिहीबार अनुगमन गरिएको हो । उक्त टोलीले रघुगंगा गाउँपालिका–३, चमेरे, राहुघाट र बेनी नगरपालिका–९, घतानस्थित गलेश्वर बजारमा सञ्चालित होटल तथा पसलहरुको अनुगमन गरेको जनाएको छ । बजार तथा राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा पसलहरुमा सामानहरुको आपूर्ति, वस्तु तथा सेवाको उत्पादन, भण्डार र वितरणको वास्तविक अवस्था पत्ता लगाई कमीकमजोरी भेटिएमा सुधार्ने उद्देश्यसहित अनुगन गरिएको थियो ।

    बजार अनुगमनको टोलीबाट रघुगंगा–३, चमेरे र राहुघाटमा सञ्चालित चमेरे रेष्टुरेण्ट एण्ड होटल, विद्या भण्डारी होटल एण्ड खाजाघर, मेरिस होटल एण्ड रेष्टुरेण्ट, चालिसे किराना स्टोर्स, परिचय मःम रेष्टुरेण्ट एण्ड थकाली भान्छा घर तथा मिम किराना स्टोर्समा अनुगमन गरिएको छ । यसैगरी प्रतिमा होटल ठकुरी लज एण्ड रेष्टुरेण्ट, होटल रिभर–भ्यू, मदरल्याण्ड होटल एण्ड रेष्टुरेण्ट, ठकुरी होटल एण्ड रेष्टुरेण्ट, प्याराडाइज होटल, होटल ताजमहल, डिलु किराना पसल, ईश्वर खाजा घर, निर्दोष किराना पसल र होटल याक बेनी प्रालिमा अनुगमन भएको छ । चमेरे, राहुघाट र गलेश्वर बजार क्षेत्रका होटल तथा रेष्टुरेण्टहरु १३ र किराना पसल ५ गरी कुल १८ वटा होटल एवं खाद्यान्न पसलहरुमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक सहन्साकुमार मेहताले बताउनुभयो । उहाँले अनुगमनको क्रममा केही होटल तथा रेष्टुरेण्ट र किराना पसलहरुमा अधिकांश पेयपदार्थहरु कोकाकोला, फेन्टा, क्यानबियर, बियरलगायत म्याद सकिएको भेटिएको जानकारी दिनुभयो । होटल, रेष्टुरेण्ट र केही पसल दर्ता नगरिकन सञ्चालन गरिएको, म्याद सकिएका पेयपदार्थहरु बिक्री वितरण गरेको, म्याद सकिएका सामान पसलको टाँसीमा बिक्री गर्न राखेको, मूल्यसुची नटाँसको जस्ता कमीकमजोरीहरु पाइएको छ ।

    अनुगमनको क्रममा भेटिएका कमीकमजोरीहरुलाई तत्काल सुधार गर्न र होटल तथा पसल एक हप्ताभित्र कानुनअनुसार दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक मेहताले बताउनुभयो । अनुगमन टोलीले खाद्य स्वच्छता कायम गर्न पनि निर्देशन दिएको जनाएको छ । अनुगमनको क्रममा होटल तथा किराना पसलहरुबाट २२ हजार पाँचसय रुपैयाँ बराबरको म्याद नाघेका पेयपदार्थहरु नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले जानकारी दिनुभयो । अनुगमनको क्रममा भेटिएका कमीकमजोरी नसुधारे कानुनी कारवाही गरिने जनाइएको छ । खाद्य निरीक्षक मेहताको नेतृत्वमा भएको अनुगमनमा पर्यटन तथा उद्योग कार्यालयका कम्प्युटर अपरेटर ढुङ्गाना, बेनी नगरपालिकाका अधिकृत छैटौं आराम थापा, प्रहरीचौकी गलेश्वरका प्रहरी सहायक निरीक्षक बिक्रम तिवारी, जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रतिनिधि र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १३ मिनेट अघि

    म्याग्दीका शिक्षाप्रेमी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार’बाट अभिनन्दित

    ४ दिन अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम


  • २ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

  • २ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • समाचार
  • १

    म्याग्दीका शिक्षाप्रेमी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार’बाट अभिनन्दित
    १३ मिनेट अघि

  • २

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद
    ४ दिन अघि

  • ३

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    ६ दिन अघि

  • ४

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ५

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ६

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    २ हफ्ता अघि

  • ८

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ९

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    १ महिना अघि

  • १०

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution