• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

५ घण्टा अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

५ घण्टा अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

५ घण्टा अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ पौष १०, आईतबार (३ साल अघि)

प्रकाश माविले विविध कार्यक्रमसहित ७०औं वार्षिकोत्सव मनायो (फोटोफिचर)

तस्विर : बिनय श्रेष्ठ

  • ६७८ पटक पढिएको
  • म्याग्दी, पुष १०,  म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले शनिवा  विविध कार्यक्रमसहित ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा पूर्व विद्यार्थी तथा जनप्रतिधि, शिक्षक–विद्यार्थी सम्मान, विज्ञान प्रदर्शनी, प्रकाशपुञ्ज बिमोचनलगायत कार्यक्रमहरु गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले विभिन्न विधातर्फ सम्मान गरेको जनाएको छ ।

    सम्मानित हुनेहरुमा पूर्व विद्यार्थीहरुतर्फ गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला समन्वय समितिका सदस्य जानकी विश्वकर्मा, बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ, ६ नम्बर वडाध्यक्ष कृष्णसिं बानियाँ, बेनी नगरपालिकाको कार्यपालिका सदस्यहरु सृजना श्रेष्ठ, कृष्णकुमार विश्वकर्मा, किसान विश्वकर्मा, वडा सदस्यद्वय रमेश फगामी, हिरा पुन, एसएलसी व्याच २०४१ का संयोजक राजेन्द्रकुमार श्रेष्ठ र म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा रहनुभएको छ । उहाँहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

    यसैगरी विद्यालयको सर्वाेकृष्ट शिक्षकतर्फ खगेश्वर रिजाल, उत्कृष्ट अतिरिक्त क्रियाकलाप संयोजन डिलप्रसाद श्रेष्ठ, उत्कृष्ट कक्षा शिक्षक नारायणप्रसाद ढुङ्गाना, उत्कृष्ट संयोजक कविराम थापा, लगनशील कर्मचारी भगवान रिजाल, उत्कृष्ट अभिभावक भूपेन्द्र बुढाथोकी, उत्कृष्ट विद्यार्थीद्वय समिर सुवेदी (बालविकास–१०), समुन्द्र भण्डारी (११–१२), प्रशिक्षकतर्फ भलिबलका कुमार किसान, फुटबलका स्वदेश श्रेष्ठ र बास्केटबलका देव मल्ललाई पनि सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो ।
    वार्षिकोत्सवको अवसर पारेर युवा रेडक्रस सर्कलद्वारा प्रकाशित प्रकाश माविको साहित्यिक कोसेली ‘प्रकाशपुञ्ज वर्ष–१७ अङ्क १’ विमोचन गरिएको थियो । कार्यक्रममा शुक्रवार गरिएको विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने विद्यालयहरु बेनी बोर्डिङ आवासीय मावि पं्रथम, आयोजक प्रकाश मावि द्वितीय, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र बेनी सामुदायिक मावि तृतीय तथा फर्से धाईरिङ मावि सान्त्वना भएकोमा उनीहरुलाई क्रमश: नगद सातहजार, पाँचहजार, तीनहजार र एकहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको सहायक प्रअ श्रेष्ठले बताउनुभयो ।

    वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले विद्यार्थीहरुलाई समयसापेक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । विद्यालयको पूर्व विद्यार्थी एवं आजीवन संरक्षक समेत रहनुभएकी प्रदेश सभा सदस्य गौचनले राज्यले शैक्षिक क्षेत्रमा वर्षेनी बजेट विनियोजन गर्दा प्राथमिकता दिएको भए पनि त्यो पर्याप्त नभएको भन्दै आफूले प्रदेश सरकारमार्फत जिल्लाको शैक्षिक विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, विद्यालयका पूर्व प्रअ हरिकृष्ण सुवेदी, पूर्व विद्यार्थी राजेन्द्रकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका कार्यवाहक सभापति अमर बानियाँ र म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनकुमार श्रेष्ठको अध्यक्षता, सदस्य हरिकृष्ण श्रेष्ठ र विद्यार्थी समिर सुवेदीको स्वागत तथा प्रधानाध्यापक लेखबहादुर हमालले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम सहायक प्रअ विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • २ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ५ घण्टा अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ५ घण्टा अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ५ घण्टा अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution