• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ४, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

२ दिन अघि
२

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

२ दिन अघि
३

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
४

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
५

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ हफ्ता अघि
६

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
७

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

२ हफ्ता अघि
८

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
९

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

३ हफ्ता अघि
१०

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

३ हफ्ता अघि
११

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

३ हफ्ता अघि
१२

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख १७, आईतबार (२ साल अघि)

शैक्षिक गुणस्तर सुधार्न बेनी नगरपालिकाद्वारा बृहत शैक्षिक अन्तरक्रिया सुरु

फोटो : प्रताप बानिया

  • ५६६ पटक पढिएको
  • बेनी, बैशाख-१७, म्याग्दीको सदरमुकाम बेनीमा शनिवार देखि बृहत शैक्षिक अन्तरक्रिया  एवं पाठ्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । ‘कृषि, पर्यटन र पूर्वाधारः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

    नयाँ शैक्षित्र सत्र सुरु भई भर्ना अभियान सकिएको अवस्थामा बेनी नगरपालिकाको शैक्षिक गुणस्तर सुधार गर्न र नयाँ पाठ्यक्रम समेत परिवर्तन भएकाले चालु शैक्षिक सत्रमा शिक्षकहरुलाई तयारी भएर अगाडि बढ्ने वातावरण बनाउन तथा शिक्षाको गुणस्तर सुधार गर्नका लागि के, कस्ता कार्यक्रमहरु समेटेर बजेट बनाउन सकिन्छ भन्ने उद्देश्यसहित बृहत शैक्षिक अन्तत्र्रिmया एवं पाठ्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

    दुई दिनसम्म चल्ने कार्यक्रमको बेनी नगरपालिकाको नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । उद्घाटनपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शैक्षिक गुणस्तरमा सुधार ल्याउन अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । विद्यालयहरुले शैक्षिक गुणस्तरमा गुणात्मक परिवर्तन ल्याउने गरी शिक्षण सिकाई क्रियाकलापमा जोड दिनुपर्ने बताउँदै नगर प्रमुख केसीले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनको आवश्यकता रहेको बताउनुभयो । आउँदो आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा केही नयाँ कार्यक्रमहरु ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो ।

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकामार्फत आवश्यक पहल थालिएको बताउनुभयो । उहाँले नगरपालिका क्षेत्रमा शिक्षाको गुणस्तर वृद्धि गर्न विभिन्न कार्यक्रम र योजनाहरु निर्माण गरिएको बताउँदै शिक्षक दरबन्दी मिलान तथा थप बजेटका लागि माथिल्लो निकायमा ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । शैक्षिक क्षेत्रमा गरिएको लगानीको प्रतिफल आउन धेरै समय लाग्ने भएकाले सोहीअनुसार नगरपालिका अगाडि बढेको उहाँको भनाइ छ

    ।
    कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले शिक्षक एउटा सल्लाहकार, रिपोर्टर सबै भएकाले समुदायको ठूलो भरोसा भएको बताउनुभयो । उहाँले शिक्षक समाजको अब्बल र क्षमतावान् व्यक्तिको रुपमा रहेको बताउँदै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार म्याग्दीको शैक्षिकस्तर अत्यन्त कम रहेको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सन् २०२० मा देशका १८ सयवटा विद्यालयहरुमा गरेको परीक्षणको नतिजाअनुसार पनि शैक्षिकस्तर चिन्ताजनक अवस्थामा पुगेकाले सुधारको आवश्यकता औंल्याउनुभयो ।

    आइतबारसम्म सञ्चालन हुने कार्यक्रममा बेनी नगरपालिकाभित्र सञ्चालित सबै तहका शिक्षकहरु गरी कुल ३ सय ९१ जनाले सहभागिता जनाएका छन् । कार्यक्रममा ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौंका पूर्व प्रधानाध्यापक धनञ्जय अधिकारीले सहजीकरण गरिरहेको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटनसत्रमा बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७, बेनीबजारका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले उत्प्रेरणामूलक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    बेनी नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं बेनपा–९, घतानका वडाध्यक्ष चक्रबहादुर केसीले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रम स्रोतव्यक्ति जयराम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि नगरपालिकाद्वारा बालविकास सहजकर्ताहरुलाई तालिम दिइसकिएको छ ।

    बेनी नगरपालिकाभित्र सामुदायिक विद्यालयहरु ५४, संस्थागत १२, उज्यालो वैकल्पिक विद्यालय १, संस्कृत १ र मदरसा १ गरी कुल ६९ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    शैक्षिक सम्बन्धि थप
    २ दिन अघि

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

    २ दिन अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ हफ्ता अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते


  • २ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • ३ हफ्ता अघि

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

  • ३ हफ्ता अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • ४ हफ्ता अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    २ दिन अघि

  • २

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ४

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ५

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ हफ्ता अघि

  • ६

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ७

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    २ हफ्ता अघि

  • ८

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • ९

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ३ हफ्ता अघि

  • १०

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution