• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २९, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

१५ घण्टा अघि
२

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

२१ घण्टा अघि
३

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१ दिन अघि
४

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

२ दिन अघि
५

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

६ दिन अघि
६

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

६ दिन अघि
७

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
८

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
९

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
१०

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
११

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
१२

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ माघ २२, आईतबार (२ साल अघि)

मालिकाको रुममा सार्वजनिक सुनुवाईः स्थानीयले पोखे गुनासो

तस्विर : अमित बिश्वकर्मा

  • ३७८ पटक पढिएको
  • म्याग्दी, माघ-२२,  म्याग्दीको मालिका गाउँपालिका २ रुममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ शुक्रबार चालु आर्थिक बर्षको प्रथम अर्धवार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो  ।  वडा कार्यालयमा आयोजित वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले आफ्ना गुनासो, जिज्ञासा तथा सुझावहरु प्रस्तुत गरेका थिए ।

    सहभागीहरुले पालिकाबाट योजनाको भुक्तानीमा ढिलासुस्ती  भएको, रुममा ढुङ्गाखानी नियमित संचालन नहुँदा स्थानीयको रोजगारी गुमेको, केन्द्रिय लाईन विस्तारमा ढिलासुस्ती समस्या भएको, बाह्रै महिना सडक संचालन हुनेगरि सडक मर्मत तथा निर्माण हुनुपर्ने, घासदाउँरा गर्नका लागि हुत्नेमा पदमार्ग निर्माण गर्नुपर्ने, भनारीमा बालशिक्षा संचालन गर्नुपर्ने, विकास निर्माणका कार्य गर्दा बस्ती संरक्षणलाई पनि ध्यान दिनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यक्रम संचालन गर्नुपर्ने, मेला पर्व नियन्त्रण गर्नुपर्ने, एक घर एक धारा खानेपानी निर्माण गर्नुपर्ने लगायतका गुनासो तथा जिज्ञासाहरु राखेका थिए ।

    सहभागी तार बहादुर रोका, गिरी प्रसाद पुन, हर्कलाल दर्जि, भेष बहादुर घर्ति, प्रदिप विक, किरण पुन, हिमाली विक लगायतका सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्वुजाले नेपालको बन ऐन तथा संघिय कानुनको असहजता ले गर्दा रुमको ढुङ्गाखानी नियमित संचालन हुन नसकेको बताउनुभयो ।

    खानी संचालनका लागि बैधानिकता प्राप्त गर्ने प्रक्रियामा रहेकोले आवश्यक सहयोग गर्ने स्थानीयलाई अनुरोध समेत गर्नुभयो । गर्वुजाले एकघर एकधारा खानेपानी आयोजना संचालनको तयारीमा रहेको बताउँदै टाक्से रुमको सडक निर्माणका लागि २ करोड ४० लाख बजेटमा ठेक्का सम्झौता भई काम संचालन हुने प्रक्रियामा रहेको बताउनुभयो । दुरुलेक क्षेत्रमा पाँच औले, सुनगाभा, चरचरे लगायतका दर्जनौ बहुमुल्य जडिवुटि भेटिएकाले वनस्पति विभाग संग समन्वय गरि संरक्षण क्षेत्र घोषणा गर्ने र व्यवसायिकरण गर्ने योजना बनाउन लागिएको पनि अध्यक्ष गर्वुजाले बताउनुभयो ।

    कार्यक्रममा सहभागीहरुको गुनासोलाई सम्वोधन गर्दै वडा अध्यक्ष उदय कुमार बुढाथोकीले जेम र घाङ्लेपानीलाई आलु पकेट क्षेत्र घोषणा गरि आलु उत्पादनका लागि स्थानीयलाई तालिम प्रदान गरिएको बताउनुभयो । केन्द्रिय लाईन विस्तारका लागि हाल ४० वटा पोल माग गरि गाड्ने काम भईरहेको र आगामी बर्ष सम्ममा घाङलेपानी लगायत वडाका सवै वस्तीहरुमा केन्द्रिय लाईन विस्तार हुने वडा अध्यक्ष बुढाथोकीको भनाई थियो ।

    मेला तथा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु नियन्त्रणका लागि आम भेलाको आयोजना गरि वृहत छलफल गर्ने बताउँदै अध्यक्ष बुढाथोकीले भन्नुभयो, “यस वडालाई विकसित र सुन्दर बनाउन स्थानीय बासीको साथ, सहयोग, सुझाव सहित विकासका गतिविधिहरुमा अनुगमन सहित प्रत्यक्ष सहभागिता हुनुपर्दछ” ।
    रुम स्वास्थ्य चौकी र राष्ट्रिय मावि रुमको भवन निर्माणको कार्य संचालन भईरहेको बताउँदै अध्यक्ष बुढाथोकीले राष्ट्रिय माविमा कक्षा १२ सम्मको कक्षा संचालन गर्ने शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्धता जनाउनुभयो । दुरुलेकलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न कुकुरखोरिया सम्म मोटरबाटो निर्माण गर्ने र त्यहाँबाट व्यवस्थित पदमार्ग निर्माण गर्ने योजना बनाएको वुढाथोकीले बताउनुभयो ।
    कार्यक्रममा वडा सचिव दिनेश यादवले चालु आर्थिक बर्षको पहिलो अर्धवार्षिक कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो । त्यस्तै रुम स्वास्थय चौकीका इन्चार्ज विर बहादुर पनु, भेटेरीनरीका अर्जुन चोखाल, पात्ले खहरेखोला लघु जलविद्युत उपभोक्ता समितिका सचिव नन्द बहादुर घर्ति, रुकुम राहाखर्क सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष भक्ति बहादुर घर्तिले पनि कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो ।

    उठेका सवालहरुमा गाउँपालिकाका इन्जिनियर दिपक सापकोटा, राष्ट्रिय मावि रुमका प्रधानाध्यापक प्रेम घर्तिले पनि सम्वोधन गर्नुभएको थियो । कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न संघ संस्था तथा उपभोक्ता समितिका प्रतिनिधिहरु सहित वडाबासीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम वडा अध्यक्ष वुढाथोकीको अध्यक्षता, कार्यपालिका सदस्य प्रतिक्षा रसाईलीको स्वागतमा सम्पन्न भएको थियो ।

    कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल र कोषाध्यक्ष अमित विश्वकर्माले गर्नुभएको थियो । वडाका सेवा प्रवाह तथा विकासका गतिविधिहरुलाई पारदर्शिता, जवाफदेहिता तथा जनताप्रति उत्तरदायि बनाउने उद्देश्यले वडा स्तरीय सार्वजनिक सुनुवाई गरिएको वडा अध्यक्ष वुढाथोकीको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १५ घण्टा अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

    १ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    २ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति


  • ६ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • ६ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • समाचार
  • १

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    १५ घण्टा अघि

  • २

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    २१ घण्टा अघि

  • ३

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    १ दिन अघि

  • ४

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    २ दिन अघि

  • ५

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ६ दिन अघि

  • ६

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ६ दिन अघि

  • ७

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ८

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • ९

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • १०

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution