• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

१0 घण्टा अघि
२

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

१ दिन अघि
३

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

१ दिन अघि
४

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

१ दिन अघि
५

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

३ दिन अघि
६

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

३ दिन अघि
७

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

४ दिन अघि
८

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

५ दिन अघि
९

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

५ दिन अघि
१०

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
११

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
१२

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ चैत्र २४, शुक्रबार (२ साल अघि)

दरबाङमा महिलाहरुलाई व्यावसायिक अचार बनाउने तालिम सुरु

तस्विर : प्रताप बानिया

  • १३७३ पटक पढिएको
  • म्याग्दी, चैत-२४,  पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बुधवारदेखि व्यावसायिक रुपमा अचार बनाउने तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

    ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ एकल महिला, फरक क्षमता भएका महिला तथा कोभिड प्रभावित र हिंसापीडित महिलाहरुको लागि व्यावसायिक अचार बनाउने तालिम चलाइएको छ । समुदायमा रहेका विभिन्न प्रकृतिका महिलाहरुलाई समावेश गरी तालिम दिएर उनीहरुलाई पेशा तथा व्यवसायमा आबद्ध बनाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको मिलन म्याग्दीले जनाएको छ ।

    व्यावसायिक अचार बनाउने तालिमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले अचार बनाउने तालिम लिएर सफल महिला उद्यमी बन्न सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले वडास्तरबाटै सहभागीको रुपमा महिलाहरु छनोट गरी तालिममा समावेश गरिएको बताउँदै तालिमको अवधिभरमा सिकेका ज्ञान, सिपलाई आउँदो दिनमा पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । आगामी आर्थिक वर्षका लागि वडास्तरबाटै सिपमूलक तालिमहरु सञ्चालन गर्न आवश्यक योजना बनाएर बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ छ ।

    सोही तालिमलाई सम्बोधन गर्दै मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले महिलाहरुलाई लक्षित गरेर सञ्चालित तालिम राष्ट्रपति महिला उत्थान अन्तर्गतको एउटा कार्यक्रम भएको बताउनुभयो । उहाँले कार्यक्रमको निर्देशिका अनुसार तालिम आयोजना गरी सहभागीहरुलाई तालिममा बोलाइएको बताउँदै ७ दिनको तालिम अवधिभरमा स्थानीयस्तरमा उपलब्ध हुने सामग्रीको प्रयोगमा गुणस्तरीय अचार निर्माण गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाई दरबाङका अध्यक्ष लेकबहादुर पुनले तालिममा सिप सिकेपछि पेशा तथा व्यवसाय सञ्चालन गरेर उद्यमी बन्नुपर्ने बताउनुभयो ।

    तालिमको उद्घाटनसत्र समापन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले तालिम लिएर महिला दिदीबहिनीहरु व्यावसायिक अचार उत्पादनको काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि पालिकामार्फत महिलाहरुलाई विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गरिने बताउँदै तालिमपश्चात् सक्षम उद्यमी बन्न महिलाहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष पुनको अध्यक्षता र व्यवस्थापन संयोजक सुमित्रा गैरे पौडेलको सञ्चालनमा सम्पन्न तालिमको उद्घाटनसत्रमा मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाले स्वागतसहित तालिम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

    आउँदो ७ दिनसम्म चल्ने तालिमको धवलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङबाट प्रशिक्षक प्रदीप गौतमले सहजीकरण गरिरहनुभएको छ । यसअघि म्याग्दी उद्योग वाणिज्य संघको आर्थिक सहयोगमा महिला उद्यम विकास समिति म्याग्दीले पनि सदरमुकाम बेनीमा तनहुँबाट महिला प्रशिक्षक बोलाएर ५ दिने अचार बनाउने तालिम सञ्चालन गरेको थियो ।

    गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायत स्थानीय कच्चा पदार्थहरुको प्रयोग गरेर बनाइने मीठो र स्वादिष्ट अचारबाट आकर्षक आम्दानी समेत गर्न सकिन्छ । अहिले सहर तथा बजारका होटल र रेष्टुरेण्टहरुमा विदेशबाट अचार आउने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    ३ दिन अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    ४ दिन अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु


  • ५ दिन अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • ५ दिन अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • १ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • २ हफ्ता अघि

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • समाचार
  • १

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    १0 घण्टा अघि

  • २

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    १ दिन अघि

  • ३

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    १ दिन अघि

  • ४

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    १ दिन अघि

  • ५

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    ३ दिन अघि

  • ६

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    ३ दिन अघि

  • ७

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    ४ दिन अघि

  • ८

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    ५ दिन अघि

  • ९

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    ५ दिन अघि

  • १०

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution