• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

६ घण्टा अघि
२

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

२ दिन अघि
३

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

३ दिन अघि
४

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ हफ्ता अघि
५

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ हफ्ता अघि
६

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२ हफ्ता अघि
७

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

२ हफ्ता अघि
८

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

२ हफ्ता अघि
९

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

२ हफ्ता अघि
१०

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

३ हफ्ता अघि
११

म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

३ हफ्ता अघि
१२

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
प्रकाशित मिति: २०८० अषाढ २६, मंगलबार (२ साल अघि)

कृषिको विकासमा सिँचाइको प्रवन्ध मिलाइने मन्त्री जुग्जालीको भनाइ

तस्विर : प्रताप बानिया

  • ९९८ पटक पढिएको
  • म्याग्दी, असार-२५, म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) चालु आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित वार्षिक कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

    जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र म्याग्दीका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले चालु आवमा कृषि ज्ञान केन्द्रमार्फत सञ्चालित कार्यक्रमहरुको बारमो आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । चालु वर्षमा कृषि ज्ञान केन्द्र म्याग्दीले संघ र प्रदेशबाट प्राप्त कुल बजेट पाँच करोड ४६ लाखमध्ये तीन करोड ५० लाख १० हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।

    खर्च भएको बजेट कुल बजेटको ६४ दशमलव शुन्य तीन प्रतिशत रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी समेत रहनुभएका बाली संरक्षण अधिकृत बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार चालु वर्षमा कृषि ज्ञान केन्द्रलाई संघ र प्रदेशबाट गरी चालुतर्फ कुल पाँच करोड ३२ लाख १६ हजार र पुँजीगततर्फ १४ लाख ६० हजार रुपैयाँ प्राप्त भएको थियो । प्राप्त बजेटमध्ये अधिकांश कार्यक्रमहरु किसानलक्षित अनुदानका रहेका छन्भने तीमध्ये साना व्यावसायिक कृषि फर्म, साना सिँचाइ, विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम, जलवायुमैत्री नमुना कृषि गाउँ लगायतका कार्यक्रम रहेका छन् ।

    यसैगरी कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदी र नायव पशु सेवा प्राविधिक गणेशप्रसाद रिजालले प्रस्तुतीकरण गर्नुभएको थियो । चालु आवमा प्रदेश सरकारबाट भेटेरिनरी अस्पताललाई पुँजीगत र चालुतर्फ गरी कुल चार करोड ३६ लाख ७१ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा तीन करोड ५६ लाख ९० हजार रुपैयाँ अर्थात् ८१ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । त्यस्तै संघीय सशर्त अनुदानबाट २१ लाख ४५ हजार बजेटमध्ये खर्च २१ लाख १९ हजार र रणनीतिक कृषि आधुनिककरण कार्यक्रमको ७५ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा ६७ हजार खर्च भएको नायव पशु सेवा प्राविधिक रिजालले जानकारी दिनुभयो ।

    पशु सेवा प्राविधिक रिजालका अनुसार प्राप्त बजेटमध्ये किसानलाई माछाका भुरा खरिद गरेर उपलब्ध गराइएको, नयाँ मत्स्य पोखरीहरु निर्माण गरिएको, फार्म यान्त्रिकरण कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन, चरन खर्क सुधार, कृत्रिम गर्भाधान, समुदायस्तरमा चौरी विकास कार्यक्रम, भेडा प्रवद्र्धनलगायत कार्यक्रम सञ्चालन गरिएको छ । म्याग्दीमा बाख्रापालन, घुम्ती भेडा तथा बाख्रापालन, कुखुरापालन, भैंसीपालन, बंगुरपालन र चौरीपालन हुँदै आएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले किसानहरु व्यवहारिक ज्ञानको खानी भएकाले आफ्नो ज्ञान, सिप र अनुभवलाई कृषि क्षेत्रको विकासमा लगाउन सुझाव दिनुभयो । उहाँले म्याग्दी फलफुल उत्पादन र पशुपालनको क्षेत्रमा मुख्य सम्भावना बोकेको जिल्ला भएको बताउँदै कृषि क्षेत्रको विकास र सिँचाइका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

    सोही कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले किसानहरुले मौसम अनुकुल हुने गरी कृषि तथा बालीनालीको खेती गर्न सुझाव दिँदै सबैभन्दा धनी किसान भएकाले राज्यबाट प्राप्त अनुदानको सही रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय बढ्दै गैरहेको आधुनिकतासँगैको विकासलाई आत्मसाथ गरेर आफ्नो पेशा तथा व्यवसायलाई अगाडि बढाउनुपर्ने भन्दै कृषिको दीगो विकास हुने गरी किसानहरु लाग्नुपर्ने बताउनुभयो ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी किसानहरु तिलक गुरुङ, धनबहादुर श्रीष, सुरेश ढुङ्गाना, नरबहादुर थापामगर, मुक्तिबहादुर खड्का, अणबहादुर खड्का, लोकबहादुर पूर्जा पुन, दिनेश गर्बुजा, शिव खड्का, निरबहादुर थापा, कमल पौडेल र दिपकबहादुर मल्लले आ–आफ्नो धारणा र सुझावसहित जिज्ञासा राख्नुभएको थियो । किसानहरुले राखेको जिज्ञासाको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देल र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले सम्बोधन गर्नुभएको थियो ।

    प्रमुख सिग्देलको अध्यक्षता, निमित्त प्रमुख सुवेदीको स्वागत, कृषि ज्ञान केन्द्रका सहायकस्तर पाँचौं भोलानाथ आचार्यले सञ्चालन गर्नुभएको सार्वजनिक सुनुवाई कार्यक्रमको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव सन्तोष गौतम, सहसचिव साधन राम्जाली र पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

    २ हफ्ता अघि

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी


  • २ हफ्ता अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • ३ हफ्ता अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • ३ हफ्ता अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    ६ घण्टा अघि

  • २

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    २ दिन अघि

  • ३

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    ३ दिन अघि

  • ४

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ हफ्ता अघि

  • ५

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ हफ्ता अघि

  • ६

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    २ हफ्ता अघि

  • ८

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    २ हफ्ता अघि

  • ९

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा
    २ हफ्ता अघि

  • १०

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution