• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २१, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१ दिन अघि
२

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

२ दिन अघि
३

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

३ दिन अघि
४

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

३ दिन अघि
५

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

४ दिन अघि
६

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

६ दिन अघि
७

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

६ दिन अघि
८

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
९

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१०

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
११

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१२

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख १०, आईतबार (२ साल अघि)

एमालेले पार्टी स्थापना दिवस मनायो

तस्विर : प्रताप बानिया

  • ५१७ पटक पढिएको
  • म्याग्दी, बैशाख-१०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले शनिवार  पार्टी स्थापना दिवस मनाएको छ । नेपालमा तत्कालीन २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पुरा गरी ७५ वर्षमा प्रवेश गरेको सुखद अवसरमा स्थापना दिवस मनाइएको हो ।

    दिवसको अवसरमा पार्टी कार्यालय शहिद स्मृति भवन हाँडेभीरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइएको नेकपा एमाले म्याग्दीले जनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापकहरुको तस्विरमा माल्यार्पण गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सङ्गठनलाई बलियो बनाउन सकेमा संस्थापकहरुको सपना पुरा हुने बताइन् ।

    पूर्व मन्त्री समेत रहेकी स्थायी कमिटी सदस्य थापाले पार्टीको निर्देशनअनुसार काम गर्नुपर्ने र नेपाली जनताको चाहना पुरा गर्न सकेमा शहिद तथा कम्युनिष्ट पार्टीका संस्थापकहरुले पु¥याएको योगदानको कदरका साथै उहाँहरुको सपना पनि साकार हुनेमा जोड दिइन् । नेपालमा स्थापना भएका कम्युनिष्ट पार्टीले नेतृत्व गरेका सरकारहरुले अन्य पार्टीहरुको तुलनामा जनपक्षीय र देश विकासका लागि कामहरु गरेको बताउँदै उनले त्यसमा पनि एमालेको नेतृत्वमा बनेका सरकारले धेरै राम्रा कामहरु गरेको दावी गरेकी छन् ।

    कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सहइन्चार्ज नरदेवी पुन, एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यहरु हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ र देवबहादुर घलेको विशेष उपस्थिति रहेको थियो ।

    आजभन्दा ७४ वर्षअघि आजकै दिन २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । राणाशासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी लगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए भने महासचिव पुष्पलाल श्रेष्ठ बने । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा कम्युनिष्ट पार्टीले ४ सिट जितेको थियो । त्यसक्रममा केशरजङ्ग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेलगत्तै कम्युनिष्ट पार्टी औपचारिक विभाजन भएको थियो ।

    नेपालका कम्युनिष्ट पार्टीहरु धेरैपटक फुट र जुटको शृङ्खलामा सामेल भएका छन् । शृङ्खलाबद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टीका–टिप्पणी हुँदै आएको छ । २०७४ सालको निर्वाचनमा गठबन्धन बनाएर गएका एमाले र माओवादी केन्द्र २०७५ सालको जेठ ३ गते एउटै पार्टी बनाउन सफल भए पनि फेरि अलग पार्टी भए ।

    यसअघि शुक्रवार एमाले म्याग्दीको मिसन ग्रासरुटको जिल्लास्तरीय समीक्षा वैठक पनि सम्पन्न भएको छ । वैठकलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य चन्द्रमोहन गौचन, गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, सन्तोष रावलले समीक्षात्मक मन्तव्यसहित सम्बोधन गरेका थिए । समीक्षा वैठक तथा कार्यक्रम पार्टी अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र उपसचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ३ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ४ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • ६ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ६ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • १ हफ्ता अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १ दिन अघि

  • २

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    २ दिन अघि

  • ३

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ३ दिन अघि

  • ४

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ३ दिन अघि

  • ५

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ४ दिन अघि

  • ६

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ६ दिन अघि

  • ७

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ६ दिन अघि

  • ८

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • ९

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution