• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ २४, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ दिन अघि
२

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

१ दिन अघि
३

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

३ दिन अघि
४

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

६ दिन अघि
५

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

६ दिन अघि
६

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

६ दिन अघि
७

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

१ हफ्ता अघि
८

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

१ हफ्ता अघि
९

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

१ हफ्ता अघि
१०

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

१ हफ्ता अघि
११

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

१ हफ्ता अघि
१२

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० भाद्र २४, आईतबार (१ साल अघि)

प्रतिष्ठान म्याग्दीको १९ औँ साधारणसभा सम्पन्नः तीन स्रष्टा सम्मानित

फोटो : अमित बिश्वकर्मा

  • १४७६ पटक पढिएको
  • म्याग्दी, भदौ-२३, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दीको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार बेनीमा आयोजित साधारणसभाको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले उद्घाटन गर्नु भएको हो  ।
    कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष कटुवालले कला संस्कृति राष्ट्रको अमुल्य निधि भएको बताउनुभयो । राष्ट्रले कलाकारलाई देशको गहना भन्ने तर कुनै पनि सम्वोधन नगर्दा दिनुनादिन पलायन हुने अवस्था सृजना भएको उहाँको भनाई थियो ।
    उद्योग वाणिज्य संघले आयोजना गर्ने हरेक सांस्कृति कार्यक्रममा प्रतिष्ठान संग सहकार्य गर्न आफु तयार रहेको भन्दै अध्यक्ष कटुवालले जिल्लामा रहेका स्थानीय कलाकारहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु पनि संचालन गर्न प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।
    कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव शंकर विरही गुरुङले कलाकारहरुको हितका निम्ती प्रतिष्ठानले अग्रणी भुमिका निभाएको बताउनुभयो । कला, संस्कृतिको प्रवर्धन संगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक गतिविधिहरुमा पनि प्रतिष्ठान अग्रसर हुन उहाँले अनुरोध गर्नुभयो ।
    साधारणसभाकै अवसरमा म्याग्दीका अग्रज लोक गायीका राधा पुन, लोकप्रीय सर्जक नुकल ढकाल र पछिल्लो समयका चर्चित लोक तथा दोहोरी गायक रवि कार्कीलाई लोक संगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।
    उहाँहरुलाई प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसी, प्रमुख अतिथि कटुवाल, विशिष्ट अतिथि गुरुङ, विशिष्ट अतिथि अग्रज लोक गायीका धन कुमारी थापा लगायतले नगद सहित दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।
    त्यस्तै प्रतिष्ठानका कोषाध्यक्ष शंकर पौडेल सर्वोकृष्ट जनसेवी अवार्डबाट पुरस्कृत हुनुभएको छ भने सदस्य खिमा पुर्जाले उत्कृष्ट सदस्य अवार्ड प्राप्त गर्नुभएको छ । कलाकार मेनुका पुनलाई उत्कृष्ट नव प्रतिभा अवार्ड प्रदान गरिएको छ । पुनले नकुल ढकालको सृजना तिज गीत छोरीमा उत्कृष्ट अभिनय गर्नुभएको थियो ।
    संस्थाका सचिव विजुन केसीले वार्षिक र कोषाध्यक्ष पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थामा आर्थिक वर्ष २०७९÷०८० मा ५ लाख ६ हजार ७ सय ९१ रुपैयाँ आम्दानी भएको र ४ लाख १८ हजार ४ सय २५ रुपैयाँ खर्च भएको कोषाध्यक्ष पौडेलले बताउनुभयो । त्यस्तै संस्थाले गत वर्ष स्थापना गरेको १ लाख ५० हजारको कलाकार कल्याणकारी कोषमा रकम थप गरि १ लाख ९८ हजार ५ सय पु¥याईएको कोषका कोषाध्यक्ष देवि जिसीले बताउनुभयो ।
    कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेशका पूर्व द्वितिय उपाध्यक्ष आरसी पौडेल, वर्तमान कार्य समितिका सदस्य अमित विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, प्रतिष्ठान म्याग्दीका निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरे, सल्लाहकार धन कुमारी थापा, जीवन कुमार विश्वकर्मा, प्रकाश कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    संस्थाका प्रथम उपाध्यक्ष एकराज चापागाईको स्वागत र सचिव खत्रीको संचालनमा रहेको उद्घाटन सत्रको समापन गर्दै अध्यक्ष जिसीले नव प्रतिभालाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्दै जिल्लाको मौलिक कला र संस्कृतिको विकासमा प्रतिष्ठान अनवरत रुपमा लागिरहने प्रतिवद्धता जनाउनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

    १ दिन अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

    ३ दिन अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम


  • ६ दिन अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • ६ दिन अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

  • ६ दिन अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

  • १ हफ्ता अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

  • समाचार
  • १

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ दिन अघि

  • २

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    १ दिन अघि

  • ३

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    ३ दिन अघि

  • ४

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    ६ दिन अघि

  • ५

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    ६ दिन अघि

  • ६

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    ६ दिन अघि

  • ७

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    १ हफ्ता अघि

  • ८

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    १ हफ्ता अघि

  • ९

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    १ हफ्ता अघि

  • १०

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution