• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख ३१, आईतबार (३ साल अघि)

जलजला गाउँपालिकाले कार्यान्वयनमा ल्यायो स्थानीय पाठ्यक्रम

तस्विर : सामाजिक संजाल

  • ६९६ पटक पढिएको
  • जलजला, बैशाख-३१, पर्वतको  जलजला गाउँपालिकाले शैक्षिक क्षेत्रमा रूपान्तरण, गुणस्तर वृद्धि र एकरूपताको प्रयासका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ।

    सभ्य, संस्कारयुक्त, पहिचान र सामर्थ्यसहितको जलजला गाउँपालिका निर्माणको अभियानमा शिक्षा क्षेत्रको माध्यमबाट योगदान पुगोस् भन्ने उद्देश्यले पाठ्यक्रम निर्माण गरेर आधारभूत तहमा कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए।

    गाउँपालिकावासी शिक्षा प्रेमी व्यक्तिहरूले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै शिक्षाको माध्यमबाट बालबालिकाहरूको व्यवहार परिवर्तन गर्दै अनुशासित र देशभक्त नागरिक उत्पादनको आधार तयार पार्न आठ वटा विषय क्षेत्र निर्धारण गरेर पाठ्यक्रम तयार पारिएको हो।

    ‘विषय क्षेत्रका क्रमअनुसारका उपलब्धि साथै सक्षमताहरू पाठ्यक्रममा राखिएको छ। स्थानीय पाठ्यक्रम निर्माणमा सम्बन्धित व्यक्तिहरूको राय सुझाव अन्य स्रोत सामग्रीहरूको अध्ययन, भ्रमण तथा पाठ्यक्रम निर्माणमा संलग्न व्यक्तिहरूसँग छलफल, अध्ययन र विमर्शबाट पाठ्यक्रम तयार गरिएको हो’, अध्यक्ष आचार्यले भने, ‘पाठ्यक्रम निर्माण समिति यसको अन्तिम प्रयोगकर्ता विद्यालय, शिक्षक, विद्यार्थी र समुदायबाट आउने सकारात्मक सुझावहरू संकलन गरी चालू शैक्षिक सत्रमा परीक्षणका रूपमा कार्यान्वयन गरेका छौँ।’ सुरुवातमा प्रत्येक विद्यालयमा केही पाठ्यपुस्तकहरू पठाइएको र कार्यान्वयनका क्रममा आएका समस्या र सुझावको आधारमा पाठ्यपुस्तक पर्याप्त मात्रामा वितरण गरिने उनको भनाइ छ।

    गाउँपालिकाले तयार पारेको पाठ्यक्रममा जलजला गाउँपालिकाको परिचय, पर्यटन स्थानीय, धार्मिक तथा ऐतिहासिक स्थलहरू, स्थानीय पेसा, व्यवसाय, प्रविधि र उद्यम, स्थानीय प्राकृतिक स्रोत र वातावरण संरक्षण, कला, संस्कृति, मेला र चाडपर्व, खानपान, रहनसहन, सकारात्मक व्यवहार, सरसफाइ, स्थानीय सेवामूलक सङ्घ संस्था तथा समाजसेवी व्यक्तिहरू र दुर्घटना, प्राकृतिक प्रकोप र विपद् गरी आठ वटा क्षेत्र निर्धारण गरेर पाठ्यक्रम तयार पारिएको हो।

    गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यका अनुसार परीक्षण काल अवधिमा सम्बन्धित शिक्षकले पाठ्यक्रमको आधारमा खोज, सोध, अध्ययन र स्व सङ्कलित स्रोत सामग्रीहरू विद्यार्थीहरूलाई उपलब्ध गराई शिक्षण सहजीकरणको प्रयास गरिने छ। ‘हाम्रो जलजला नामक स्थानीय पाठ्यक्रम, २०७९ निर्माण गरेर नमुनाका रूपमा विद्यालयमा पठाएका छौँ। अब शिक्षकहरुले पनि विषयवस्तु तयार पारेर पाठ्यक्रम अनुसार शिक्षण क्रियाकलाप चल्ने छन्’ उनले भने, ‘शिक्षकहरुले संकलन गर्नुभएका विषयवस्तुहरुलाई समावेश गरेर पाठ्यपुस्तक तयार गर्ने तयारी छ। हामीले यसको कार्यान्वयनको लागि प्रबोधिकरण पनि गरिसकेका छौँ।’ शैक्षिक सुधारका लागि गाउँपालिकाका ४४ वटा विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादनको मूल्यांकन गर्नको लागि २७ बुँदामा सम्झौता समेत गरिएको छ।

    नेपालको संविधानले नेपाली नागरिकलाई मातृभाषामा शिक्षा लिन पाउने अधिकार दिएको छ। शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली २०५९ ले प्राथमिक तहसम्म मातृभाषामा शिक्षा प्रदान गर्न सकिने भनेको छ।

    प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (कक्षा १–३) तथा प्राथमिक शिक्षा पाठ्यक्रम २०६५ (कक्षा ४–५) ले प्राथमिक तहमा १०० पूर्णाङ्कको स्थानीय विषय÷मातृभाषा र सामाजिक अध्ययन, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला विषयमा २० प्रतिशत पाठ्यांश स्थानीय स्तरबाट निर्माण गरी प्रयोग गर्न सकिने व्यवस्था मिलाएको छ। आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले कक्षा ६–८ मा मातृभाषा÷स्थानीय विषय÷संस्कृत वा अन्य विषय १०० पूर्णाङ्कको स्थानीय स्तरबाट निर्माण गरी पठनपाठन गर्नुपर्ने व्यवस्था गरेको छ।

    राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले पनि कक्षा एक देखि आठसम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ। उक्त प्रारूपले स्थानीय आधुनिक पेसा, व्यवसाय र प्रविधि एवं श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीपको प्रयोग गर्न सक्ने सक्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ।

    स्थानीय प्रविधि, पेसा, संस्कृति, परम्परा लगायतलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरी अध्यापन गर्नुपर्नेमा अहिले पनि केन्द्रीय रूपमा तयार भएको पाठ्यक्रमकै प्रयोग धेरै ठाउँमा हुने गरेको छ। स्थानीय तहहरूले शैक्षिक क्षेत्रमा कम ध्यान दिएको देखिएको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार


  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution