• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८२ बैशाख २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

१६ घण्टा अघि
२

चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

३ दिन अघि
३

दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

३ दिन अघि
४

म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

३ दिन अघि
५

हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

३ दिन अघि
६

२० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

३ दिन अघि
७

स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

५ दिन अघि
८

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

५ दिन अघि
९

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

५ दिन अघि
१०

म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार

६ दिन अघि
११

कांग्रेस नेता खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

१ हफ्ता अघि
१२

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान जंगलबाट पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

३ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

३ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

३ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

३ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (२ साल अघि)

शिक्षण देखि राजनीतिसम्म: एक भद्र र शालीन व्यक्तित्व देबेन्द्र बहादुर कटुवाल

फाईल तस्विर

  • ४०२ पटक पढिएको
  • उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका-२, राखुभगवतीमा २०२१ सालमा जन्मिनुभएका देवेन्द्रबहादुर कटुवालले स्नातक तहसम्मको अध्ययन हासिल गर्नुभएको छ । वि.सं. २०३७ सालदेखि २०३८ सम्म श्रीकृष्ण प्राथमिक विद्यालय बाँदुकमा प्रधानाध्यापक भई शिक्षण गर्नुभएका कटुवालले ३०३८ सालमा अनेरास्ववियु पाँचौंको सदस्यता प्राप्त गरी सङ्गठित भई राजनीतिको यात्रा सुरु गर्नुभएको थियो ।

    कटुवालले वि.सं. २०४२ सालदेखि ०४४ सम्म मुक्तिधाम माध्यमिक विद्यालय राखुभगवतीको निम्न माध्यमिक तहमा शिक्षण सेवा प्रदान गर्नुभएको थियो । शिक्षणकै सिलसिलाको क्रममा उहाँले ०४७ सालमा नेकपा एमालेको सङ्गठित सदस्यता प्राप्त गर्नुभएको थियो भने ०४७ सालदेखि ०५३ सालसम्म आदर्श मावि रिममा प्रअको भूमिका निर्वाह गरी शिक्षण गर्नुभएको थियो । रिमको यही विद्यालयमा कटुवालले शिक्षण गर्दागर्दै देशमा २०५४ सालमा स्थानीय निकायको निर्वाचन सम्पन्न भएको थियो ।

    शिक्षकको जागिरमा रहँदै गर्दा एमालेको सङ्गठित सदस्यता प्राप्त गर्नुभएका कटुवाललाई ०५४ सालमा एमालेले राखुभगवती गाविसको अध्यक्षको रुपमा उम्मेदवार बनाएको थियो । शिक्षकको जागिर छाडेर राजनीति क्षेत्रमा प्रवेश गरी जनप्रतिनिधि बनेर उहाँले जनताको सेवा गर्ने अवसर र इच्छालाई स्थानीय निकायको निर्वाचनले समेत पुरा गरिदियो । उहाँ भगवती गाविसको अध्यक्षमा निर्वाचित भई राजनीतिसँगै जनप्रतिनिधिको रुपमा सामाजिक सेवामा क्रियाशील रहनुभयो । पाँच वर्षको कार्यकालमा उहाँले स्थानीय जनताको आवश्यकता र कामलाई पहिलो प्राथमिकता दिएर कार्यसम्पादन गर्नुभएको थियो । निर्वाचित गाविस अध्यक्षको रुपमा रहँदै गर्दा उहाँले स्थानीयस्तरमा रहेका जनताको आधारभूत समस्या समाधान गर्नुका साथै जनचाहनाअनुसार गाउँको विकासमा लाग्नुभएको थियो । उहाँ ०५४ सालमा अध्यक्षमा निर्वाचित भई २०५९ सालसम्म पाँचवर्ष जनप्रतिनिधि रही जनताको सेवामा लाग्नुभयो ।

    शिक्षण पेशामै रहँदा कटुवालले २०४९ सालदेखि ०५४ सालसम्म दुई कार्यकाल तत्कालीन राष्ट्रिय प्रजातान्त्रिक युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको अध्यक्ष बनेर युवा संघमा साङ्गठनिक काम गर्नुभएको थियो । उहाँ २०४७ सालपछि एक कार्यकाल गाउँ कमिटी सचिव र एक कार्यकाल इलाका कमिटीको सचिव भई पार्टीको काम गर्नुभएको थियो । उहाँ २०५५ सालपछि एमाले म्याग्दीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुँदै लगातार दुई कार्यकाल एमालेको जिल्ला उपाध्यक्ष बन्नुभयो । उपाध्यक्ष रहँदै गर्दा एमाले नेता कटुवाल नेपालमा सङ्घीयताको कार्यान्वयनसँगै २०७४ सालमा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनबाट जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख बन्न सफल हुनुभयो । उहाँले ०७४ साउन महिनादेखि ०७९ वैशाखसम्म जिल्ला समन्वय समितिको प्रमुखको रुपमा जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुभएको थियो ।

     २०७८ साल पुस महिनामा सम्पन्न नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष बन्नुभएका नेता कटुवालले विभिन्न सामाजिक संघसंस्थाको समेत नेतृत्व गरी सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । शिक्षक, जनप्रतिनिधि र राजनीतिक तथा सामाजिक क्षेत्रको नेतृत्व तथा काम गरेर अनुभव सङ्गाल्नुभएका उहाँ यही मंसिर ४ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा एमाले म्याग्दीको तर्फदेखि प्रदेश सभा (१)तर्फ उम्मेदवार बन्नुभएको छ ।

    एमालेबाट जिल्लाको प्रदेशसभा (१)मा उम्मेदवार बनेर चुनावी मैदानमा होमिनुभएका नेता कटुवाल अहिले चुनाव प्रचारप्रसारको क्रममा मतदाताको घरदैलो तथा चुनावी सभामा निकै व्यस्त हुनुहुन्छ । जिल्ला समन्वय समितिमा रहँदा उहाँले म्याग्दी जिल्लामा भूकम्पबाट प्रभावित तथा भवन अभाव झेलेका थुप्रै विद्यालयहरुको भवन पुनर्निर्माण र नयाँ बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी जनता आवास, जिल्लामा सडकको विस्तार तथा स्तरोन्नति, स्वास्थ्यचौकीका भवन निर्माणलगायत पर्यटकीय क्षेत्रको पूर्वाधार विस्तार, विद्युतीकरण जस्ता विकास निर्माणका कार्यहरुमा उहाँले पहल गर्नुभएको थियो । भद्र, शालिन, बौद्धिक र इमान्दार नेताको रुपमा चिनिन सफल हुनुभएका एमाले नेता कटुवाल, नेता, कार्यकर्ता र आम म्याग्देली जनताको बीचमा लोकप्रिय हुनुहुन्छ ।

    निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेसँगै मतदातालाई घरदैलोमार्फत भेटघाट गर्न र चुनावी कार्यक्रम लिएर गाउँ पस्नुभएका उम्मेदवार कटुवालले एमालेप्रति आम म्याग्देली जनसमुदायको विश्वास बढेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँ अभियानमार्फत घरदैलो तथा भेटघाट कार्यक्रममा जनताको घरहरु र वस्तीहरुमा पुग्दा जनताहरुबाट हाम्रो पार्टी नेकपा एमालेप्रति अत्यन्त सकारात्मक सन्देश प्राप्त गरेका छौं । पार्टीप्रतिको आकर्षण बढ्दो भएको र एमाले पार्टी र एमालेकै उम्मेदवारहरुलाई मंसिर ४ गतेको निर्वाचनमा विजयी बनाउनुपर्ने भन्ने खालका प्रतिक्रियाहरु हामीले पाएको छौं ।’ आफ्ना चुनावी एजेण्डाहरुको बारेमा जानकारी गराउँदै उहाँले थप्नुभयो, ‘हाम्रो पार्टीले तयार गरेको घोषणापत्र र उम्मेदवाहरुले तयार गरेको प्रतिबद्धताअनुसार हामीले काम गर्नेछौं । खास गरेर जनताका सामान्य समस्याहरुदेखि लिएर शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी, पर्यटनका पूर्वाधारहरुको निर्माण गर्ने र जनतालाई सहज एवं सुलभ ढङ्गले सेवासुविधा उपलब्ध गराउने हिसाबले हामी प्रतिबद्धता जाहेर गर्दछौं ।’

    गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट म्याग्दीको प्रदेशसभा (१)मा एमालेले बेनी नगरपालिकाको प्रमुख र पाँचवटा वडा, अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र पाँचवटा वडा जितेको थियो भने रघुगंगा गाउँपालिकामा भने तीनवटा वडासहित पालिका अध्यक्ष र उपाध्यक्ष पदमा शानदार मत प्राप्त गरेको जनाएको छ । आसन्न निर्वाचनको लागि प्रदेशसभा निर्वाचन (१) अन्तर्गत जिल्लाको बेनी नगरपालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा ४८ हजार ४ सय ७२ मतदाता रहेका छन् । आउँदो निर्वाचनमा प्रदेशसभा (१)मा सत्तारुढ पाँचदलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ भने एमालेबाट पार्टीको जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल चुनावी मैदानमा हुनुहुन्छ । म्याग्दीको तीनवटै निर्वाचन क्षेत्रमा नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १६ घण्टा अघि

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

    ३ दिन अघि

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

    ३ दिन अघि

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध


  • ३ दिन अघि

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

  • ३ दिन अघि

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

  • ३ दिन अघि

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

  • ५ दिन अघि

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

  • समाचार
  • १

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु
    १६ घण्टा अघि

  • २

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना
    ३ दिन अघि

  • ३

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध
    ३ दिन अघि

  • ४

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
    ३ दिन अघि

  • ५

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला
    ३ दिन अघि

  • ६

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई
    ३ दिन अघि

  • ७

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू
    ५ दिन अघि

  • ८

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण
    ५ दिन अघि

  • ९

    प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
    ५ दिन अघि

  • १०

    म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution