• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ ३०, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

७ घण्टा अघि
२

बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

९ घण्टा अघि
३

ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

१६ घण्टा अघि
४

मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

१ दिन अघि
५

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

१ दिन अघि
६

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

२ दिन अघि
७

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

३ दिन अघि
८

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

४ दिन अघि
९

अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु

६ दिन अघि
१०

कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

६ दिन अघि
११

“ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

१ हफ्ता अघि
१२

बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक २४, बिहिबार (२ साल अघि)

बाग्लुङमा परम्परागत ‘भुस पोल्ने पर्व’ सुरु : के हो त भुस पोल्ने पर्वको अर्थ

फाइल तस्विर

  • ४०३ पटक पढिएको
  • बाग्लुंग, कत्तिक-२४,  अर्गली मगरको पुस्तैनी ‘भुस पोल्ने पर्व’ बुधबारदेखि सुरु भएको छ । बाग्लुङको ताराखोला गाउँपालिका–२ मा बर्सेनि यो पर्व मनाइन्छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको सम्झनामा सो पर्व मनाउने प्रचलन छ । पन्धौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल गाउँमा आएका मगरहरूले पर्वको चलन बसालेको मानिन्छ । अर्गल खेलकुद विकास मञ्चका अनुसार आउँदो आइतबारसम्म विविध कार्यक्रमसहित पर्व मनाइनेछ । मञ्च परम्परागत भुस पोल्ने पर्वको संरक्षण र प्रबर्द्धनमा क्रियाशील छ । मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले हरेक वर्ष कात्तिक २४ देखि २६ गतेसम्म मुख्यरूपमा पर्व मनाउने चलन रहेको बताउनुभयो । मञ्चले यो वर्ष अघिल्लो दिनदेखि नै कार्यक्रम तय गरी पर्व मनाउन सुरु गरेको हो ।

    मगर भाषा तथा संस्कृति सम्बर्द्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले भुस पोल्ने पर्वलाई प्रकृति पूजाका रुपमा लिनुभयो । उहाँका अनुसार कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने काम हुन्छ । मकै बाली भित्राएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ । शङ्खुघरका मुल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा पनि शङ्खुबारीमा पूजाआजा हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शुङ्खु (मुल) घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शङ्खुघर नामाकरण गर्ने गरिन्छ ।

    पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारको रुपमा बरखी उम्काउने चलन छ । २४ गते अघि जहिले मृत्यु भएको भएपनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ । २४ गते मृत्यु भएमा भने वर्ष भरिनै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ ।

    मृतकको परिवारबाट पनि सोही अनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोशेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको समितिका सचिव घर्तीमगरले बताउनुभयो । पर्वको मुख्य दिन २६ गते छापे खन्ने गरिन्छ । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पूज्ने चलन छ ।

    प्रकृतिका देउता ‘शङ्खु’ को प्रतिक स्वरुप मुल घर र बारीलाईसमेत शङ्खु भनेर चिनिन्छ । पूजाको विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । युवतीहरु पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बिउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् । मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन् र खेती लगाएको सन्देश दिन्छन् ।

    पुत्र बढाइँमा गोपीचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन पनि छ । बाह्र मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पाल्ने पर्व पनि लिएर आएको गाउँका अगुवा बताउँछन् । पर्वका अवसरमा आयोजना गरिएको खुला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भइसकेको मञ्चले जनाएको छ । महिला भलिबल, सामूहिक लोकनृत्य, धनुषवाण, रस्साकस्सीलगायत प्रतियोगितात्मक खेल पनि आयोजना गरिएको छ । सांस्कृतिक नाच र झाँकी पनि प्रदर्शन गरिनेछ । श्रोत : ओएस नेपाल

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ७ घण्टा अघि

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    ९ घण्टा अघि

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

    १६ घण्टा अघि

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा


  • १ दिन अघि

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

  • १ दिन अघि

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

  • २ दिन अघि

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

  • ३ दिन अघि

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

  • समाचार
  • १

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न
    ७ घण्टा अघि

  • २

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो
    ९ घण्टा अघि

  • ३

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा
    १६ घण्टा अघि

  • ४

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने
    १ दिन अघि

  • ५

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना
    १ दिन अघि

  • ६

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    २ दिन अघि

  • ७

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न
    ३ दिन अघि

  • ८

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल
    ४ दिन अघि

  • ९

    अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु
    ६ दिन अघि

  • १०

    कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution