• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ४, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

२ दिन अघि
२

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

२ दिन अघि
३

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
४

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
५

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ हफ्ता अघि
६

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
७

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

२ हफ्ता अघि
८

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
९

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

३ हफ्ता अघि
१०

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

३ हफ्ता अघि
११

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

३ हफ्ता अघि
१२

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर २५, सोमबार (२ साल अघि)

पत्रकार महासंघ म्याग्दीको कार्यालय भवन शुभारम्भ

फोटो : कृष्ण जिसी

  • १०७९ पटक पढिएको
  • म्याग्दी, मङ्सिर-२५, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले आफ्नो  कार्यालय भवनको  शुभारम्भ गरेको  छ । कार्यालयको आज (सोमबार) एक समारोहका विच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभएको हो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय स्थापना गरेको हो ।

    नगरपालिकाले वि.स. २०७७ मा पत्रकार महासंघलाई वार्षिक रु. १०  हजार भाडा तिर्ने गरी जग्गा र भवन उपलब्ध गराएको थियो । रु. चार लाख ४६ हजार ३१७ मा पुरानो भवन मर्मत र जग्गा व्यवस्थापन गरेर कार्यालय स्थापना गरिएको महासंघका शाखा कोषाध्यक्ष दलप्रसाद बि.क. (अमित)ले जानकारी दिनुभयो ।

    “बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु. तीन लाख बजेट बिनियोजन गरेकोमा रु. दुई लाख ८६ हजार ५१२ प्राप्त भएको छ,” उहाँले भन्नुभयो “रु. एक लाख ३७ हजार ९४० तिर्न बाँकी छ । स्रोतको खोजीमा छौ ।”

    पुरानो भवनको भवनलाई पलास्टर, छानो मर्मत, रंगरोगन, चौतारी, घेराबार, परिसरमा पहुँचमार्ग, बगैचा निर्माण र स्लेट ढुंगा छपान गरिएको छ । महासंघको कार्यालय भवनलाई सार्वजनिक र सामुदायिक प्रयोजनका लागि समेत उपभोग गरिने शाखा अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

    “महासंघको कार्यालय भवन मात्र नभएर पत्रकार सम्मेलन लगायत मिडियासँग सम्बन्धीत क्रियाकलाप गर्न प्रयोग हुन्छ,” उहाँले भन्नुभयो “शाखा स्थापना भएको १७ वर्षपछि भाडाको जग्गा र भवनमा व्यवस्थित कार्यालय स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छौ ।”

    खाद्य संस्थानले वि.स. २०६४ मा प्रतिस्पर्धा मार्फत बेनीमा रहेको जग्गा बिक्री गरेको थियो । म्याग्दीका राजनीतिक दल र संघ संस्थाहरुले सो जग्गा सार्वजनिक हुनुपर्ने माग सहित आन्दोलन गरेका थिए ।

    दवाव र आन्दोलनपछि जग्गा खरिद गरेका प्रदिप सापकोटाले आफुले खरिद गरेको मध्य चार आना जग्गा नगरपालिकालाई नामसारी दिनुभएको थियो । नेक्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपाले असहमति जनाउँदा नगरपालिकाको जग्गा प्रयोग हुन सकेको थिएन् ।

    नेकपाका महासचिव नेत्रबिक्रम चन्दसँग गत असारमा पत्रकार महासंघको टोलीले वार्ता गरेपछि जग्गा र भवन प्रयोग गर्ने वातावरण बनेको थियो । जिल्लाका राजनीतिक दलहरुको सहमतिमा बेनी नगरपालिकाले पत्रकार महासंघलाई जग्गा र भवन दश वर्षका लागि भाडामा दिएको हो । नगर प्रमुख केसीले भवन प्रयोगको समय बढाउने बताउनुभयो ।

    गुणस्तरीय पत्रकारिताको विकासका लागि फेलोसिप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । नेपाली काँग्रेस म्याग्दीका उपसभापति तथा पुर्व नगरप्रमुख हरिकुमार श्रेष्ठले समाजका सकारात्मक क्रियाकलापको प्रर्वद्धन र नकारात्मक गतिबिधिलाई खबरदारीमा निरन्तरता दिन पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।

    नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले म्याग्दीमा यसअघिका जनप्रतिनिधिले विकास निर्माणको क्षेत्रमा योगदाननै नगरेको जसरी प्रचार भएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

    नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीले म्याग्दीमा नयाँ पत्रकार उत्पादन र भएका पत्रकारलाई टिकाउन स्थानीय तह तथा सरकारी निकायले सोच्नुपर्ने बताउदै व्यवसायिक पत्रकार पलायन हुँदा वास्तविकता उजागर नहुने र गलत क्रियाकलापले प्रशय पाउने खतरा प्रति चिन्ता व्यक्त गर्नुभयो ।

    राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीले सबै सरोकारवालाहरुको सहमति र समझदारीमा पत्रकार महासंघको लागि जग्गा व्यवस्थापन भएको बताउनुभयो ।

    नेकपाका म्याग्दी जिल्ला ईञ्चार्ज उषा घर्ति घिमिरेले खाद्य संस्थानको जग्गा खरिद बिक्रीमा भएको चलखेल र अपारदर्शी गतिबिधिको समिक्षा हुनुपर्ने, अहिले पनि जग्गा खरिद गर्ने व्यक्तिले अन्य साझेदारहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको बताउनुभयो ।

    रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले नकारात्मक विषयलाई मात्र नभई सकारात्मक र सम्भावनाका विषयलाई रचनात्मक रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

    म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विगतमा विभिन्न चरणमा भएका छलफल र वार्ताबाट सकारात्मक परिमाण स्वरुप पत्रकार महासंघको लागि जग्गा र कार्यालय व्यवस्थापन भएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र महासंघका पुर्व अध्यक्ष तारानाथ शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्का, पुर्व अध्यक्ष सुरत केसी, तारानाथ शर्मा, बेनी नगरपालिकाका पुर्व प्रमुख हरिकुमार श्रेष्ठ, बेनी नगरपालिका कार्यालय, डिभिजन वन कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी, म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जिवनबहादुर विक, ब्यवसायी सुरेन्द्रराज शर्मा, मजदुर पञ्चलाल यादवलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ हफ्ता अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    २ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • ३ हफ्ता अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • ४ हफ्ता अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    २ दिन अघि

  • २

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ४

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ५

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ हफ्ता अघि

  • ६

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ७

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    २ हफ्ता अघि

  • ८

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • ९

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ३ हफ्ता अघि

  • १०

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution