• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर १७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

६ घण्टा अघि
२

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ दिन अघि
३

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१ दिन अघि
४

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१ दिन अघि
५

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१ दिन अघि
६

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

२ दिन अघि
७

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

४ दिन अघि
८

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
९

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि
१०

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

१ हफ्ता अघि
११

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

१ हफ्ता अघि
१२

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक २४, बिहिबार (३ साल अघि)

मालिका र रघुगंगामा एमालेको चुनावी सभा : कृषि, जलस्रोत, पर्यटन र पूर्वाधार विकासको प्रतिबद्धता

तस्विर : प्रताप बानिया

  • ६२१ पटक पढिएको
  • म्याग्दी, कात्तिक- २३,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । निस्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता हरिकृष्ण श्रेष्ठले जिल्लाको विकासका लागि कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारमा जोड दिने बताउनुभयो । उहाँले यसअघि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको पहलमा म्याग्दीलाई हिमाली जिल्ला घोषणा, रणनीतिक सडक निर्माण, उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको स्तरीकरण, विद्युत, खानेपानी, जनता आवास, विद्यालय तथा स्वास्थ्यचौकीहरुको भवन निर्माणलगायत थुप्रै कामहरु भएको बताउँदै बाँकी काम गर्नका लागि आफू चुनावी मैदानमा आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘म्याग्दीको भूगोलअनुसार विकास, जैविक विविधताको संरक्षण एवं व्यावसायिकरण र प्राकृतिक सम्पदाको दीगो विकासमार्फत आम म्याग्दीवासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गर्ने योजना बनाएका छौंं । त्यसैले सुखी म्याग्देलीको अभियान पुरा गर्न र समृद्ध म्याग्दी बनाउनका लागि एमालेले जित्नुुको विकल्प छैन ।’ यसअघि पनि जिल्लाको विकासमा एमालेले महत्वपूर्ण भूमिका खेलेको बताउँदै म्याग्दीमा पर्यटकीय क्षेत्रको विकासमा पदमार्ग निर्माण, लामो तथा झोलुङ्गे पुलमार्फत एक वस्तीदेखि अर्को वस्तीलाई जोड्ने झोलुङ्गे एवं पक्की मोटरेबल पुलहरु निर्माण, सडकको स्तरोन्नति, शिक्षा र स्वास्थ्यका भवनहरु निर्माणलगायत कामहरु भएको उम्मेदवार श्रेष्ठले बताउनुभयो ।

    सोही सभामा प्रदेशसभा (२)का उम्मेदवार यामबहादुर गर्बुजाले म्याग्दीको विकासमा भैरहेका योजनाको वस्तुगत समीक्षासहित आवश्यकताअनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माण गरी अघि बढ्ने बताउँदै त्यसका लागि एमाले पार्टी र एमालेका उम्मेदवारहरुलाई भोट दिएर जिताउन मतदाताहरुलाई अपिल गर्नुभयो । उहाँले म्याग्दीको पश्चिम क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा ढल निकास, फोहोरमैला व्यवस्थापन र सरसफाई, विद्युतीकरण, आधुनिक ऊर्जा, जलस्रोत तथा सिँचाइलगायत क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य नरदेवी पुन र गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले केपी ओली नेतृत्वको एमाले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्पलाई पुरा गर्न मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई मतदान गरी विजयी बनाउनुपर्नेमा जोड दिनुभयो । देशमा तीव्र विकास गर्न, आर्थिक समृद्धि ल्याउन, विदेशी देशहरुसँगको नीति सन्तुलित बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, नागरिकलाई आधारभूत सेवासुुविधाहरु उपलब्ध गराउन एमालेको नेतृत्व आवश्यक रहेको नेताद्वयको भनाइ छ ।

    यसैगरी रघुगंगाको झिँ र पाखापानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रदेशसभा (१)का उम्मेदवार एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले म्याग्दीलाई समृद्ध बनाउन खासगरी जलस्रोत, कृषि, पर्यटन र पूर्वाधारको क्षेत्रमा लगानी केन्द्रीत गर्नुपर्ने बताउँदै आर्थिक समृद्धि, दीगो शान्ति र राजनीतिक स्थायित्वका लागि एमालेलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा सडक तथा यातायातको व्यवस्थापन, गरिब तथा दिनदुःखीलाई आवासको व्यवस्था, कृषि तथा पशुपन्छी, भूमि व्यवस्थापन र वस्तीको विकास गर्न, पर्यटन र पूर्वाधार विकासमा जोड दिने बताउँदै खेलकुद क्षेत्रको विकास, महिला समानता र सशक्तिकरणमा जोड दिने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै नेकपा एमाले केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले संविधान जारी गर्न, भारतले लगाएको नाकाबन्दी हटाउन, भूकम्पपछिको पुनर्निर्माण, चीनसँग पारवहन सन्धी–सम्झौता र स्वदेशमै रोजगारी सिर्जनामा एमाले नेतृत्वको सरकारले महत्वपूर्ण भूमिका खेलेकाले एमालेले जित्नुको विकल्प नभएको बताउनुभयो । २०४८ सालदेखि देशमा बनेका सरकारहरुमध्ये कुन पार्टीको नेतृत्वमा बनेकाले कस्तो काम ग¥यो त्यसको मूल्याङ्कन गर्न म्याग्दीवासीलाई आग्रह गर्दै उहाँले एमाले नेतृत्वको सरकाले ज्येष्ठनागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, अशक्त, पिछडिएका वर्ग तथा समुदायको उत्थानमा धेरै कामहरु गरेको खुलासा गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ६ घण्टा अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

    १ दिन अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

    १ दिन अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”


  • २ दिन अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • ५ दिन अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ हफ्ता अघि

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • समाचार
  • १

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    ६ घण्टा अघि

  • २

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ दिन अघि

  • ३

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १ दिन अघि

  • ४

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १ दिन अघि

  • ५

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १ दिन अघि

  • ६

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    २ दिन अघि

  • ७

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    ४ दिन अघि

  • ८

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ९

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
    १ हफ्ता अघि

  • १०

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution