• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० श्रावण १५, सोमबार (३ साल अघि)

साउन १५ खिर खाने दिन – खिर दिवस

फाइल तस्विर

  • ५८८ पटक पढिएको
  • जलजला अनलाइन, साउन-१५,  आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

    संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउनुहुन्छ ।

    यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

    साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

    ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

    चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

    नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

    दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

    नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ । गोरखापत्रबाट 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution