• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ २५, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ दिन अघि
२

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

२ दिन अघि
३

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

४ दिन अघि
४

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
५

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
६

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
७

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

१ हफ्ता अघि
८

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

१ हफ्ता अघि
९

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

१ हफ्ता अघि
१०

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

१ हफ्ता अघि
११

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

१ हफ्ता अघि
१२

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ पौष ४, सोमबार (२ साल अघि)

सिंगा तातोपानीमा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

तस्विर : धिरन खत्री

  • ४३९ पटक पढिएको
  • म्याग्दी, पुस-४, आर्थिक बर्ष २०७९/०८० को पहिलो चौमासिकमा बेनी नगरपालिकाले गरेको विकास निर्माण र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको छ। बेनी नगरपालिकाको वडानम्वर ४ सिंगा तातोपानी बजारमा सोमबार जनप्रतिनिधि, कर्मचारी, नगरबासी जनताको उपस्थितमा नगरको विकास र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।
    बेनी नगरका मेयर सुरज केसीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित नगरबासीले नगरको गुरुयोजना निर्माण गर्न, खानेपानीमा एक घर एक धारालाई पुर्णता दिन, खानेपानी समस्यालाई प्राथमिकता राखेर समाधान खोज्न, सिचाई नहर मर्मतमा ध्यान दिन, तातोपानी बजारमा ढल निकासको समस्या समाधानमा पहल गर्न, पहिरो, भूक्षय नदीको कटानको जोखिमबाट तातोपानीबजारलाई जोगाउने योजना अघि बढाउन माग राखेका थिए । सावर्जनिक सुनवाईमा सरकारी विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन, बेनी–दरवाङ सडकमा नाली सरसफाई, सडक मर्मत लगायतको काम समयमै गराउन, पर्यटन पुर्वाधार निर्माण जोड दिन, विकास निर्माणलाई प्रभावकारी रुपमा अघि बढाउन अनुगमनमा ध्यान दिन, सिपयुक्त तालिम ब्यवस्थापन गर्न, बजार क्षेत्रमा पार्किङको सुविधा विस्तार गर्न, खेलकुद पुर्वाधार निर्माण जोड गर्न, बैकिङ डिजिटल सेवालाई विस्तारमा समन्वय गर्न, नगरको सेवाप्रवाहलाई छिटोछरितो र प्रविधिमैत्री बनाउन माग राखेका थिए ।

    नगरपालिबासीले उठाएको जिज्ञासाको जवाफ दिदै मेयर केसीले संघ, प्रदेशले निर्माण गरेका अलपत्र पारेका संरचनालाई पूर्णता दिन पहल गरिरहेको बताउनुभयो । म्याग्दी नदीको कटानको जोखिममा रहेको सिंगा तातोपानी बजार र मसारको बस्तीलाई जोगाउन नगरको बजेटबाट गर्न नसकिने बताउदै संघ र प्रदेश लगायतको समवन्य गरेर रुपाताल संरक्षण योजना ल्याउने विषयमा छलफल भईरहेको जानकारी दिनुभयो । उहाँले तातोपानी कुण्डलाई नदी कटानबाट जोगाएर प्रमुख आम्दानी स्रोतको रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको सार्वजनिक सुनुवाई उल्लेख गर्नुभयो । “नगरबाट ठेक्का प्रक्रियाबाट गरेका विकास निर्माणमा शतप्रतिशत काम हुन सकेको छैन्”– उहाँले भन्नुभयो “बेनी–पाखापानी सडक नगरले छुट्याएको १ करोड बजेट १ किलोमिटर पनि सडक स्तरोन्नती गर्न नसकिने अवस्था नगरमा रहेको छ । आम्दानीको स्रोत कम हुदाँ विकास निर्माणले पूर्णता पाउन सेकेको छैन् ।
    यस्तै बजेट अपुगको समस्या अन्य सडक स्तरोन्नतीमा पनि भएको छ ।” मेयर केसीले रावण पार्क, खुल्लामञ्चको प्यारापिट निर्माणधिन अवस्थामा रहेको छ । गोस्वारा, तमाने, एकीकृत जामुनाखर्क, खवरा खानेपाी र राउवडा खानेपानी योजना निर्माण सम्पन्न अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । नगरमा उपमेयरसंग आमासमुह कार्यक्रममार्फत वडानम्वर १, २ र ३ मा सिपमूलक तालिम लगायतको कार्यक्रममा आमासमूहको भवनमा गरिरहेको जानकारी दिनुभयो । प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले नगरबासी बृद्ध, अपाङ्गता लगायतले पाउने नागरिकता लगायत अन्य सुविधाको विषयमा जिल्ला प्रशासन कार्यालयमा समन्वय गरेर उपलब्ध गराएको बताउनुभयो ।
    ढकालले उद्योग वाणिज्यतर्फ विनियोजन भएको ५० लाख रुपैया नगरबासीलाई रोजगार र उत्पादनसंग जोड्ने सिपमूलक तालिम लगायतमा खर्च गरिने जानकारी दिनुभयो । “जनताको अपेक्षा पुरा गर्ने नगरमा स्रोतसधान र आर्थिक अभाव छ। चालु आर्थिक बर्षमा नगरको योजना जनताको आवश्यकताको आधारमा छनोट भएका छन् । त्यही योजनालाई कार्यान्वयन गर्न माग अनुसारको बजेट विनियोजन गरिएको छ।” ढकालले भन्नुभयो “ नगरपालिकाले कानुन पालना गरेर सेवाप्रवाह, विकास निर्माणको काम र विभिन्न कार्यक्रम गरेको छ ।” सो कार्यक्रममा उपस्थित वडाअध्यक्ष अर्णबहादुर खड्का, गोविन्द्र बानियाँ, कृष्णसिङ बानियाँ लगायतले वडाभित्रको विकास निर्माणबारे उठेको प्रश्नको जवाफ दिनुभएको थियो ।
    राजनीतिक दलतर्फबाट बोल्दै नेपाली कांग्रेसका बेनी नगर उपसभापति हरिप्रसाद पौडेलले जनताका समस्यालाई समाधान गर्न आगामी दिनमा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाका विषयगत कार्यालयका प्रमुखलाई बोलाउन आग्रह गर्नुभयो । पौडेलले पहिलो चौमासिकको प्रगति सार्वजनिक मात्र होईन दोस्रो चौमासिकमा विकासतर्फ, आयस्रोततर्फ यो यो काम गर्छौ भन्ने ठोस योजना जनप्रतिनिधि र कर्मचारी ल्याउन माग गर्नुभयो ।
    त्यस्तै नेकपा माओवादी केन्द्रका बेनी नगरपालिका संयोजक शेरबहादुर केसीले जनताले राजनीतिक दलमाथि राख्ने समस्या जनप्रतिनिधि र कर्मचारीमाथि राख्ने वातवरण तयार गर्न आग्रह गर्नुभयो । नगरको सार्वजनिक सुनुवाई, नगर बैठक लगायतको विभिन्न कार्यक्रममा संघ, प्रदेशका जनप्रतिनिधि र राजनीतिकि दलसंग समन्वय, उपस्थित गराएर अघि बढ्न सकेमा जनताको आकांक्षा अनुसार काम गर्ने वातावरण तयार हुने बताउनुभयो । पत्रकार महासंघ म्याग्दीका सदस्य कृष्ण जिसी, साधन राम्जाली र धीरन खत्रीको सहजीकरणमा सार्वजनिक सुनवाई सम्पन्न भएको थियो । बेनी नगरपालिका डेढ करोड ५७ लाख राजश्व संकलन बेनी नगरपालिकामा यस आर्थिक बर्षको पहिलो चौमासिकमा १ करोड ५७ लाख ८ हजार ७२१ रुपैयाँ आन्तरिक राजश्व संकलन भएको छ । यस आर्थिक वर्ष २०७९÷०८० बर्षमा नगरले प्रक्षेपित रकम रु ४ करोड २३ लाख ७० हजार रहेको मध्ये पहिलो चौमासिकमा सो रकम संकलन गरेको हो ।
    बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले ब्यवसाय कर, जन्म, मृत्यु, विवाह, बसारसराई, सम्वन्ध विच्छेद लगायतको सेवाप्रवाहबाट राजश्व संकलन भएको बताउनुभयो । ढकालले पहिलो चौमासिकमा पुँजीगत खर्च १ करोड ७ लाख ८५ हजार खर्च (४.३२ प्रतिशत भएको छ भने चालु तर्फ ११ करोड ३२ लाख ७१ हजार रुपैया ( २३.४८ प्रतिशत) खर्च भएको जानकारी दिनुभयो । यस आर्थिक बर्षमा नगरमा कुल बजेट ७३ करोड ३१ लख ५३ हजार रुपैया रहेको छ । चालुतर्फ ४८ करोड ३७ लाख २५ हजार रुपैया र पुँजिगततर्फ २४ करोड ९४ लाख २८ हजार रुपैयाँ बजेट छ । बेनी नगरपालिकाले मेयर सुरज केसीले करको क्षेत्र र दायरा विस्तार गरी आन्तरिक आयमा अभिवृद्धि गर्ने योजना रहेको बताए । आन्तरिक स्रोत कम हुदाँ नगरको जनताको आवश्यकता अनुसार्र विकास निर्माणमा प्रयाप्त मात्रामा बजेट विनियोजन गर्न नसकिएको केसीले भने । विकास बजेटमा संघ र प्रदेशबाट स्विकृतमा ढिलाई, चाडपर्व र निर्वाचनले सोचेजस्तो काम पहिलो चौमासिकमा हुन नसकेको मेयर केसीले बताउनुभयो ।
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

    २ दिन अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

    ४ दिन अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम


  • १ हफ्ता अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • १ हफ्ता अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

  • १ हफ्ता अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

  • १ हफ्ता अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

  • समाचार
  • १

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ दिन अघि

  • २

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    ४ दिन अघि

  • ४

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ५

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • ६

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • ७

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    १ हफ्ता अघि

  • ८

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    १ हफ्ता अघि

  • ९

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    १ हफ्ता अघि

  • १०

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution