• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सीमाना, संवेदना र जिम्मेवारी

५ दिन अघि
२

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

६ दिन अघि
३

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
४

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
५

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

१ हफ्ता अघि
६

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ हफ्ता अघि
७

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ हफ्ता अघि
८

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ हफ्ता अघि
९

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१०

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
११

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि
१२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख २५, सोमबार (३ साल अघि)

म्याग्दीको भकिम्लीमा घरबास व्यवस्थापनसम्बन्धी तालिम सुरु

तस्विर : प्रताप बानिया

  • ५६७ पटक पढिएको
  • म्याग्दी, बैशाख-२५,  म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको डोलेमा हिजो (आइतबार)देखि सिपमूलक घरवास पर्यटन व्यवस्थापन तालिम सुरु भएको छ । ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद’ धवलागिरि प्राविधिक शिक्षालय थासाङ गाउँपालिका–३, लेते, मुस्ताङको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

    बेनपा–३, भकिम्ली वडा कार्यालय र धौलागिरि पर्यटन परिषद म्याग्दीको समन्वय तथा व्यवस्थापनमा १२ दिनसम्मको सिपमूलक घरवास अर्थात् होमस्टे तालिम सुरु भएको आयोजकले जनाएको छ । तालिमको उद्घाटन गर्दै भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुनले ग्रामीण भेगमा सञ्चालित होमस्टे तालिमले स्थानीय उत्पादनको प्रचारप्रसार हुनुका साथै बिक्री, वितरण तथा बजारीकरणमा सहयोग पुग्ने बताए ।

    वडाध्यक्ष पुनले घरवास पर्यटन व्यवस्थापनसम्बन्धी तालिमले ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताउँदै अब गाउँमा खाली तथा बाँझो रहेका जग्गा जमिनहरुको व्यवस्थापनको साथै गह्रा सुधार गरी खेतीयोग्य जमिनको रुपमा परिणत गर्नुपर्ने बताएका छन् । उनले स्थानीयवासीलाई उत्पादन र व्यवसायमा जोडिएर आफ्नो आर्थिकस्तर सुधार गर्न सकेको खण्डमा विदेश जानुनपर्ने भन्दै तालिम लिएपछि प्रभावकारी रुपमा होमस्टे कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    धौलागिरि पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँले ग्रामीण भेगमा होमस्टे कार्यक्रम सञ्चालन गरी स्थानीयको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित धवलागिरि प्राविधिक शिक्षालयको समन्वयमा पर्यटन परिषदमार्फत घरवास तालिम आयोजना गरिएको जानकारी दिए । उनले म्याग्दी पर्यटकीय सम्भावना बोकेको जिल्ला भए पनि त्यसको उपयोग तथा प्रचारप्रसार हुन नसकेको बताउँदै अब घरवास कार्यक्रममार्फत ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले म्याग्दी जिल्लाको धेरै ठाउँमा होमस्टेलगायत पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।

    धौलागिरि प्राविधिक शिक्षालय लेते, मुस्ताङका प्रशिक्षक लोकेश खड्काले होमस्टे कार्यक्रमसम्बन्धी तालिम छोटो र लामो अवधिको हुने बताउँदै अहिले भकिम्लीमा छोटो अवधिको तालिम आयोजना गरिएको जानकारी दिए । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा, म्याग्दीका अध्यक्ष दिपक पौडेलले उद्यमको विकास गरेर अगाडि बढ्नुपर्ने बताउँदै भकिम्ली क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकास, प्रवद्र्धन र प्रचारप्रसारका लागि होमस्टे कार्यक्रम आवश्यक रहेको बताए ।

    तालिमका प्रमुख प्रशिक्षक घनश्याम गिरीले होमस्टे तालिमले आफ्नो दैनिकीलाई परिमार्जन गरेर अगाडि बढाउने बताउँदै अहिलेको समय धेरै प्रतिस्पर्धात्मक रहेकाले तालिममा सिकेको ज्ञान, सिपलाई व्यावसायिक रुपमा कार्यान्वयन गर्नुपर्ने बताए । भकिम्लीका स्थानीय अगुवा प्रितीप्रसाद पुनले भकिम्लीमा होमस्टे कार्यक्रम सञ्चालन गर्न विगतमा आफूले धेरै प्रयास गरेको भए पनि त्यो सफल हुन नसकेको भन्दै अब होमस्टे सञ्चालन गर्नका लागि आफू तयारी अवस्थामा रहेको बताए ।

    तालिमको उद्घाटनसत्र धौलागिरि पर्यटन परिषदका अध्यक्ष बानियाँको अध्यक्षता, वडास्तरीय महिला सञ्जाल भकिम्लीका अध्यक्ष पूर्णमाया जिसीको सञ्चालन र मुसुङडोले आधारभूत विद्यालयका प्रधानाध्यापक शेरबहादुर विकको स्वागतमा सम्पन्न भएको थियो । भकिम्लीका २० जना सहभागी तालिममा होमस्टे कार्यक्रमको विभिन्न विषयहरुमा सहजीकरण गरिने जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    सीमाना, संवेदना र जिम्मेवारी
    ५ दिन अघि

  • २

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    ६ दिन अघि

  • ३

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ४

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    १ हफ्ता अघि

  • ६

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ हफ्ता अघि

  • ७

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ हफ्ता अघि

  • ८

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ हफ्ता अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • १०

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution