• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २९, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

१५ घण्टा अघि
२

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

२१ घण्टा अघि
३

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१ दिन अघि
४

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

२ दिन अघि
५

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

६ दिन अघि
६

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

६ दिन अघि
७

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
८

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
९

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
१०

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
११

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
१२

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख ११, सोमबार (२ साल अघि)

फेकोफोन म्याग्दीको छैटौं अधिवेशन, अध्यक्षमा जिसी

तस्विर : प्रताप बानिया

  • ३३८ पटक पढिएको
  • म्याग्दी, बैशाख-११, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन) जिल्ला महासंघ, म्याग्दीको छैटौं अधिवेशनबाट अध्यक्षमा सुन्तली जिसी निर्वाचित हुनुभएको छ । अधिवेशनबाट फेकोफोनको जिल्ला उपाध्यक्षमा तेजकुमारी शेरपुञ्जा, सचिवमा मुक्तिबहादुर खड्का र कोषाध्यक्षमा ध्रुव सुवेदी निर्वाचित हुनुभएको छ ।

    यसैगरी फेकोफोनको जिल्ला कार्यसमिति सदस्यहरुमा लक्ष्मी थापा, गंगा केसी, बिमल सुनार, कल्पना गुरुङ, धनबहादुर रोका र सैबहादुर गर्बुजा निर्वाचित हुनुभएको फेकोफोन गण्डकी प्रदेशका सहसचिव सीता गुरुङले जानकारी दिनुभयो । त्यस्तै यसअघि फेकोफोन गाउँपालिकाहरुमा महासंघको अधिवेशनले पालिका र जिल्लाबाट दुई पदाधिकारीसहित ४६ जना प्रदेश प्रतिनिधिहरु चयन गरेको फेकोफोन म्याग्दीले जनाएको छ ।
    शनिवार सम्पन्न फेकोफोन म्याग्दीको छैटौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मानव मात्रै नभएर जीव अस्तित्व रहनका लागि वनस्पति पनि रहनुपर्ने बताउनुभयो । उहाँले समुदायले वन जोगाउने भए पनि उनीहरुले नै प्रयोग गर्नका लागि राज्यको नीतिहरुमा केही अप्ठ्यारो रहेको बताउँदै जीव अस्तित्वसँग जोडिएको वनलाई उपभोक्ताहरुले प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो ।

    सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य हरि बाँस्तोलाले सामुदायिक वनलाई उपभोक्ता समितिले संरक्षण तथा संवद्र्धन गर्ने गरेको भए पनि उनीहरुले नै त्यसको सहज उपभोग गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले जसले वन क्षेत्रलाई जोगाउँछ प्रयोग पनि उसले नै गर्न पाउनुपर्ने बताउँदै आफूले मेहनत गरेर संरक्षण गरी हुर्काएको वनको प्रयोग आफैले गर्न नपाउने कानुनलाई राज्यले अब संशोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

    डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नरबहादुर क्षत्रीले प्राकृतिक स्रोतको उपभोग गर्न उपभोक्ताले नपाउनुका साथै उद्यमीहरुको पनि स्रोत कमजोर रहेको बताउनुभयो । उहाँले वन उपभोक्ता समितिहरुले राज्यको नीतिभित्र रहेर काम गर्नुपर्ने बताउँदै नीतिलाई आत्मसाथ गर्नुपर्ने सबैको कर्तव्य भएकोमा जोड दिनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले सामुदायिक वन क्षेत्रलाई विविध आयामको रुपमा प्रयोग गर्नुपर्ने बताउँदै स्वदेशी वनपैदावरको खपत बढाउन माग गर्नुभयो ।
    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघको गण्डकी प्रदेश सहसचिव सीता गुरुङ, सदस्य रेशमबहादुुर बानियाँ, बेनी नगर महासंघका निवर्तमान अध्यक्ष मुक्तिबहादुर खड्का, महासंघ मालिका गाउँपालिकाको प्रतिनिधि कल्पना गुरुङ र मंगला गाउँपालिकाका प्रतिनिधि ओमबहादुर गर्बुजाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष जीवन कार्कीको अध्यक्षता, उपाध्यक्ष सुन्तली जिसीको स्वागत र सचिव तेजकुमारी शेरपुञ्जाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सोही अवसरमा फेकोफोन म्याग्दीले गण्डकी प्रदेशको सहसचिव र सदस्य पदमा रहेर पनि जिल्लामा आवश्यक सहयोग पु¥याएको भन्दै सीता गुरुङ र रेशमबहादुर बानियाँलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो । फेकोफोन म्याग्दीका नवनिर्वाचित अध्यक्ष जिसीले आगामी दिनमा महासंघमार्फत जिल्लामा सामुदायिक वन क्षेत्रको संरक्षणमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । फेकोफोनले खासगरी वनका उपभोक्ताहरुको अधिकारका लागि आन्दोलन, सामुदायिक वनहरुमार्फत उद्यमको सिर्जना, नेतृत्व तथा क्षमता विकासलगायत क्षेत्रमा काम गर्दै आइरहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १५ घण्टा अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

    १ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    २ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति


  • ६ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • ६ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • समाचार
  • १

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    १५ घण्टा अघि

  • २

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    २१ घण्टा अघि

  • ३

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    १ दिन अघि

  • ४

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    २ दिन अघि

  • ५

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ६ दिन अघि

  • ६

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ६ दिन अघि

  • ७

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ८

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • ९

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • १०

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution