• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

५ घण्टा अघि
२

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

२ दिन अघि
३

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

३ दिन अघि
४

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ हफ्ता अघि
५

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ हफ्ता अघि
६

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२ हफ्ता अघि
७

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

२ हफ्ता अघि
८

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

२ हफ्ता अघि
९

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

२ हफ्ता अघि
१०

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

३ हफ्ता अघि
११

म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

३ हफ्ता अघि
१२

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख ११, सोमबार (२ साल अघि)

गर्मी बढेसंगै पर्वत सदरमुकाम कुश्मामा खानेपानीमा लोडसेडिङ

फाइल तस्विर

  • ४६९ पटक पढिएको
  • पर्वत, बैशाख-११, गर्मी बढेसँगै पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकाहरू बजार क्षेत्रबाहिर रहेका धाराको खोजीमा जान्छन्। बिहान र बेलुका गरेर धारामा दैनिक आठ घण्टा पानीको आपूर्ति हुने गरेको कुश्मामा यति वेला पानीको आपूर्ति ह्वात्तै घटेको छ।

    अड्कलेर छोडिएको केही पानी मात्रै आपूर्ति हुँदा त्यो पानीले पकाउन, पिउन र शौचालयका लागि ठिकै हुन्छ। नुहाउन र कपडा धुनका लागि पानीको अभाव भएपछि बिहान, बेलुका र बिदाका दिनमा बजार आसपासमा रहेको ग्रामीण क्षेत्रका धारामा पुग्नेहरू पनि भेटिने गरेका छन्।

    गर्मी बढेसँगै पछिल्ला केही दिनदेखि पानीको आपूर्तिमा ‘लोडसेडिङ’ सुरु भएको कुश्मा बजारमा पानीको आपूर्ति गर्दै आइरहेको शिवालय कुश्मा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले बताए।

    संस्थामार्फत दैनिक ३० लाख लिटर पानी आपूर्ति हुँदै आएकोमा गर्मी लागेसँगै बढीमा दैनिक आठ लाख लिटर मात्रै पानी वितरण भइरहेको भन्दै उनले बर्खा नलागेसम्म यही अवस्था रहने बताए। यो आपूर्ति कुश्मा बजारमा चाहिने पानीको मात्राको करिब ७५ प्रतिशतले कम हो।

    ‘कुश्मा बजारमा दैनिक २५ देखि ३० लाख लिटरसम्म पानीको आपूर्ति हुने गरेकोमा अहिले दैनिक बढीमा आठ लाख लिटर मात्रै वितरण भइरहेको छ। बर्खाका वेला जसोतसो पुग्ने भए पनि हिउँदमा समस्या छ। बर्खामा पनि पहिरो र बाढीले पाइप फुट्दा समस्या हुने गरेको छ’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘अर्को आयोजना नभएसम्म पूर्ति गर्न नसकिने अवस्था आएको छ। अर्को योजनाका लागि संघीय सरकारमार्फत विभागमा प्रस्तावना दिएका छौँ।’

    सामान्य अवस्थामा बिहान चार र बेलुका चार गरेर दैनिक आठ घण्टाका दरले घरमा पानी जाने गरेको थियो। उही माग र उही जनसंख्यालाई अहिले दैनिक तीन घण्टाको आपूर्तिले मात्रै धान्नुपर्ने बाध्यता रहेकोले कुश्मा बजारमा पानीको अभाव भएको हो।

    कुश्मामा मोदी गाउँपालिकामा रहेको पातीखोलाबाट प्रतिसेकेन्ड १७ लिटरका दरले पानीको आपूर्ति भइरहेको छ। त्यहाँको योजनाको क्षमता नै त्यति रहेकाले क्षमताअनुसार नै पानी आइरहेको छ तर कुश्मामा पानीको आपूर्ति हुने गरेको प्रमुख मुहान भने कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको क्यादी खोला हो।

    बर्खाको समयमा तर्नै नसकिने बन्ने क्यादी खोलामा हिउँदको समयमा भने पानी भेटाउन नै मुस्किल हुने गरेको छ। यो खोलाबाट प्रतिसेकेन्ड करिब ३५ लिटर पानी आपूर्ति हुने गरेकोमा अहिले घटेर कठिनले १० लिटर पुगेको छ।

    विगतमा पानीको आपूर्ति हुँदै आएको जिल्ला प्रहरी कार्यालय पर्वतको नजिकै रहेको डम्डारे खोलाबाट हुने आपूर्ति पूर्ण रूपमा बन्द रहेको छ। उक्त खोलाबाट पाइपमार्फत पानी ल्याइएको भए पनि बाढी र पहिरोले पानी बगेको सतह नै नदेखिँदा थोरै मात्रामै भए पनि आउने गरेको पानी बन्द भएको छ।

    हिउँद लाग्नासाथ पानीको अभाव हुने र यसले दैनिकीलाई प्रभाव पारिरहेको गुनासो बढेपछि संस्थाले जिल्ला प्रहरी कार्यालय नजिकै २०७८ चैतमा ‘बोरिङ’ गरेर पानी निकाल्न सुरु गरिएको थियो। प्रतिसेकेन्ड पाँच लिटर पानी तान्ने गरेको ‘बोरिङ’को ‘मोटर’ समेत केही केही दिनअघि समस्या आएपछि ‘बोरिङ’को पानी आपूर्ति पनि रोकिँदा कुश्मा बजारमा पानीको अभाव भएको हो।

    अर्को आयोजना नबनाएसम्म हिउँदमा पानीको आपूर्ति हुन सक्ने अवस्था नरहेकाले कुश्मा बजारमा पानीको व्यवस्थापनका लागि सबैले चासो दिनुपर्ने भएको छ। विभागमा माग गरिएको योजना स्वीकृत भएर आए अहिले सबै संरचना हटाएर नयाँ संरचनाको विकास गर्नुपर्ने अवस्था छ।

    केही वर्ष अगाडिसम्म न्यून जनसंख्या रहेको कुश्मा बजारलाई हरेर सीमित क्षमताको संरचनाले अहिलेको बढेको जनसंख्या र परिवारका लागि आपूर्ति हुन नसक्ने अवस्था छ।

    थोरै परिवार र सानो जनसंख्यालाई केन्द्रित गरेर वर्षौँअघि बनाइएका संरचनाले अहिलेको माग धान्न नसकेको तथा प्रयोग गरिएका सामग्री समेत पुराना बन्दै जाँदा पानीको ‘लिकेज’ ले गर्दा पनि पानीको अभाव हुने गरेको छ। शिवालय कुश्मा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको आपूर्ति लिने घरको संख्या दुई हजार पाँच सयभन्दा बढी छ।थाहाखबरबाट

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

    २ हफ्ता अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा


  • ३ हफ्ता अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • ३ हफ्ता अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • १ महिना अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

  • समाचार
  • १

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    ५ घण्टा अघि

  • २

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    २ दिन अघि

  • ३

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    ३ दिन अघि

  • ४

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ हफ्ता अघि

  • ५

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ हफ्ता अघि

  • ६

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    २ हफ्ता अघि

  • ८

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    २ हफ्ता अघि

  • ९

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा
    २ हफ्ता अघि

  • १०

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution