• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन १, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

७ घण्टा अघि
२

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

८ घण्टा अघि
३

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

१५ घण्टा अघि
४

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

१६ घण्टा अघि
५

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

१ दिन अघि
६

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

३ दिन अघि
७

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

४ दिन अघि
८

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

४ दिन अघि
९

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

५ दिन अघि
१०

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

६ दिन अघि
११

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
१२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक २०, आईतबार (२ साल अघि)

भकिम्ली र बरंजामा चुनावी सभा ः ‘विकासको एजेण्डा बोकेको एमालेलाई भोट दिनुहोस्’

फाईल तस्विर

  • ४८० पटक पढिएको
  • म्याग्दी, कार्तिक-२०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले विकासको एजेण्डा बोकेको एमाले पार्टीलाई भोट दिनुपर्ने बताएका छन् । निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (आइतबार) बेनी नगरपालिका–३, भकिम्ली र मंगलाको बरंजामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

    प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत भकिम्लीको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले विकासको एजेण्डा बोकेर गाउँ पसेको पार्टी एमालेलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पुरा गर्न देशमा एमालेको सरकार आवश्यक रहेकाले मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई जिताउनुपर्ने बताउनुभयो ।

    एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले स्रोतसाधनको समुचित परिचालन गरी म्याग्दीको विकास गर्नका लागि आफू उम्मेदवार बनेको बताउँदै एमाले पार्टी र एमालेका उम्मेदवारलाई भोट गर्न मतदाताहरुलाई आह्वान गर्नुभयो । उहाँले म्याग्दी जिल्लामा भएको कृषि, पर्यटन, जलविद्युत, पशुपालन, जडिबुटी, फलफुल खेतीको विकास गरी समृद्ध म्याग्दी बनाउने आफ्नो एजेण्डा रहेको मतदाताहरुलाई जानकारी गराउँदै विकासको एजेण्डा बोकेर निर्वाचनमा होमिएकाले अमूल्य मत प्रदान गरी विजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।

    प्रदेश सभा (१)का उम्मेदवार एवं एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले यसअघि आफूले जिल्ला समन्वय समितिको नेतृत्वमा रहेर जिल्लामा शिक्षा, स्वास्थ्य, सडक, विद्युत, पूर्वाधारलगायत क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै थप विकासका लागि प्रदेश सभामा पुग्ने वातावरण मिलाउन मतदातासमक्ष अनुरोध गर्नुभयो । विगत लामो समयदेखि म्याग्दीमा राजनीतिक र शैक्षिकसहित विभिन्न माध्यमबाट जिल्लालाई नियालेको बताउँदै उहाँले जिल्लामा विकासको लहर सिर्जना गर्न जनताको माझमा आएको बताउनुभएको छ ।

    कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खुमबहादुर बानियाँ, जिल्ला सचिवालय सदस्य एवं निर्वाचन परिचालन समन्वय कमिटी संयोजक रामप्रसाद सुवेदी र बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले मन्तव्य व्यक्त गर्दै जिल्लाको विकास निर्माण गर्न एमाले र एमालेका उम्मेदवारको पक्षमा मतदान गरी विजयी बनाउन भकिम्लीवासीलाई आग्रह गर्नुभएको थियो ।

    एमाले वडा कमिटी अध्यक्ष याम घर्तीमगरको अध्यक्षता, जिल्ला कमिटी सदस्य गेमबहादुर घर्तीमगरको स्वागत र नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सचिवालय सदस्य भोजबहादुर थापा, प्रदेश सम्पर्क समन्वय कमिटी उपसचिव पदमलाल सापकोटा लगायतको उपस्थिति रहेको थियो । यसैगरी बेनपा–२, बगरफाँट क्षेत्रमा एमाले उम्मेदवार श्रेष्ठ र कटुवालसहितको टोलीले घरदैलो गरी भोट मागको जनाएको छ ।

    यसैगरी प्रदेशसभा (२)को मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बरंजामा पनि एमालेको चुनावी सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सहइन्चार्ज नरदेवी पुनले महिला, दलित, जनजाति, पिछडिएको वर्ग, अपाङ्गता भएका व्यक्तिहरुको उत्थान र रोजगारी सिर्जना गर्न एमालेलाई भोट दिनुपर्ने बताउनुभयो । एमाले उम्मेदवार यामबहादुर गर्बुजाले प्रदेश सभामार्फत नीति, कार्यक्रम र योजना बनाई कार्यान्वयनमार्फत जिल्लाको विकासका लागि आफू उम्मेदवार बनेको हुँदा आफू र पार्टीको पक्षमा मत दिन आग्रह गर्नुभयो ।

    मंगला–४, नम्बर वडामा एमाले वडा कमिटीका अध्यक्ष अर्जुन रोकाको अध्यक्षता र पालिका कमिटी उपसचिव दर्पण रोकाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै ३ नम्बर वडामा वडा कमिटी उपाध्यक्ष सेतीमाया विश्वकर्माको अध्यक्षता, पालिका कमिटी उपसचिव रोकाको स्वागत र जिल्ला सदस्य कलाधर कँडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, अनेमसंघका जिल्ला अध्यक्ष यशुदा रोका लगायतले सम्बोधन गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ७ घण्टा अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    ८ घण्टा अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    १५ घण्टा अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • १ दिन अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

  • ३ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

  • ४ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

  • ५ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • समाचार
  • १

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    ७ घण्टा अघि

  • २

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    ८ घण्टा अघि

  • ३

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    १५ घण्टा अघि

  • ४

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    १६ घण्टा अघि

  • ५

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    १ दिन अघि

  • ६

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ३ दिन अघि

  • ७

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ४ दिन अघि

  • ८

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ४ दिन अघि

  • ९

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ५ दिन अघि

  • १०

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution