• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक १९, शनिबार (३ साल अघि)

व्याजदर नघटाए बैंकहरुलाई साँवा र व्याज तिर्दैनौं ः उवासंघ म्याग्दी

फाईल तस्विर

  • ७०७ पटक पढिएको
  • म्याग्दी, कार्तिक-१९, बैंकहरुले बढाएको व्याजदर तत्काल घटाउनुपर्ने मागसहित म्याग्दी उद्योग वाणिज्य संघले हिँजो (शुक्रवार) ज्ञापनपत्र बुझाएको छ । व्याजदर घटाउनुपर्ने मागसहितको ज्ञापनपत्र म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानामार्फत अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पठाइएको हो ।

    उद्योगी व्यवसायीहरुले बैंकहरुले गरेको व्याजदर वृद्धिको विरोध गरेका छन् । बैंकहरुले गरेको व्याजदर फिर्ताको मागसहित ज्ञापनपत्र बुझाइएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । बैंकहरुले बढाएको व्याजदर फिर्ता गर्नुपर्नेलगायत विभिन्न १२ बुँदे मागहरु समावेश गरी तयार पारिएको ज्ञापनपत्र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले म्याग्दीका प्रजिअ रानालाई हस्तान्तरण गर्नुुभएको थियो ।

    उक्त ज्ञापनपत्र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, गण्डकी प्रदेश पोखरा र देशभरका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई बोधार्थ पठाइएको छ । ज्ञापनपत्रमा कोभिड–१९ को महामारीबाट विश्व व्यापारमा देखिएको आर्थिक मन्दीसहित नेपालका निजी क्षेत्रले तरलताको अभाव खेपिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुबाट एक्कासी कर्जामा गरिएको व्याजदर वृद्धि एवं चालु पुँजी कर्जा मार्गदर्शन–२०७९ को व्यवस्थाप्रति म्याग्दी उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रजिअ रानामार्फत नेपाल सरकार तथा राष्ट्र बैंकलाई ज्ञापनपत्र पठाउँदै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले बैंकहरुले बढाएको व्याजदर तत्काल फिर्ता गर्नुपर्ने नभए सबै उद्योगी, व्यवसायीहरुले कडा आन्दोलन गर्ने बताउनुभयो । उहाँले माग सम्बोधन नभएमा निजी क्षेत्रको तर्फदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई बहिष्कार गर्ने, तिर्नुपर्ने साँवा र व्याज नबुझाउने तथा उद्योग, व्यवसाय नै बन्द गरेर चरणबद्ध रुपमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।

    ज्ञापनपत्रमा कर्जा लगानी गरेपश्चात् कम्तीमा एक वर्षसम्म ऋणीको सहमतिविना व्याजदरमा वृद्धि गर्न नहुने, एकल विन्दुमा व्याजदर कायम हुनुपर्ने, चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन–२०७९ मा रहेको कुल कारोबारको २० प्रतिशत मात्र कर्जा पाउने व्यवस्था तत्काल लागू गर्न नहुने, विगतमा मौद्रिक नीतिमार्फत दिएका छुटहरु कार्यान्वयन हुनुपर्नेलगायत मागहरु उल्लेख गरिएको छ । बैंकहरुले यही कात्तिक १ गतेदेखि ऋणको ब्याजदर झण्डै १८ प्रतिशत पु¥याएका छन् । व्याज वृद्धि नियन्त्रणको मागसहित व्यवसायीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।

    यसैबीच सोही अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले प्रजिअ रानालाई मालढुङ्गा–बेनी र बेनी–मुस्ताङ सडकखण्ड मर्मतसम्भारको सम्बन्धमा ज्ञापनपत्र बुझाएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकखण्डअन्तर्गत पर्वतको मिलनचोक नजिकै केराबारी भन्ने ठाउँमा गएको असोज १९ गतेदेखि परेको अविरल वर्षाले पहिरो जाँदा सडक बन्द भएको थियो । अहिले उक्त सडकखण्डमा सडक स्तरोन्नतिको कार्य भैरहेको भनिए पनि निकै सुस्त गतिमा काम भएकाले वर्षाले सडक बिग्रिएको खण्ड मर्मत गरी एकतर्फी रुपमा भए पनि यातायात र मालवाहक सवारी आगमनको वातावरण मिलाउन ज्ञापनपत्रमार्फत अनुरोध गरिएको छ ।

    त्यस्तै कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको बेनीदेखि घाँसासम्मको सडकको विभिन्न स्थानमा वर्षाले सडक बिगारेका हुँदा सहज यातायातमा कठिनाई हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेकाले यस खण्डमा पनि आवश्यक मर्मतसम्भार गरी सहज यातायातको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ । बेनी–मालढुङ्गा र बेनी–जोमसोम सडकमार्ग भएर दैनिकजसो यात्रुवाहक बस, मालवाहक गाडी तथा आन्तरिक र बाह्य पर्यटक एवं पदयात्रीहरु आवतजावत गर्ने गर्दछन् ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न


  • १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution