• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख १०, आईतबार (३ साल अघि)

एमालेले पार्टी स्थापना दिवस मनायो

तस्विर : प्रताप बानिया

  • ५६९ पटक पढिएको
  • म्याग्दी, बैशाख-१०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले शनिवार  पार्टी स्थापना दिवस मनाएको छ । नेपालमा तत्कालीन २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पुरा गरी ७५ वर्षमा प्रवेश गरेको सुखद अवसरमा स्थापना दिवस मनाइएको हो ।

    दिवसको अवसरमा पार्टी कार्यालय शहिद स्मृति भवन हाँडेभीरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइएको नेकपा एमाले म्याग्दीले जनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापकहरुको तस्विरमा माल्यार्पण गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सङ्गठनलाई बलियो बनाउन सकेमा संस्थापकहरुको सपना पुरा हुने बताइन् ।

    पूर्व मन्त्री समेत रहेकी स्थायी कमिटी सदस्य थापाले पार्टीको निर्देशनअनुसार काम गर्नुपर्ने र नेपाली जनताको चाहना पुरा गर्न सकेमा शहिद तथा कम्युनिष्ट पार्टीका संस्थापकहरुले पु¥याएको योगदानको कदरका साथै उहाँहरुको सपना पनि साकार हुनेमा जोड दिइन् । नेपालमा स्थापना भएका कम्युनिष्ट पार्टीले नेतृत्व गरेका सरकारहरुले अन्य पार्टीहरुको तुलनामा जनपक्षीय र देश विकासका लागि कामहरु गरेको बताउँदै उनले त्यसमा पनि एमालेको नेतृत्वमा बनेका सरकारले धेरै राम्रा कामहरु गरेको दावी गरेकी छन् ।

    कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सहइन्चार्ज नरदेवी पुन, एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यहरु हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ र देवबहादुर घलेको विशेष उपस्थिति रहेको थियो ।

    आजभन्दा ७४ वर्षअघि आजकै दिन २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । राणाशासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी लगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए भने महासचिव पुष्पलाल श्रेष्ठ बने । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा कम्युनिष्ट पार्टीले ४ सिट जितेको थियो । त्यसक्रममा केशरजङ्ग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेलगत्तै कम्युनिष्ट पार्टी औपचारिक विभाजन भएको थियो ।

    नेपालका कम्युनिष्ट पार्टीहरु धेरैपटक फुट र जुटको शृङ्खलामा सामेल भएका छन् । शृङ्खलाबद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टीका–टिप्पणी हुँदै आएको छ । २०७४ सालको निर्वाचनमा गठबन्धन बनाएर गएका एमाले र माओवादी केन्द्र २०७५ सालको जेठ ३ गते एउटै पार्टी बनाउन सफल भए पनि फेरि अलग पार्टी भए ।

    यसअघि शुक्रवार एमाले म्याग्दीको मिसन ग्रासरुटको जिल्लास्तरीय समीक्षा वैठक पनि सम्पन्न भएको छ । वैठकलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य चन्द्रमोहन गौचन, गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, सन्तोष रावलले समीक्षात्मक मन्तव्यसहित सम्बोधन गरेका थिए । समीक्षा वैठक तथा कार्यक्रम पार्टी अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र उपसचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution