• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख १५, शुक्रबार (३ साल अघि)

विद्यालयका किशोरीलाई आत्मरक्षा तालिम, हिंसाविरुद्ध सशक्त बनाइँदै (तस्विरसहित)

फोटो : प्रताप बानिया

  • ६३३ पटक पढिएको
  • म्याग्दी, बैशाख-१४, समाजमा हुने शारिरीक, मानसिक, भावनात्मक, यौनजन्यलगायत हिंसाको विरुद्ध सशक्त रुपमा प्रतिकार गर्नका लागि किशोरीहरुलाई आत्मरक्षाको तालिम दिइएको छ । जुनसुकै समयमा पनि किशोरीमाथि हुन सक्ने विविध प्रकारका हिंसाहरुको विरुद्धमा प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यसहित किशोरीहरुलाई तालिम प्रदान गरिएको हो ।

    यसैक्रममा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, ठूलोबगरमा विद्यालय तहका किशोरीहरुलाई लक्षित गरेर सञ्चालित आत्मरक्षा तथा किशोरीहरुको क्षमता विकाससम्बन्धी तालिम बिहीबार सकिएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजना, मिलन म्याग्दीको व्यवस्थापन र जिल्ला प्रहरी कार्यालयको समन्वयमा तालिम सञ्चालन गरिएको थियो ।

    पछिल्लो समय महिला तथा किशोरीहरुमाथि भैरहेका यौनजन्य हिंसाको विरुद्धमा सशक्त रुपमा प्रतिकार गरी आत्मरक्षा गर्न सक्षम बनाउने उद्देश्यले किशोरीहरुलाई आत्मरक्षा तथा क्षमता विकास तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले आत्मरक्षा तालिमले समाजमा महिला, बालिका तथा किशोरीहरुमाथि हुने यौनजन्यलगायत हिंसाहरुको न्युनीकरणमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले तालिममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा पूर्ण रुपले व्यवहारमा उतार्न सहभागी किशोरीलाई सुझाव दिँदै पालिकामार्फत समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

    अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले तालिमले किशोरीहरुमा आत्मरक्षा गर्ने क्षमताको विकास गर्नुका साथै सम्भावित घटनाको प्रतिकार तथा सुरक्षासहित सक्षम बन्न सहयोग पुग्ने बताउनुभयो । उहाँले किशोरी तथा बालबालिकाहरुको हक, अधिकार, कानुनले दिएको अधिकार प्राप्त गरे, नगरेको र व्यक्तित्व तथा नेतृत्व विकास गर्नेगरी तालिमको आयोजना गरिएको बताउनुभयो । तालिमको समापनसत्र गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता र सहभागी सोनिया थजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    तालिमका सहभागी विद्यालयका किशोरी तथा शिक्षकहरुलाई सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको छ । तीन दिनसम्म चलेको तालिमको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक कृष्ण विश्वकर्मा, प्रहरी जवानद्वय अनिताकुमारी दर्लामी, मुना थापा र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले सैद्धान्तिक विषयमा सहजीकरण गर्नुका साथै प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।

    तालिममा सकारात्मक सोच, नेतृत्व विकास, आत्मरक्षा तथा प्रतिकार गर्ने तौरतरिका, महिला तथा बालिकाको हक, अधिकार, घरेलु, सामाजिक र यौनजन्य हिंसा तथा न्युनीकरणका उपायलगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो । तीन दिनसम्म सञ्चालित तालिममा अन्नपूर्ण गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयबाट ३ जनाको दरले किशोरीहरुले सहभागिता जनाएका थिए ।

    यसअघि पनि सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, रघुगंगा गाउँपालिकाको समन्वय र मिलन म्याग्दीको व्यवस्थापनमा रघुगंगामा १० वटा मावि र मालिका गाउँपालिकाको दरबाङमा समेत तीनवटा माविका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी विषयमा तालिम दिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution